Dictionary

All Word

6201 खनाइ ना. खन्ने क्रिया वा प्रक्रिया |
6202 खनाइनु क.क्रि. खन्ने काम गराइनु।
6203 खनाउनु प्र.क्रि. खन्न लाउनु; खन्ने काम गराउनु।
6204 खनाखन क्रि.वि. धातुका रुपियाँ वा सिक्का गन्ने किसिमले; खनखन्ती।
6205 खनाति ना. आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति नातिको छोरो।
6206 खनायो/खनिउँ ना. केही बाटुला र टुप्पातिर चुच्चे आकारका ठुला, बाक्ला पात हुने, फेदमा लिचीजत्रा फलका माटाबाहिर झुप्पा लाग्ने र माटाभित्र जरामा समेत फल्ने, पाकेपछि गुलियो स्वादको हुने एक किसिमको डाले घाँसको बोट वा त्यसैको फल; खन्यु; हात्तीपाइले।
6207 खनिचा ना. गोलाकार टुप्पो र धारिलो बिट हुने एक प्रकारको छिनु।
6208 खनिज वि. भूगर्भभित्र रहेको, खानीबाट निस्कने वा निकालिने; खानीमा पाइने।
6209 खनिज उत्पादन ना. खानीबाट पैदा हुने वा निस्कने वस्तु।
6210 खनिज पदार्थ ना. खानीबाट निस्कने वस्तु, खानीमा रहने वस्तु।
6211 खनिज पानी ना. खनिज तत्त्वको आधिक्य भएको पानी।
6212 खनिजविज्ञान ना. भूगर्भमा रहेको खानी पत्ता लगाउने र खानीबाट निस्कने वस्तुको विवेचना गर्ने विद्या; खनिजसम्बन्धी विज्ञान।
6213 खनिज साधन ना. खानीबाट निकालिने सामान; खानीबाट निक्लने सामग्री।
6214 खनिनु अ.क्रि. १. पानी आदि तरल पदार्थ बेसरी पोखिनु; आकाशबाट दर्केर पानी पर्नु।
6215 खनिनु अ.क्रि. २. कसैले वा केही वस्तुले ओगटेको ठाउँ खाली हुनु, रित्तिनु।
6216 खनिनु अ.क्रि. ३. कुनै वस्तु एकैपल्ट धेरै मात्रा वा सङ्ख्यामा वैरिनु; आइलाग्नु; धुरिनु।
6217 खनी वि. १. समय मिल्ने वा पाउने; फुर्सद भएको।
6218 खनी वि. २. थोरै बेर मात्र रहने; एकै छिनको; क्षणिक |
6219 खनी वि. ना. यो. ३. निम्तिको अर्थ बुझाउने पुरानो शब्द।
6220 खनीउकाली ना. एकै छिनको सुख वा उन्नति; मुतको न्यानो।
6221 खनीओराली ना. छिनभरको अवनति; अवनतिको क्षणभङ्गुरता; एकै छिनको दुःख वा अवनति।
6222 खनीओराली ना. (उदा.- आफूलाई त कैले खनीउकाली, कैले खनीओराली पो भएको छ)।
6223 खनीखोस्री ना. कुटो, कोदालो आदि साधनले खेतबारी वा जग्गाजमिनको थाउलो खन्ने, खोस्रने काम; खनखान; खनजो।
6224 खन्चा ना. धातु आदिका वस्तुमा प्वाल पार्ने साधन, पन्चिङ गर्ने एक प्रकारको सामान।
6225 खचुरो वि. १. जतिखेर भेट्टाए पनि वा बेला न कुबेला चुभुरभुर खाइरहने।
6226 खचुरो वि. २. धेरै खाने; खन्चुवा।
6227 खन्चुवा वि. धेरै खाने स्वभावको; खाइरहन खोज्ने; खन्चुरो।
6228 खन्चुवी धेरै खाने वा खाइरहन खोज्ने स्वभावकी (स्त्री)।
6229 खन्जर ना. फलामबाट बनेको काट्ने हतियार; छुरी; कटारी।
6230 खन्जो वि. खोरन्डो, लङ्गडो।
6231 खन्डखाद्दे खण्डखाद्य।
6232 खन्डिनु अ.क्रि. टुक्रा टुक्रा हुनु; खण्ड खण्ड हुनु, टुक्रिनु।
6233 खन्ड्याइ ना. खन्डिने वा खन्ड्याउने काम वा प्रक्रिया।
6234 खन्ड्याइनु क.क्रि. खण्ड खण्ड पारिनु; टुक्र्याइनु।
6235 खन्ड्याउनु प्रे.क्रि. खन्डिने पार्नु टुक्र्याउनु।
6236 खन्डी ना. १. खण्ड खण्ड पारिएको पञ्चपालाजस्तो थाल; खण्डेथाल।
6237 खन्डी ना. २. सानो खण्ड, टुक्रा वा भागलाई बुझाउने र सङ्ख्यावाची शब्दमा पछिल्तिर गाँसिने शब्द (जस्तै- त्रिखण्डी, चौखण्डी)।
6238 खन्डे वि. १. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
6239 खन्डे वि. २. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
6240 खन्डे थाल ना. विभिन्न व्यञ्जन राख्न मिल्ने बटुकी आकारका सानाठुला खोपिल्टा परेको थाल; खण्डी।
6241 खन्डो ना. १. खेत, बारी आदिको कुनै भाग।
6242 खन्डो ना. २. भान्छाकोठाको हाताभित्र भात खाँदा पिर्का राखेर बसी खान मिल्ने गरी बनाइएको सानोतिनो चौको।
6243 खन्तरे वि. सहोदर भाइमा जन्मका क्रमले सातौँ; जन्तरेपछिको।
6244 खन्ती ना. जमिनमा प्वाल पार्ने वा गहिरो खाल्टो खन्ने डन्डीजस्तो फलामको चुच्चे हतियार; एक किसिमको गल।
6245 खन्ती खलास वि. सबै कुरा सिद्धिइसकेको; केही नभएको; टाट पल्टेको।
6246 खन्याइ ना. खन्याउने भाव, क्रिया वा प्रक्रिया |
6247 खन्याइनु स.क्रि. बेसरी पोखिनु; खत्त्याइनु।
6248 खन्याउनु स.क्रि. १. बेसरी पोख्नु; खत्त्याउनु।
6249 खन्याउनु स.क्रि. २. रित्त्याउनु; खाली पार्नु।
6250 खन्यू ना. केही बाटुला र टुप्पातिर चुच्चे आकारका ठुला, बाक्ला पात हुने, फेदमा लिचीजत्रा फलका माटाबाहिर झुप्पा लाग्ने र माटाभित्र जरामा समेत फल्ने, पाकेपछि गुलियो स्वादको हुने एक किसिमको डाले घाँसको बोट वा त्यसैको फल; खन्यु; हात्तीपाइले।