Dictionary

All Word

5601 क्रूरदृक् वि. १. खराब दृष्टि भएको ।
5602 क्रूरदृक् वि. ना. २. शनि वा मङ्गल ग्रह ।
5603 क्रेटर ना. पग्लेको चट्टान, आगो, खरानी, ग्याँस आदि निस्कने ज्वालामुखीको मुख ।
5604 क्रेता वि. किनमेल गर्ने, खरिद गर्ने, किन्ने, गाहकी ।
5605 क्रेन ना. गहौं र ठुलठुला फलामे दलिन, लट्ठा, पाइप आदिलाई एक ठाउँबाट उठाएर वा च्यापेर जडिने ठाउँमा राख्ने भीमकाय यान्त्रिक साधन ।
5606 क्रोड ना. १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर ।
5607 क्रोड ना. २. वक्षस्थल, छाती, कोख ।
5608 क्रोडपत्र ना. पत्र- पत्रिकाका बिचमा घुसाइने समसामयिक महत्त्वा विषय छापिएका अलग पाना, थपुवा अंश, अतिरिक्त पाठ्यसामग्री ।
5609 क्रोध ना. १. कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग, रिस, रोष ।
5610 क्रोध ना. २. ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियाँ एक संवत्सर ।
5611 क्रोध ना. ३. साहित्यमा रौद्र रसको स्थायी भाव ।
5612 क्रोधागार ना. रिसाएका बेलामा गुत्थ परेर बस्ने घर, कोपभवन ।
5613 क्रोधी वि. १. क्रोध भएको वा क्रोध गर्ने, क्रुद्ध, रिसाहा ।
5614 क्रोधी वि. २. सानातिना कुराहरूमा पनि छिटै रिसाउने, झोकी झड़ङ्ग्याहा ।
5615 क्रोनर ना. [?] स्विडेन, नर्वे, डेनमार्क आदि देशका मुद्राको नाम ।
5616 क्रोनोमिटर ना. बेलायतको ग्रिनविच भन्ने ठाउँमा राखिएको समय सूचित गर्ने घडीजस्तो प्रसिद्ध यन्त्र |
5617 क्रोमोओं ना. प्रागैतिहासिक क्रोमेओं मानवले प्रयोग गरेको उपकरण।
5618 क्रोमोओं मानव ना. फ्रान्सको क्रोमेऔं नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति ।
5619 क्रोश ना. १. कराउने काम, चीत्कार, रोदन ।
5620 क्रोश ना. २ सय धनु वा पैंतिस सय बिस गजको दुरी, कोस ।
5621 क्रोश ना. ३. सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो ।
5622 क्रौञ्च ना. १. कऱ्याङकुरुङ चरा ।
5623 क्रौञ्च ना. २. हिमालयको टाकुरो ।
5624 क्रौञ्च रन्ध्र ना. हिमाली गुफा ।
5625 क्याड ना. साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का ।
5626 क्लब ना. १. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान, त्यस्तै अभिप्रायका खोलिएको सार्वजनिक संस्था ।
5627 क्लब ना. २. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात ।
5628 क्लब ना. 3. एक किसिमको रोदीघर |
5629 क्लर्क ना. कार्यालय वा संस्थाहरूमा काम गर्ने निम्नवैतनिक कर्मचारी; हे. कारिन्दा |
5630 क्लान्त वि. १. थाकेको, थकित श्रान्त ।
5631 क्लान्त वि. २. ओइलाएको मुखमुद्रा क्षीण भएको ।
5632 क्लान्ति ना. क्लान्त हुनाको अवस्था वा भाव, थकावट, थकाइ ।
5633 क्लास ना. १. कक्षा ।
5634 क्लास ना. २. श्रेणी दर्जा वर्ग ।
5635 क्लासिकल वि. १. साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय ।
5636 क्लासिकल वि. २. उच्च कोटिका साहित्यको ।
5637 क्लिनर ना. १. सरसफाइ गर्ने व्यक्ति ।
5638 क्लिनर ना. २. बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार हे. खलासी ।
5639 क्लिनिक ना. उपचारकक्ष ।
5640 क्लिप ना. हे. किलिप ।
5641 क्लिष्ट वि. १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह, कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ.) ।
5642 क्लिष्ट वि. २. पार लाउन गाह्रो पर्ने; मुस्किल, अप्ठ्यारो ।
5643 क्लिष्ट वि. ३. कष्ट पुयाउने खालको, कष्ट हुने, क्लेशयुक्त ।
5644 क्लिष्टता ना. क्लिष्ट हुनाको भाव वा अवस्था दुरूहता ।
5645 क्लिष्टत्व ना. क्लिष्टता; लहरे साइली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष ।
5646 क्लीब वि. १. सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक, हिजडा ।
5647 क्लीब वि. २. आँट नभएको, हुतीहारा, नामर्द ।
5648 क्लीबता/त्व ना. प्रजननशक्ति नहुने भावः पुंसत्वहीनता; नपुंसकपन ।
5649 क्लेद ना. १. पानी वा यस्तै तरल पदार्थले भिजाउने काम, चिसोपना, आर्द्रता ।
5650 क्लेद ना. २. पसिना ।