Dictionary

All Word

5701 क्षतयोनि वि. पुरुषसित मिसिइसकेकी, योनिक्षत भएकी, कौमार्य नष्ट भएकी ।
5702 क्षतविक्षत वि. कहीँ अलिकति र कहीं बेसरी शरीरभर चोटपटक लागेको; रक्त्योल रक्ताम्मे ।
5703 क्षता वि. योनिक्षत भएकी, कौमार्य खण्डित भएकी (कन्या) |
5704 क्षति ना. १. कुनै काम, वस्तु, समय आदिमा हुन गएको हानि वा नोक्सानी; खति; घाटा; नाश।
5705 क्षति ना. २ आघात वा चोट लाग्नाले भएको घाउ, चोटपटक ।
5706 क्षतिग्रस्त वि. बिग्रेको, भत्केको, नासिएको वा खति भएको ।
5707 क्षतिग्रस्त वि. (उदा.- प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गर्दै हुनुहुन्छ ।)।
5708 क्षतिपूर्ति ना. १. कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम ।
5709 क्षतिपूर्ति ना. २. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन, हर्जाना; भरताल |
5710 क्षत्र ना. १. राज्य, राष्ट्र ।
5711 क्षत्र ना. २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति ।
5712 क्षत्र ना. ३. शरीर ।
5713 क्षत्रकर्म ना. क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम।
5714 क्षत्रधर्म ना. १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म ।
5715 क्षत्रधर्म ना. २. शौर्य, बहादुरी ।
5716 क्षत्रपति ना. कुनै क्षत्र वा राज्यका स्वामी, राजा ।
5717 क्षत्रिय ना. हिन्दूहरूका चार जातमध्ये एक जात वा चार वर्णमध्ये दोस्रो वर्ण ।
5718 क्षत्रिय देवता ना. इन्द्र, यम र वरुण ।
5719 क्षत्री ना. १. क्षत्रिय, छेत्री ।
5720 क्षन्तव्य वि. क्षमा गर्न योग्य; क्षम्य ।
5721 क्षपणक ना. १. प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु ।
5722 क्षपणक ना. २. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक ।
5723 क्षपणक ना. वि. ३. लाज नमान्ने, निर्लज्ज ।
5724 क्षम वि. १. काम गर्ने क्षमता वा योग्यता भएको, समर्थ, योग्य ।
5725 क्षम वि. २. चुप रहने, सहनशील, सहिष्णु।
5726 क्षम वि. ना. ३. शक्ति बल ।
5727 क्षमता ना. कुनै काम गर्ने वा केही धारण गर्न सक्ने शक्ति वा विशेषता; सामर्थ्य, तागत ।
5728 क्षमा ना. १. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति, दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव, माफी, क्षान्ति ।
5729 क्षमा ना. २. सहिष्णुता, सहनशीलता ।
5730 क्षमा ना. 3. पृथ्वी; धर्ती।
5731 क्षमा प्रार्थना / याचना ना. आफूले बिराएका कुरामा क्षमा वा माफी माग्ने काम ।
5732 क्षमावान् वि. माफी दिने, क्षमाशील ।
5733 क्षमाशील वि. क्षमा गर्ने, शान्त वा सिधासादा प्रकृतिको ।
5734 क्षम्य वि. क्षमा गर्न योग्य; माफ दिन लायक ।
5735 क्षय ना. १. प्रकृतिले नै बिस्तार बिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश ।
5736 क्षय ना. २. कल्पको अन्त; प्रलय |
5737 क्षय ना. ३. राजयक्ष्मा, टी. बी. रोग ।
5738 क्षयकर वि. क्षय गर्ने; नाश गर्ने ।
5739 क्षयकाल ना. प्रलयको समय ।
5740 क्षयतिथि ना. टुटेको वा लोप भएको तिथि ।
5741 क्षयपक्ष ना. चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष कृष्णपक्ष ।
5742 क्षयमास ना. घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औंसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ) ।
5743 क्षयरोग ना. फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा, टी. बी. सुकेनास, राजरोग।
5744 क्षयी वि. १. क्षय हुने, नाश हुने ।
5745 क्षयी वि. २. क्षयरोग लागेको ।
5746 क्षयी वि. ना. ३. चन्द्रमा।
5747 क्षयीकरण ना. नासिंदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया ।
5748 क्षर ना. १. तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ ।
5749 क्षर ना. २. पानी, बादल ।
5750 क्षर ना. ३. शरीर, देह ।