Dictionary

All Word

6751 खहरे ना. वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो।
6752 खहरे ना. (उदा.- उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।- लेखनाथ)।
6753 खहरे तान ना. कुनै ठाउँबाट घिच्च्याउँदै ल्याउने काम; घिसार्ने काम।
6754 खहऱ्याइ ना. खहऱ्याउने भाव वा क्रिया वा प्रक्रिया |
6755 खहऱ्याइनु क.क्रि. खरो पारिनु, खुबसित सुकाइनु वा भुटिनु।
6756 खहऱ्याउनु स.क्रि. १. भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु खँगार्नु।
6757 खहऱ्याउनु स.क्रि. प्रे. क्रि. २. माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु, खुरमुऱ्याउनु।
6758 खहऱ्याउनु स.क्रि. ३. बिगार्नु; घरङ्घाट लाउनु।
6759 खा ना. साढे बाइस हात लामो र चार हात गज भएको, घर बनाउने जमिनको नापो।
6760 खाँकर ना. १. नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा।
6761 खाँकर ना. २. शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट।
6762 खाँखाँ ना. चर्को भोकले जे भए पनि खाऊँ खाऊँ लाग्ने अवस्था; खाने तीव्र इच्छा; भोक।
6763 खाँच्नु स.क्रि. धोएर घोट, कलप आदि गरेको कपडामा खुम्चिएका बुट्टा पार्नु; चुन्नु।
6764 खाँच ना. बट्टाईहरू थुनेर बोकिने पिंजरा।
6765 खाँच ना. कपडा चुन्दा बन्ने बुट्टा; खाँच्ता वा कपडा दोब्य्राउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज।
6766 खाँचिनु क.क्रि. कपडामा बुट्टा चुनिनु, खाँच्ने काम गरिनु।
6767 खाँची ना. गोबर वा ढिस्काको माटो फ्याँक्न नर्कट आदि जेलेर बनाइएको, मुख फुकेको ठुलो टोकरी।
6768 खाँचीकोट ना. लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैंको त्रयोदशीका दिन ठुलो मेला लाग्ने प्रसिद्ध ऐतिहासिक स्थल।
6769 खाँचो ना. १. कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा।
6770 खाँचो ना. २. आवश्यकता; चासो; जरुर।
6771 खाँज ना. १. लुगा कपडाको दोब्रिएको वा चुनेको भाग; भाँजा; मुजा।
6772 खाँज ना. २. कुनै वस्तु खाँदेका माझमा खाली रहेको ठाउँ।
6773 खाँटी वि. खासा; शुद्ध; निक्खर; झर्रो।
6774 खाँड ना. संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी।
6775 खाँडसारी ना. सफा नगरिएको खैरो रङको चिनी।
6776 खाँडी ना. घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा; एक प्रकारको खादी वा खद्दर।
6777 खाँडो ना. १. खड्ग; तरबार।
6778 खाँडो ना. २. विवाहमण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा; विरुदावली।
6779 खाँडो ना. ३. भाग्य।
6780 खाँडो जगाउनु टु. १ विवाहमण्डपमा दुलाहा दुलहीका सामुन्ने खडा भई जान्ने मान्छेले खाँडो भन्नु।
6781 खाँडो जगाउनु टु. २. बढाई चढाई प्रशंसा वा गुणगान गर्नु।
6782 खाँद्नु स.क्रि. १. कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु, अटाएसम्म कोच्नु।
6783 खाँद्नु स.क्रि. २. थिच्नु; दबाउनु।
6784 खाँद्नु स.क्रि. ३. लात्तीले बेस्करी हान्नु, गोदनु, पिट्नु।
6785 खाँद ना. कुनु; खुँज; खाँच।
6786 खाँद ना. १. खेतवारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो।
6787 खाँद ना. २. बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो परेको जमिन।
6788 खाँदखँद ना. कुनै वस्तुलाई हात, खुट्टा वा अन्य कुनै साधनले खाँद्ने र खुुँद्ने काम।
6789 खाँदाखाँद ना. १. परस्परमा खाँद्ने काम; कोचाकोच।
6790 खाँदाखाँद ना. २. ठेलमठेल।
6791 खाँदिनु क.क्रि. १. ठेलमठेल भएर बस्नु, कोच्चिनु; थिचिनु।
6792 खाँदिनु क.क्रि. २. गोदिनु; पिटिनु।
6793 खाँदोपिँदो वि. इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको, हुँदाखाँदो; धनी।
6794 खाँबे वि. १. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
6795 खाँबे वि. ना. २. र अक्षर |
6796 खाँबो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
6797 खाँभे वि. १. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
6798 खाँभे वि. ना. २. र अक्षर |
6799 खाँभो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
6800 खाँस ना. झ्यालढोका दुवैतिर खापा लाउन हुने गरी चौकोसमा खाँद काटिएको भाग; खाँच।