Dictionary

All Word

6151 खतरनाक वि. २. भयङ्कर; डरलाग्दो।
6152 खतरनाक वि. ३. कुलक्षणी; अनिष्टकारक।
6153 खतरनाक वि. (उदा.- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन)।
6154 खतरा ना. १. सम्भावित विपत्ति; डर; भय।
6155 खतरा ना. २. आशङ्का; सन्देह।
6156 खती ना. १. सँभाल्दा सँभाल्दै पनि अकार्थमा धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति।
6157 खती ना. २. नचाहिँदो खर्च; बरबादी; अपव्यय।
6158 खती ना. ३. नाश।
6159 खतीउपती ना. ऋण र धन; खति र उपती; हानि र लाभ; नाफानोक्सान।
6160 खतीपती ना. कसैलाई उसको इज्जतमान केही नराखेर भन्ने काम; इज्जत आबरु |
6161 खतुकी वि. कुनै अपराधमा अदालतबाट सजाय पाएको; खतबात लागेको; कसुरदार; दोषी; बापती; अपराधी।
6162 खतेर्नु स.क्रि. १. कुनै वस्तुको थुप्रो लाउनु, चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु।
6163 खतेर्नु स.क्रि. २. सोहोर्नु, जम्मा गर्नु।
6164 खतेराइ ना. खतेर्ने काम; चाङ लगाउने काम |
6165 खतेरिनु अ.क्रि. सोहोरिनु, एकत्र थुप्रिनु।
6166 खतेराउनु प्रे. क्रि. खतेर्न लाउनु।
6167 खत्कनु अ.क्रि. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु, फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।
6168 खत्काइ ना. खत्कने क्रिया वा भाव।
6169 खत्काइनु क.क्रि. खत्काउने काम गरिनु।
6170 खत्काउनु प्रे.क्रि. खत्कने पार्नु; खत्कन लाउनु।
6171 खत्किनु अ.क्रि. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु, फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।
6172 खत्क्याइनु क.क्रि. खत्किने पारिनु; छड्काइनु।
6173 खत्क्याउनु प्रे.क्रि. खतखत आवाज आउने गरी पकाउनु, छड्काउनु।
6174 खत्तिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु।
6175 खत्तिनु अ.क्रि. २. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।
6176 खत्त्याइ ना. खत्त्याउने प्रक्रिया वा भाव।
6177 खत्त्याइनु क.क्रि. खन्याइनु; पोखिनु।
6178 खत्त्याउनु स.क्रि. खन्याउनु, एकैचोटि सबै पोख्ने काम गर्नु, खन्याउनु; धेरै दिनु।
6179 खत्रक्क क्रि.वि. १. कुनै वस्तु केही माथिबाट तल खस्ने वा त्यसरी खस्दा आवाज आउने किसिमले।
6180 खत्रक्क क्रि.वि. २. कसैले कुनै काम बिराएमा, कुनै गल्ती गरेमा वा कुनै कुरा भन्न चाहेजस्तो नभएमा त्यस्तो लाचार, लज्जित वा निराश हुने ढङ्गमा।
6181 खत्री ना. १. पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग वा छेत्रीको पानी चल्ने आफ्नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका सन्तान र तिनीहरूको वर्ग।
6182 खत्री ना. २. वर्णसङ्कर।
6183 खत्र्याकखुत्रुक क्रि.वि. १. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले।
6184 खत्र्याकखुत्रुक क्रि.वि. ना. २. सानोतिनो सरसामान, मालमत्ता, जेतेमेते।
6185 खत्र्याकखुत्रुक क्रि.वि. ३. सानोतिनो कामकाज ; साधारण काम।
6186 खत्र्याङखुत्रुङ क्रि.वि. १. सानोतिनो वस्तु चलाउँदा वा हल्लाउँदा आवाज आउने किसिमले।
6187 खत्र्याङखुत्रुङ क्रि.वि. ना. २. सानोतिनो सरसामान, मालमत्ता, जेतेमेते।
6188 खत्र्याङखुत्रुङ क्रि.वि. ३. सानोतिनो कामकाज ; साधारण काम।
6189 खद्दर ना. हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा, खादी; खाँडी।
6190 खद्योत ना. जूनकिरी।
6191 खन्नु स.क्रि. १. कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु।
6192 खन्नु स.क्रि. २. बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
6193 खन्नु स.क्रि. ३. थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु।
6194 खन्नु स.क्रि. (उदा.- उसले भित्रभित्रै म्रो जरोकिलो खन्न लागेको छ)।
6195 खनक वि. जग्गाजमिन खन्ने; खनजोत गर्ने।
6196 खनखन क्रि.वि. १. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले।
6197 खनखन क्रि.वि. ना. २. कचकच; फतफ।
6198 खनखनी/ खनखन्ती क्रि.वि. धातुका रुपियाँ वा सिक्का धमाधम गन्ने गरी।
6199 खनखाँचो ना. आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाह्रो; हर्जा; खाँचो; असर्दो।
6200 खनजोत ना. हलो, कोदालो आदि साधनले जग्गाजमिन आबाद गर्ने काम; खेतबारी खन्नेजोत्ने काम; खनीखोसी।