Dictionary

All Word

5851 क्षोभ ना. १. कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध ।
5852 क्षोभ ना. २. मनको हलचल, खलबली, असन्तोष।
5853 क्षोभ ना. ३. डर, भय, कँपकँपाइ |
5854 क्षोभक वि. क्षोभ पैदा गराउने, क्षुब्ध पार्ने ।
5855 क्षोभमण्डल ना. पृथ्वीको धरातलदेखि ठिक माथिल्लो वायुमण्डलको तह |
5856 क्षोभी वि. १. रिस र असन्तोष भएको, क्षुब्ध ।
5857 क्षोभी वि. २. व्याकुल, विहवल ।
5858 क्षौर ना. छुराले केश काट्ने वा कपाल खौरने काम, मुण्डन ।
5859 क्षौरकर्म ना. छुरा लाएर केश काट्ने विधि वा काम, मुण्डन गरिने कार्य।
5860 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दोस्रो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, अघोष, महाप्राण ध्वनि; कवर्गको दोस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खरायो ख।
5861 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा दोस्रो वा मध्यम श्रेणीलाई छुट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक दोस्रो चिह्न |
5862 ना. निश्चय पक्का ; निधो।
5863 ना. (उदा.- पहिले आफू आफूमै ख भइसकेपछि मात्र यो काम गर्नु बेस हुन्छ)।
5864 खँगार्नु स.क्रि. - १. पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु, खडार्नु।
5865 खँगार्नु स.क्रि. २. नचाहिँदो खर्च गरेर भएको जेया सिद्ध्याउनु, धनसम्पत्ति सिरीखुरी पार्नु।
5866 खँगार्नु स.क्रि. ३. तल झार्नु; खसाल्नु; खुरमुऱ्याउनु।
5867 खँगार्नु स.क्रि. ४. रोगले शरीर क्षीण पार्नु।
5868 खँगार ना १. सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।
5869 खँगार ना २. रोग लागेर हुने कमजोरी; क्षीणता।
5870 खँगार ना ३. खँगार्ने काम।
5871 खँगाराइ ना. खँगार पार्ने वा खँगार्ने भाव क्रिया वा प्रक्रिया।
5872 खँगारिनु क.क्रि. खँगार्ने काम गरिनु।
5873 खँगालो ना. मालामा उनेर हार बनाई लगाइने एक प्रकारको चाँदीको गहना।
5874 खँचाइ ना. खाँच्ने भाव, क्रिया वा प्रक्रिया।
5875 खँजाहा ना. खोरन्डो; लङ्गडो; खुनी।
5876 खँजाहा ना. (उदा.- विजातीय शब्द ओसारी नेपाली भाषालाई खँजाहा पार्नु राम्रो होइन)।
5877 खँडिया ना. टुटेफुटेका भाँडाकुँडा।
5878 खँडियामडिया ना. टुटेफुटेका र अरू भाँडाकुँडा आदि।
5879 खँडियो ना. मसिनु कनिका ; मियाँ।
5880 खँडेउली ना. १. आधा टुक्रिएको वा काटिएको चामल; खसा कनिका।
5881 खँडेउली ना. २. कनिकाको जाउलो।
5882 खँड्गेली ना. ढोकाको अगाडिपट्टिको जमिन; अलिन्द।
5883 खँड्यौली ना. १. आधा टुक्रिएको वा काटिएको चामल; खसा कनिका।
5884 खँड्यौली ना. २. कनिकाको जाउलो।
5885 खँदा ना. खाँद्ने भाव, क्रिया वा प्रक्रिया |
5886 खँदार्नु स.क्रि. तलतिर घिसार्नु वा झार्नु खँगार्नु।
5887 खँदाराइ ना. खँदार्ने काम वा भाव।
5888 खँदारिनु क.क्रि. खँदार्ने काम गरिनु।
5889 खँदिलो वि. खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार।
5890 खँदुवा वि. भित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस।
5891 खँदुवा बन्दुक ना. गोली, बारुद आदि भरिएको बन्दुक।
5892 खँदेल ना. लेकाली भेगमा मुख्य रूपले आलुको खेती गरी जीवननिर्वाह गर्ने एक जाति।
5893 खइन ना. १. खानका निम्ति प्रयोग गरिने अन्न।
5894 खइन ना. २. चिसो र ढुसीले सड्न वा गल्न लागेको चिज।
5895 खई ना. पित्तल, फलाम, दाँत आदिमा लाग्ने कस; खिया; खुई।
5896 खउर ना. खयरका जस्तै पात र काँढा हुने तर खयरको जस्तो रङ नआउने, तराईमा हुने एक जातको वृक्ष।
5897 खकन/खकानु ना. १. भारी बोक्ता त्यसको बोझ थाप्लामा मात्र नपरोस् भनी डोका वा ढाकरहरूमा लगाइएको काखीमा छिराई काँधमा अड्याइने डोरी वा सानो नाम्लो।
5898 खकन/खकानु ना. २. घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता।
5899 खकार्नु स.क्रि. खोकेर घाँटीबाट सास बाहिर निकाली कफ झिक्नु।
5900 खकार ना. ख' वर्ण।