Dictionary

All Word

3801 कुटमिरो ना. बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष।
3802 कुटसिमल ना. अर्को रुखको आड लिएर झाँगिने र गाईवस्तुका निमित्त पोसिलो घाँस हुने एक लहरो।
3803 कुटाइ ना. कुट्ने क्रिया वा प्रक्रिया।
3804 कुटाइनु क.क्रि. कुट्न लाइनु।
3805 कुटाइपिंधाइ ना. कुट्ने र पिँध्ने काम; कुटनपिँधन।
3806 कुटाइपिटाइ ना. हे. कुटपिट |
3807 कुटाइम ना. कुसमय; कुबेला; बेमौका।
3808 कुटाउनी ना. धान आदि कुटाएबापत कुट्नेलाई दिइने मजुरी वा भाग; कुटानी।
3809 कुटाउनु क.क्रि. कुट्न लाउनु, पिटाउनु।
3810 कुटाकुट ना. परस्परमा कुट्ने काम; पिटापिट हानाहान, कुटामारी।
3811 कुटानी ना. हे. कुटाउनी।
3812 कुटामारी ना. कुट्ने र ठोक्ने काम; कुटाकुट, पिटापिट |
3813 कुटि ना. गाईवस्तुलाई खुवाउनका लागि काटेर छोटो छोटो पारिएको घाँस, पराल आदि; छाँटी।
3814 कुटिनु क.क्रि. कुट्ने काम गरिनु, पिटिनु।
3815 कुटिल वि. १. टेढो बाङ्गो; बाउँठो।
3816 कुटिल वि. २. जालझेल गर्ने; कपट छल।
3817 कुटिलता ना. १. स्वभावले कुटिल बन्ने भाव वा अवस्था।
3818 कुटिलता ना. २. बाङ्गोपन; वक्रता।
3819 कुटिला लिपि ना. गुप्त लिपिपछिको तथा नवौँ र दसौं शताब्दीमा चलेको लिपि।
3820 कुटी ना. १. एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर, झुपडी छाप्रो ; झुप्रो।
3821 कुटी ना. २. ऋषिमुनिहरू बस्ने घर।
3822 कुटी ना. गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस, पराल (मदेस)।
3823 कुटीघा ना. १. भएभरको श्रीसम्पत्ति, सर्वस्व; लट्टिपट्टी |
3824 कुटीघा ना. २. कुटपिटबाट भएको घाउ |
3825 कुटीमाम ना. चामलको भात (बालबोलीमा)।
3826 कुटीर ना. कुटी, कुटिया |
3827 कुटीर उद्योग ना. घरमै चलाउन सकिने सानातिना उद्योगधन्दा, घरेलु उद्योग वा इलम।
3828 कुटीर शिल्प ना. घरैमा गर्न सकिने सिप वा इलम, कुटीर उद्योग।
3829 कुटु ना. फापरको बोट वा अन्न।
3830 कुटुकुटु ना. १. अन्नका कडा दाना एक एक गरी दाँतले टोक्ने वा फोर्ने काम, त्यसरी टोक्दा वा फोर्दा आउने आवाज।
3831 कुटुकुटु ना. क्रि.वि. २. कुटुकुटु आवाज निस्कने गरी।
3832 कुटुक्क क्रि.वि. १. एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो- काफलगेडी कुटुक्क )।
3833 कुटुक्क क्रि.वि. २. पेट चस्स घोच्ने चालले।
3834 कुटुनी ना. १. केटीहरू फकाई परपुरुषसँग फसाउने र पैसा कमाउने आइमाई, कामुक पुरुषका लागि वेश्या उपलब्ध गराइदिने नारी; कुटिनी।
3835 कुटुनी ना. २. चुक्ली लगाएर दुई पक्षका बिचमा झगडा गराइदिने स्त्री।
3836 कुटुनी ना. १. दाम्लाको गाँठो; गलमगाँठो।
3837 कुटुनी ना. २. हात्ती बाँध्ने डोरी; अग्रन।
3838 कुटुनी ना. ३. माटाभित्र मात्र बस्ने एक किरो।
3839 कुटुम्ब ना. १. एकाघरका जहान, घरपरिवार।
3840 कुटुम्ब ना. २. दाजुभाइ र छोराछोरीतर्फका सन्तान।
3841 कुटुम्ब ना. ३ . बन्धुवर्ग; नातागोता।
3842 कुटुम्बतन्त्र वि. कुटुम्बको हैकम भएको व्यवस्था; जहानियाँ चाल।
3843 कुटुम्बिनी ना. १. धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री।
3844 कुटुम्बिनी ना. २. रातो रातो रङको डाँठ हुने एक जातको दुधे झार |
3845 कुटुम्बिनी ना. वि. ३. जहानियाँ (स्त्री)।
3846 कुटुम्बी वि. गृहस्थी ; जहान परिवार र नातागोता भएको।
3847 कुटुम्बेरी ना. १. कुटुम्बको वा कुटुम्बको जस्तो सम्बन्ध।
3848 कुटुम्बेरी ना. वि. २. नातागोताभित्रको साइनु पर्ने, सम्बन्धी।
3849 कुटुरो ना. सानोतिनो गठरो; सानो पोको; पन्तरो।
3850 कुटुलीकोसा ना. खेतबारीका डिल डिलमा उम्रने, आँकुरो झारमा फल्ने र किकौंले गेडा र केराउका जस्ता कोसा हुने सानो कोसा।