Dictionary

All Word

6001 खटन खानु टु. अर्काले अड्कलेर दिएको खाइलाइ गरेर बस्नु।
6002 खटनपटन ना. कुनै काममा गरिने नियुक्ति वा त्यसका निम्ति लगाइपगाइ गर्ने काम; अह्राउपहार।
6003 खटनपुर्जी ना. खटाइएको बेहोरा जनाइएको कागत वा चिठी; आदेशपत्र; नियुक्तिपत्र।
6004 खटनिया वि. नियुक्ति गरेर पठाउने; खटन गर्ने।
6005 खटनी ना. खटेर गरिने काम परिश्रम, मेहन।
6006 खटपट ना. १. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो।
6007 खटपट ना. २. मनोमालिन्य; वैमनस्य।
6008 खटपटी ना. १. खटपट हुने काम।
6009 खटपटी ना. २. चटपटी, छटपटी।
6010 खटपटे वि. खटपट गर्ने बानी भएको, बेमेलको; असजिलो।
6011 खटप्वाल ना. खट बाँध्ने आदि कामका निम्ति घरको गारोमा राखिएको वा बनाइएको प्वाल।
6012 खटाइ ना. खट्ने भाव, क्रिया वा प्रक्रिया।
6013 खटाइ ना. खटाउने भाव, क्रिया वा प्रक्रिया।
6014 खटाइनु क.क्रि. खटाउने काम गरिनु, अह्राइनु।
6015 खटाउनु स.क्रि. १. कसैलाई कुनै काम गर्न आज्ञा दिनु, अह्राउनु।
6016 खटाउनु स.क्रि. २. कुनै काम गर्नका निम्ति कतै पठाउनु।
6017 खटाउनु स.क्रि. ३. अड्कलेर दिनु वा झिक्नु।
6018 खटाखट क्रि.वि. जाँगर चलाएर वा फुर्तीसाथ काम गर्ने चाल; खराखर; सटासट।
6019 खटिनु अ.क्रि. खट्ने काम गरिनु।
6020 खटिया ना. १. पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल।
6021 खटिया ना. २. सानो खाट।
6022 खटिरा ना. शरीरमा कुनै किसिमको विकार पैदा भएमा निस्कने फोको।
6023 खटिरापटिरा ना. सानातिना धेरै घाउखटिरा।
6024 खटिरे वि. खटिरा भएको; खटिरा भइरहने।
6025 खटिरो ना. शरीरमा कुनै किसिमको विकार पैदा भएमा निस्कने फोको।
6026 खटुवा वि. खटाएको काम गर्ने; अहोट पूरा गर्ने; काममा अग्घोर खट्न सक्ने।
6027 खटौली म्याना, खट।
6028 खट्कनु अ.क्रि. १. नमिलेको अनुभव हुनु; शङ्का लाग्नु, खट्को लाग्नु।
6029 खट्कनु अ.क्रि. २. बिर्सेजस्तो लाग्नु।
6030 खट्कनु अ.क्रि. ३. थामिनु; रोकिनु।
6031 खट्काइ ना. खट्कने काम वा किसिम।
6032 खट्काउनु प्रे. क्रि. खट्कन लाउनु।
6033 खट्किनु अ.क्रि. खट्को लागिनु।
6034 खट्को ना. खट्कने काम; आपद्विपद्को आशङ्का।
6035 खट्टा ना. १. रोक्ने काम वा कुरो।
6036 खट्टा ना. २. खाँचो; हर्जा।
6037 खट्टे ना. हाँडीमा चामल भुटेको खानेकुरो।
6038 खट्टे ना. वि. खस्रो स्वभाव र ठाडो मिजासको ठिमाहा।
6039 खट्टे धान ना. लाम्चिलो, मोटो, कुस भएको, खट्टे बनाउनका लागि प्रयोग गरिने चिनियाँ जातको एक प्रकारको धान।
6040 खट्टै ना. नभइनहुने स्थिति; साह्रै खाँचो; असाध्यै हर्जा।
6041 खट्याक्क क्रि. यो. १. काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले।
6042 खट्याक्क क्रि. यो. २. एक्कासि ठक्कर लाग्ने चालमा।
6043 खट्याक्क क्रि. यो. ३. एकदम रोकिने वा खट्कने किसिमसँग।
6044 खड ना. १. नवजात शिशुलाई लाग्ने एक प्रकारको दिसा।
6045 खड ना. २. पहरो, ठाडो भिर।
6046 खडखड क्रि. यो. १. नबिसाईकन वा लगातार खडाखड।
6047 खडखड क्रि. यो. २. खटखट।
6048 खडखडाइ ना. खडखडाउने काम वा किसिम।
6049 खडखडाइनु अ.क्रि. खडखडाउने काम गरिनु।
6050 खडखडाउनु अ.क्रि. १. खडखड आवाज आउनु, खटखटाउनु।