Dictionary

All Word

6051 खडखडाउनु अ.क्रि. २. स.क्रि. खडखड पार्नु।
6052 खडखडिया ना. एक किसिमको सवारीको साधन।
6053 खडबड ना. १. परस्परमा भएको फाटो वा बाझो मनोमालिन्य।
6054 खडबड ना. २. गडबड, खटपट।
6055 खडा वि. १. चलहल नगरी ठिङ्ग उभिएको सोझो उभिएको।
6056 खडा वि. २. प्रस्तुत, तयार।
6057 खडा वि. ३. मौजुदा हाजिर।
6058 खडा वि. ४. सिर्जना गरिएको, निर्मि।
6059 खडाइ ना. खड़ा हुने क्रिया वा प्रक्रिया |
6060 खडाइ मोल ना. कुनै वस्तुको मनोमानी मोल कुनै कुनै चिजबिजको लागत मूल्य र उचित मुनाफाभन्दा बढीको मोल |
6061 खडाउ ना. खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता, पादुका, कठपाउ; खडाउ।
6062 खडाखडी ना. १. बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चने मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)।
6063 खडाखडी ना. क्रि.वि. २. त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले।
6064 खडाखडी ना. ३. उभिएको उभियै, नबसीकनै।
6065 खडाखडी ना. ४. तुरुन्तातुरुन्तै उत्तिखेरै।
6066 खडाङ्ग ना. रुद्री गर्दा शिवका छ अङ्ग तथा तिनको पूजाविधि।
6067 खडागे खडाङ्ग भएको, खडाग पूजासहितको।
6068 खडाजङ्गी ना. दुई थरीका बिच कुनै कामकुरामा भएको चर्को भनाभन धुमधामसितको बाझाबाझ, चर्काचर्की, मनावैरी।
6069 खडायत ना. १. पुरानो समयमा शस्त्रजीवी मानिएका विशेष किसिमका छेत्रीहरूका सन्तान।
6070 खडायत ना. २. नेपालको सुदूर पश्चिमी भेग बासिन्दा छेत्रीहरूको थर।
6071 खडारस ना. अमिलोपन नहटेको गुलियो जातको फलको रस, अमिलो र गुलियो मिसिएको स्वाद।
6072 खडाहाजिर वि . आफैं हाजिर भएको स्वयम् उपस्थित |
6073 खडुका ना. वनका पशुपन्छीहरू समात्न थापिने एक प्रकारको खोर।
6074 खडेरी ना. खेतीपाती गर्ने वर्षायाममा वा पानी पर्नुपर्ने समयमा पानी नपरी सुक्खा लागेको अवस्था, लामो समयदेखि पानी नपरेको अवस्था, सुक्खा, अनावृष्टि |
6075 खड्कुँली ना. सानो खड्कुलो।
6076 खड्कुँलो ना. सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कलो।
6077 खड्कौँलाखड्कौँली ना. सानाठुला धेरै खड्कुँला; खड्कौँला र खड्कौँलीको समूह।
6078 खड्कौँले वि. खड्कौँलाको; खड्कौँलासम्बन्धी; खड्कौँलाजस्तो।
6079 खड्कौँले दह ना. पूजाआजा गरेर दहका छेउ गई शुभ कार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह।
6080 खड्कौँलो ना. सामान्यतया दुईतिर कडा लागेको, फराक मुख भएको, विशेष गरेर बिहाव्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कलो।
6081 खड्केली ना. ढोका सामुन्ने छेवैको टेक्ने जमिन; खँड्गेली; अलिन्द; खड्केली।
6082 खड्ग ना. १. फलामबाट बनेको एक किसिमको घातक हतियार, सोझो किसिमको तरबार।
6083 खड्ग ना. २. गैंडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।
6084 खड्गनिसाना ना. राणा शासनकालमा प्रचलित खड्गको चिह्नसहितको श्री ३ को छाप - दस्ख।
6085 खड्गाष्टक ना. १. ठुलो झगडा।
6086 खड्गाष्टक ना. २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौं र आठौंमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।
6087 खड्गास्टक ना. १. ठुलो झगडा।
6088 खड्गास्टक ना. २. विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौं र आठौंमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।
6089 खड्गी ना. १. गैंडा।
6090 खड्गी ना. २. नेवारको एक जा।
6091 खड्गी ना. वि. ३. हातमा खड्ग लिने।
6092 खड्गेली ना. ढोका सामुन्ने छेवैको टेक्ने जमिन; खँड्गेली; अलिन्द; खड्केली।
6093 खड्गो ना. ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा मारकेश स्थान अर्थात् लग्नदेखि दोस्रो र सातौँ स्थानमा पर्ने राशिका स्वामीको भोग परेको समय वा त्यस्तो समयमा परेका व्यक्तिलाई ठुलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पुयाउँछ भनी मानिने योग।
6094 खड्याङखुडुङ ना. १. सानोतिनो झगडा, ठाकठुक।
6095 खड्याङखुडुङ ना. २. अग्लो होचो भएर वा इँटढुङ्गाका टुक्राटाक्री छरिएर हिँड्न असजिलो हुने खालको जमिन; खाल्टाखुल्टी |
6096 खड्याङखुडुङ ना. वि. ३ खाल्टाखुल्टी परेको; होचो अग्लो भएको।
6097 खण्ड ना. १. कुनै सिङ्गो वस्तुको भाग, टुक्रा, अंश इ.।
6098 खण्ड ना. २. कुनै वस्तुका तह वा खानामध्ये कुनै एउटा तह वा खाना।
6099 खण्ड ना. ३. कुनै भवन आदिका धेरै तलामध्ये कुनै एक तला।
6100 खण्ड ना. ४. कुनै वस्तु वा कुराका विभिन्न अवस्थामध्ये कुनै एक अवस्था; कारण।