Dictionary

All Word

5651 क्लेश ना. १. कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति, आन्तरिक दुःख, पीडा वा वेदना ।
5652 क्लेश ना. २. घरव्यवहारमा आपसमा हुने कलह वा मनोमालिन्य ।
5653 क्लोम ना. कलेजो, फोक्सो ।
5654 क्लोम चित्र ना. विद्युतीय विकिरणद्वारा लिइएको फोक्सोको चित्र |
5655 क्लोम ध्वनि ना. छातीबाट सुन्न सकिने फोक्सोको आवाज, सास फेर्दा आउने शब्द |
5656 क्वण ना. वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द, झन्कार |
5657 क्वथन ना. तरल वस्तु उमाल्ने वा भकभकी पार्ने काम ।
5658 क्वथानाङ्क ना. तापमानमा पानी उमाल्न सक्ने १०० डिग्रीको माप क्वथनको निश्चित बिन्दु ।
5659 क्वाँक वि. भनेको कुरा राम्ररी नबुभने, लट्ठक; बुद्धू ।
5660 क्वाँक वि. (उदा.- जति भने पनि हरि सम्झँदै सम्झँदैन, कस्तो क्वाँक रहेछ) ।
5661 क्वाँक्वाँ क्रि.वि. १. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम |
5662 क्वाँक्वाँ क्रि.वि. ना. २. डाँको छाडेर रोएको आवाज |
5663 क्वाँटी ना. केराउ, चना, मुगी, मास, सिमी, भटमास आदि दालजातका गेडागुडी छासमिस पारी पानीमा भिजाएर टुसा निक्लिएपछि पकाएको रस र तिनै गेडागुडी वा बिरौंला ।
5664 क्वाक्वाइँ क्रि.वि. १. कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम |
5665 क्वाक्वाइँ क्रि.वि. २. दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल ।
5666 क्वाटर ना. १. चतुर्थांश, चौथाइ ।
5667 क्वाटर ना. २. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा, क्वाड ।
5668 क्वाड ना. हे. क्वाटर |
5669 क्वाथ ना. १. काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस, काँडा ।
5670 क्वाथ ना. २. सुरुवा।
5671 क्वापक्वाप क्रि.वि. डल्लो खानेकुरो धमाधम मुखमा हाल्ने किसिमले ।
5672 क्वापक्वापी/क्वापक्वाप्ती क्रि.वि. डल्लो खानेकुरो छिटो छिटो मुखमा हाल्ने किसिमसँग ।
5673 क्वाप्प क्रि.वि. डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले ।
5674 क्वारक्वार क्रि.वि. एकटकले हेर्ने, चाँचाँडो कोर्ने वा साहो खानेकुरा चपाउँदा आवाज आउने गरी ।
5675 क्वारक्वारी / क्वारक्वार्ती क्रि.वि. तिनै काम अझ छिटो गर्ने किसिमले ।
5676 क्वार्र क्रि.वि. १. धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैँ कोरिने किसिमले ।
5677 क्वार्र क्रि.वि. २. राफट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग ।
5678 क्वालक्वाल क्रि.वि. लगातार पेट कराउने वा पानी बग्ने किसिमले ।
5679 क्वालक्वाली/क्वालक्वाल्ती क्रि.वि. एकनासले पेट कराउने वा पानी बग्ने गरी ।
5680 क्वाल्ल क्रि.वि. एकै बाजि ठुलो स्वरले पेट कराउने वा पानी बग्ने किसिमसँग ।
5681 क्विज ना. सामान्यज्ञानको जाँच, बुद्धि जाँच्नका निम्ति प्रश्नहरू सोधिने प्रतियोगिता, हाजिरजवाफ |
5682 क्विन्टल ना. सय किलोग्रामको तौल (पुरानो हिसाबअनुसार दुई मन साढे सत्ताइस सेर) ।
5683 क्ष देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको, कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त व्यञ्जनवर्ण (संयुक्ताक्षर ); लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
5684 क्ष-किरण ना. शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिका प्रमुख विकिरण वा विद्युत्धाराको अदृश्य किरण, एक्सरे ।
5685 क्षण ना. १. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन ।
5686 क्षण ना. २. एक मुहूर्तको बाह्र भागको एक भाग ( चारपाँच सेकेन्ड वा पला)।
5687 क्षण ना. ३. आँखा झिम्काउन्जेलको समय, निमेष ।
5688 क्षण ना. ४. खाली समय; अवसर, मौका।
5689 क्षणभङ्गुर वि. १. छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने, अनित्य, अस्थिर ।
5690 क्षणभङ्गुर वि. २. क्षणसम्बन्धी, क्षणको, अस्थायी ।
5691 क्षणिक वि. १. एकै छिन मात्र रहने वा हुने, क्षणभङ्गुर, अनित्य, अस्थिर ।
5692 क्षणिक वि. २. क्षणसम्बन्धी; क्षणको।
5693 क्षणिकता ना. क्षणिक हुनाको भाव वा अवस्था ।
5694 क्षणिका ना. बादलमा चम्किने बिजुली, विद्युत् ।
5695 क्षणी वि. क्षणभर मात्र रहने वा हुने, केही छिनको क्षणिक ।
5696 क्षत वि. १. क्षति वा हानि भएको; चोट लागेको; घाइते |
5697 क्षत वि. २. कुनै भाग टुटेको, खण्डित (वस्तु) ।
5698 क्षत वि. ना ३. घाउ, चोट, जखम ।
5699 क्षतज वि. १. घाउबाट निस्कने (क्षतज ज्वर ) |
5700 क्षतज वि. ना. २. रगत वा पिप |