Dictionary

All Word

6101 खण्ड ना. ५. अकस्मात् परिआउने कुरा; संयोग।
6102 खण्डक वि. १. अर्काको मत वा कुराको खण्डन गर्ने।
6103 खण्डक वि. २. काट्ने; टुक्र्याउने।
6104 खण्डकथा ना. एउटै घटनाको, एउटै विषयको काव्यका कुनै एक अंशको वर्णन हुने एक काव्यविधा; खण्डकाव्य; सङ्घा।
6105 खण्डकाव्य ना. कुनै एक विषयको वर्णन भएको सर्ग भएको वा नभएको प्रबन्धात्मक लघुकाव्य।
6106 खण्डखाद्दे ना. १. हुन लागेको कुनै कुरा आकस्मिक घटना।
6107 खण्डखाद्य ना. १. हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।
6108 खण्डखाद्य ना. २. ना. वि. सं. १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्।
6109 खण्डखातिर ना. अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य।
6110 खण्डन ना. १. अर्काको मत, सिद्धान्त वा कुरा काट्ने काम; कुनै बुँदाका विरुद्धमा गरिने आलोचना; प्रतिवाद।
6111 खण्डन ना. २. टुक्र्याउने काम; काट्ने काम।
6112 खण्डनमण्डन ना. कुनै मत, सिद्धान्त आदिको प्रतिवाद तथा समर्थन; तर्क दिएर कुरो काट्ने वा सकार्ने काम; खण्डन र मण्डन।
6113 खण्डन्यायाधिकरण ना. दुई जना न्यायाधीशको इजलास; सिङ्गल बेन्चभन्दा माथिल्लो तहको र फुल बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने इजलास।
6114 खण्डपाल ना. १. सखर, चिनी, मिसीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति।
6115 खण्डपाल ना. २. हलुवाई |
6116 खण्डपाल ना. ३. छोटी अड्डाको काम गर्ने व्यक्ति।
6117 खण्डप्रलय ना. महाप्रलयभन्दा सानो प्रलय।
6118 खण्डवर्षा ना. एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।
6119 खण्डवाल वि. खण्ड भएको; एकभन्दा धेरै तह वा भाग भएको; खण्डे।
6120 खण्डवृष्टि ना. एकैचोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा।
6121 खण्डहर ना. बिग्रीभत्की केही अवशेष मात्र बचेका प्राचीन स्मारकको समूह; भग्नावशिष्ट प्राचीन भवन, भग्नावशेष।
6122 खण्डाकार ना. संस्कृत व्याकरणका प्रक्रियाअनुसार अकारको सन्धि भएका ठाउँमा लेखिने डकारको चिह्न; लुप्त अकार (S)।
6123 खण्डाश्मा ना. मिसिनद्वारा वा घन आदिका सहायताले साहो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा।
6124 खण्डाश्मित वि. १. सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको।
6125 खण्डाश्मित वि. २. रोडा छापिएको; ग्राभेलिङ गरिएको।
6126 खण्डिता ना. १. शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद।
6127 खण्डिता ना. २. परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका।
6128 खण्डी ना. १. खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
6129 खण्डी ना. २. सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।
6130 खण्डीय वि. खण्ड हुने; खण्ड गर्न सकिने।
6131 खण्डीय वर्ण ना. स्वतन्त्र रूपमा रहेका वा छुट्टै उच्चारण गर्न सकिने वर्ण (स्वर वा व्यञ्जन)।
6132 खण्डे वि. १. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
6133 खण्डे वि. २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
6134 खण्डेतर वि. खण्डबाहेकको अर्को खण्डको।
6135 खण्डेतर वर्ण ना. खण्डीय वर्णसँग मिलेर बसेका स्वतन्त्र रूपमा छुट्टै उच्चारण हुन नसक्ने वर्ण।
6136 खण्डेतर वर्ण ना. (स्वरका दीर्घता, उदात्तता, लय, ताल आदि खण्डेतर वर्णतत्त्व हुन्)।
6137 खण्डे थाल ना. विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठुला खोपिल्टा परेको थाल; खण्डी।
6138 खण्डो ना. १. खेत, बारी आदिको कुनै भाग।
6139 खण्डो ना. २. भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।
6140 खत ना. १. शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग।
6141 खत ना. २. अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसुर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसुर (उदा.- पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।)।
6142 खत ना. ३. दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौँको कटाइ; कलम।
6143 खतखत क्रि.वि. १. लेदो पदार्थ पकाउँदा छड्कन वा फत्कन थालेपछि आवाज आउने किसिम।
6144 खतखत क्रि.वि. २. सानो मुख भएका भाँडाबाट दही आदि बाक्लो लेदो पदार्थ खन्याउँदा आवाज आउने किसिम।
6145 खतबात ना. अदालतबाट कुनै अभियोगमा ठहर भएको कसुर; अदालतद्वारा मुद्दाबाट ठहरिएको बातकसुर।
6146 खतम ना. १. कुनै कामकुराको टुङ्ग्याइ; समाप्ति।
6147 खतम ना. २. अन्त; आखिरी।
6148 खतम ना. ३. नाश; लोप।
6149 खतम ना. ४. मृत्यु; देहावसान; मरण।
6150 खतरनाक वि. १. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी।