Dictionary

All Word

3901 कुण्ड ना. ४. लोग्ने छँदाछँदै अर्कै लोग्नेमानिससँगको सम्बन्धबाट जन्मेको सन्तान; जारपुत्र।
3902 कुण्ड ना. ५. बटुको।
3903 कुण्ड ना. ६. उत्खनन गर्दा हुन गएको खाडल |
3904 कुण्ड ना. ७. बाइसी चौबिसी काल र त्यसभन्दा पहिलेको समयका बत्तिस करमध्येको एक कर वा छत्तिस रकममध्येको एक रकम।
3905 कुण्डल ना. १. कानको लोतीमा झुन्डिने गरी लगाइने एक प्रकारको मण्डलाकार गहना, मुन्द्रो।
3906 कुण्डल ना. २. गोरखपन्थीका साधुहरूले कानमा लगाउने स्फटिक, सिङ, काठ आदिको मुन्द्रो।
3907 कुण्डल ना. ३. चन्द्रमा वा सूर्यको चारैतिर देखिने बादलको गोलो घेरा।
3908 कुण्डलिनी ना. १. मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी।
3909 कुण्डलिनी ना. २. षट्चक्रको अभ्यासमा सर्वप्रथम कल्पना गरिएको सर्प।
3910 कुण्डली ना. १. मानिसको जन्मकालमा भएका ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र, जन्मकुण्डली।
3911 कुण्डली ना. २. सर्प।
3912 कुण्डली ना. ३. कुण्डलिनी।
3913 कुण्डली ना. वि. ४. कुण्डल (गहना) लगाएको।
3914 कुण्डली ना. ५. कुण्डलाकार वा बाटुलो भएर बसेको; वर्तुल।
3915 कुण्डी ना. १. सानो कुण्ड।
3916 कुण्डी ना. २. टुटीधाराको पानी राख्ने ढुङ्गे भाँडो।
3917 कुण्या ना. १. कलश राख्ने तामा वा पित्तलको ठुलो थाल; काप्री |
3918 कुण्या ना. २. पिठो मुछ्ने भाँडो।
3919 कुत ना. कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न बालीको ठेक्का, मोहबाट तल्सिङले पाउने अन्नबाली, तिरो।
3920 कुततिरो ना. कुत र तिरो।
3921 कुतकुती ना. १. पैताला, पेट, काखी, घाँटी आदिमा हुँदा लाग्ने सगसगी; काउकुती।
3922 कुतकुती ना. २. कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा।
3923 कुतकुत्याइ ना. कुतकुत्याउने काम वा प्रक्रिया।
3924 कुतकुत्याइनु क.क्रि. कुतकुती लाइनु।
3925 कुतकुत्याउनु स. क्रि. १. कुतकुती लगाउनु, काउकुती लाउनु।
3926 कुतकुत्याउनु स. क्रि. २. आपद्मा पार्न खोज्नु।
3927 कुतकुत्याउनु स. क्रि. ३. उत्तेजित पार्नु।
3928 कुतत्त्व ना. १. खराब वा हानिकारक तत्त्व; फाइदा नगर्ने वस्तु।
3929 कुतर्क ना. अनुचित वा असङ्गत तर्क; वितण्डा।
3930 कुतर्की वि. कुतर्क गर्ने; वितण्डावादी; नचाहिँदो तर्क गर्ने।
3931 कुती ना. नेपाल तिब्बतको सिमानानजिक रहेको एक ऐतिहासिक स्थल।
3932 कुती ना. (लासा जाने कुतीको बाटो - उखान)।
3933 कुती ना. कुकुर; कुत्ता (बालबोलीमा)।
3934 कुतुक ना. १. आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो।
3935 कुतुक ना. २. आश्चर्य, अचम्म।
3936 कुतुक ना. ३. मन बहलाउने हाँसखेल; दिल्लगी।
3937 कुतुक ना. ४. इच्छा; चाहना।
3938 कुतूहल ना. १. कुनै नयाँ र विलक्षण वस्तु वा रहस्यमय कामकुरो जान्न वा सिक्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा।
3939 कुतूहल ना. २. आश्चर्य।
3940 कुतूहल ना. ३. खेलबाड ; क्रीडा।
3941 कुत्ता ना. १. हे कुकुर।
3942 कुत्ता ना. २. दुष्ट, लुच्चो वा लोभी व्यक्तिलाई बुझाउने लाक्षणिक शब्द।
3943 कुत्ता ना. ३. घडी आदिको कुनै एक पुर्जा।
3944 कुत्तेबन्सो ना. ज्वानुका जस्ता गेडा हुने र टुप्पामा कोसाजस्तो देखिने लामो खालको बन्सो।
3945 कुत्सा ना. निन्दा; भर्त्सना; घृणा।
3946 कुत्सित वि. निन्दित; घृणि।
3947 कुथ ना. हौदामाथि बिछ्याइने कार्योप भरिएको मूल्यवान् कपडा, हात्तीको झल्लर।
3948 कुथुङ्ग्रिनु अ.क्रि. कोचिएर सुत्नु, साँघुरो ठाउँमा लेट्नु वा अटाउनु।
3949 कुथुङ्ग्री ना. तत्काल आवश्यकता पूर्तिका निम्ति कथिएको सानो कथा; कथा।
3950 कुथुङ्ग्रे वि. कुथुङ्ग्री कहने वा कथ्ने (व्यक्ति)।