Dictionary

All Word

3851 कुटुवा वि. १. ढिकी, ओखल आदिमा कुटिएको; कुटेर बनाइएको।
3852 कुटुवा वि. २. कुट्ने स्वभावको; कुटाहार।
3853 कुटे वि. कुटोजस्तो, कुटाको।
3854 कुटो ना. फूलबारी, करेसाबारी आदिमा गोडमेल गर्दा प्रयोग गरिने कोदालाका आकारको हलुका सानो फलामे हतियार।
3855 कुटो कोदालो ना. १. कुटो र कोदालो खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन।
3856 कुटो कोदालो ना. २. खेतीपातीको काम, कृषिकर्म।
3857 कुट्का ना. कुनै ठोस वस्तु काटेर पारिएका साना टुक्रा, कुड्का।
3858 कुट्काकुट्की ना. सानाठुला कुट्काहरूको समूह, टुक्राटाक्री।
3859 कुट्किनु अ.क्रि. कुट्का पर्नु, टुक्रिनु, कुड्किनु।
3860 कुट्को ना. कुड्को, कुट्का।
3861 कुट्क्याइ ना. कुट्किने काम वा प्रक्रिया |
3862 कुट्क्याइनु क.क्रि. कुट्किने पारिनु।
3863 कुट्क्याउनु कुट्का पार्न, टुक्याउनु।
3864 कुट्टन ना. अन्न आदि कुट्ने काम, कुटाइ |
3865 कुट्टमित ना. प्रेमीसँग संयोग हुँदा नायिका वा स्त्रीले प्रकट गर्ने देखावटी दुःखचेष्टा।
3866 कुटुमरो ना. गाईवस्तुलाई खुवाउने डाले घाँस।
3867 कुठाउँ ना. १. अनुचित स्थान; खराब ठाउँ वा अवसर।
3868 कुठाउँ ना. २. शरीरको कोमल तथा सुकुमार अङ्ग; मर्मस्थल।
3869 कुठार ना. फर्सा बन्चरो।
3870 कुठारपाणि वि. १. हातमा बन्चरो लिने, कुठारधारी।
3871 कुठारपाणि वि. ना. २. परशुराम।
3872 कुठाराघात ना. १. बन्चरोको हनाइ वा चोट पूरै खतम गर्ने खालको प्रहार।
3873 कुठाराघात ना. २. कुनै व्यक्तिको कामकुरामा हानि पुऱ्याउने लाक्षणिक शब्द; हानि-नोक्सानी; बाधा अड्काउ।
3874 कुड ना. हलोको फाली अड्याउने ठाउँ।
3875 कुडव ना. १. दुई माना अन्नको नापो।
3876 कुडव ना. २. दुई माना नापो भएको भाँडो; कुरुवा।
3877 कुड्का ना. टुक्रा, कुट्का।
3878 कुड्काकुड्की ना. कुट्काकुट्की, टुक्राटाक्री।
3879 कुड्किनु अ.क्रि. कुनै चिज कुड्का पर्नु, टुक्रिनु, गिडिनु, कुट्किनु।
3880 कुड्को वि. कुनै ठोस वस्तुलाई काटेर वा फोरेर पारिएको टुक्रो; कुट्को।
3881 कुड्ङ्क्याइ ना. १. कुड्किने भाव वा क्रिया- प्रक्रिया।
3882 कुड्ङ्क्याइ ना. [कुड्क्याउ+आइ] २. कुड्क्याउने काम वा प्रक्रिया |
3883 कुङ्क्याइनु क.क्रि. कुड्क्याउने काम गरिनु, टुक्र्याइनु।
3884 कुड्क्याउनु प्रे.क्रि. कुड्का पार्नु।
3885 कुड्मल ना. १. कोपिलो; कली।
3886 कुड्मल ना. २. फूल।
3887 कुणिया ना. गाउँघरमा तिरो तिर्नका निम्ति जम्मा हुने घर।
3888 कुण्ठ वि. १. जुम्सो; सुस्त, मन्द, कमजोर, अल्छी।
3889 कुण्ठ वि. २. धारिलो नभएको, भुत्ते।
3890 कुण्ठा ना. १. कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना।
3891 कुण्ठा ना. २. प्रगतिका कार्यमा बाधा पुऱ्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव।
3892 कुण्ठा ना. ३. बाधा- अड्काउ; अवरोध।
3893 कुण्ठाग्रस्त वि. लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नफुरेको; कुण्ठाले युक्त, कुण्ठि।
3894 कुण्ठित वि. १. हे. कुण्ठाग्रस्।
3895 कुण्ठित वि. २. धार दोब्रिएको, भुत्ते (हतियार)।
3896 कुण्ठित वि. ३. मन्दबुद्धि भएको।
3897 कुण्ठित वि. ४. बिचैमा रोकिएको; अवरुद्ध ( विचार, भावना आदि )।
3898 कुण्ड ना. १. सानो जलाशय, पोखरी, कुवा, इनार।
3899 कुण्ड ना. २. कमण्डलु भिक्षापात्र।
3900 कुण्ड ना. ३. होम गर्ने वेदी वा खाल्डो।