Dictionary

All Word

5801 क्षुधा ना. २. कुनै कुरा पाउने चाहना, तृष्णा ।
5802 क्षुधातुर वि. साह्रै भोकाएको, भोकले आत्तिएको वा छटपटाएको ।
5803 क्षुधित वि. साह्रै भोकाएको, भोको ।
5804 क्षुब्ध वि. १. कुनै कारण वा कुराले रिसाएको, क्षोभ भएको, क्रुद्ध ।
5805 क्षुब्ध वि. २. अधीर, चञ्चल ।
5806 क्षुब्ध वि. ३. विह्वल, व्याकुल, दिग्दार |
5807 क्षुर ना. १. कपाल काट्ने हतियार, छुरा ।
5808 क्षुर ना. २. पशुको खुर ।
5809 क्षेत्र ना. १. बाली रोपिने जग्गाजमिन, खेत, भूमि, फाँट-मैदान ।
5810 क्षेत्र ना. २. उत्पत्तिस्थान।
5811 क्षेत्र ना. 3. पुण्यतीर्थ धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ.); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर ।
5812 क्षेत्र ना. ४. वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख ।
5813 क्षेत्र ना. ५. राजनीतिक, सामाजिक, साहित्यिक, भौगोलिक आदि विचारले वा त्यस्तो कुनै कामविशेषका निम्ति निर्धारित स्थल ।
5814 क्षेत्र ना. ६. पुरातात्त्विक वस्तु प्राप्त गर्ने उद्देश्यले उत्खनन वा अन्वेषण गरिने ठाउँ।
5815 क्षेत्र ना. ७. नेपालका पाँच खण्डमा विभाजित विकासक्षेत्र (पूर्वाञ्चल विकासक्षेत्र, मध्यमाञ्चल विकासक्षेत्र, पश्चिमाञ्चल विकासक्षेत्र, मध्य पश्चिमाञ्चल विकासक्षेत्र र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र) ।
5816 क्षेत्रज्ञ ना. १. क्षेत्र वा शरीरको अधिष्ठाता, जीवात्मा परमात्मा ।
5817 क्षेत्रज्ञ ना. २. किसान खेतीवाल ।
5818 क्षेत्रज्ञ ना. ३. शरीरशास्त्रका विज्ञाता |
5819 क्षेत्रपति ना. जमिनको मालिक; जग्गाधनी ।
5820 क्षेत्रपाल ना. १ खेतमा लगाएको बाली कुर्ने व्यक्ति ।
5821 क्षेत्रपाल ना. २. स्थानाधिपति देवता (पश्चिम दिशाका भैरव द्वारपाल); भूमे।
5822 क्षेत्रफल ना. कुनै जमिनको लमाइ र चौडाइको गुणाबाट निक्लने वर्गात्मक अङ्क वा परिमाण ।
5823 क्षेत्रमिति ना. रेखाहरूको लमाइ, धरातलको क्षेत्रफल र ठोस वस्तुको घनफल निकाल्ने नियमविवरण भएको गणितको एक शाखा ।
5824 क्षेत्रसन्न्यास ना. कुनै क्षेत्रको सीमा काटेर बाहिरफेर नजाने व्रत वा सङ्कल्प।
5825 क्षेत्राधिकार ना. १. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार ।
5826 क्षेत्राधिकार ना. २. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार ।
5827 क्षेत्रीय वि. १. खेतको वा खेतसम्बन्धी, खेतमा उब्जेको ।
5828 क्षेत्रीय वि. २. खेत भएको खेतीवाल।
5829 क्षेत्रीय वि. 3. क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय आदि) ।
5830 क्षेत्रीय कार्य ना. कुनै कार्य वा अनुसन्धान गरिने विषयमा क्षेत्रमा गएर गरिने काम ।
5831 क्षेत्रीय पुस्तिका ना. कुनै तोकिएको क्षेत्र वा त्यस क्षेत्रभित्र भएका जग्गाजमिन आदिको तथ्याङ्क, विवरण आदि लेखेर राख्ने पुस्तिका (फिल्डबुक) ।
5832 क्षेत्रीय प्रभुत्ववाद ना. ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त ।
5833 क्षेत्रीय विकास ना. क्षेत्रविशेषमा हुने वा गरिने विकास ।
5834 क्षेत्रीय वितरण ना. कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा अनुसार हुने वितरण ( रकम, अन्न, सहुलियत आदि) ।
5835 क्षेत्रोपवास ना. किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास, छेत्रवास ।
5836 क्षेपक वि. १. फ्याँक्ने वा मिल्काउने ।
5837 क्षेपक वि. २. हुत्त्याउने, उल्झने ।
5838 क्षेपक वि. ३. नाउ खियाउने; कर्णधार ।
5839 क्षेपक वि. ना. ४. पुस्तक आदिमा ग्रन्थकारले लेखेबाहेक पछि अरूले थपेको वा मिलाएको अंश, थपुवा भाग; थपनी ।
5840 क्षेपण ना. १. कुनै वस्तु फ्याँक्ने वा मिल्काउने काम, हुत्त्याइ उल्झाइ (अस्तुक्षेपण) २. समय गुजार्ने काम, बेलाकटनी ( कालक्षेपण आदि) ।
5841 क्षेपणी ना. १. फ्याँकेर चलाइने अस्त्र ।
5842 क्षेपणी ना. २. डुङ्गा खियाइने दालोजस्तो लामो काठ वा डाँडा, बहना।
5843 क्षेपणी ना. ३. माछा मार्ने जाल ।
5844 क्षेप्य वि. फ्याँक्न योग्य; मिल्काउन लायक ।
5845 क्षेप्यास्त्र ना. टाढैबाट हुत्त्याएर हिर्काइने वा प्रयोग गरिने विशेष अस्त्र वा हतियार, रकेट ।
5846 क्षेम ना. १. सन्चसुबिस्ता कुशलमङ्गल ।
5847 क्षेम ना. २. आनन्द, सुख ।
5848 क्षेम ना. ३. रक्षा, सुरक्षा ।
5849 क्षेम ना. ४. मुक्ति ।
5850 क्षेमकुशल ना. आनन्द र मङ्गल; निकानन्द; भलाकुसारी ।