Dictionary

All Word

3951 कुथुर्किनु अ.क्रि. सानो ठाउँमा अटाउनु, कुथुङ्ग्रिनु।
3952 कुथुर्के ना. १. तरकारी खाइने, सानो खालको एक जातको निहुरो।
3953 कुथुर्के ना. २. रुखमा प्वाल पारेर गुँड बनाउने एक थरी सानो चरो।
3954 कुथेर ना. राजस्व उठाउने र भूमिसम्बन्धी काम गर्ने लिच्छविकालीन अड्डा, अदाल।
3955 कुथेर अधिकरण ना. लिच्छविकालमा राजाका तर्फबाट कर उठतीपुठती गर्ने शाखा अड्डा।
3956 कुथेर वृत्ताधिकृत ना. कुथेर अधिकरणका तालुकदार वा हाकिम।
3957 कुद्नु अ.क्रि. १. कुनै एक छेउबाट छिटो छिटो हिँडेर अर्को छेउ पुग्नु, वेगसित जानु, दौडनु।
3958 कुद्नु अ.क्रि. २. सुइँकिनु, भाग्नु।
3959 कुदरत ना. हे. कुद्र।
3960 कुदरती वि. कुद्री |
3961 कुदर्शन ना. १. नराम्रो वा असुन्दर रूप; कुरूप; भद्दा।
3962 कुदर्शन ना. २. अशुभसूचक दृश्य।
3963 कुदाइ ना. कुद्ने भाव, क्रिया वा प्रक्रिया |
3964 कुदाइनु क.क्रि. कुदाउने काम गरिनु, दौडाइनु।
3965 कुदाउनु प्रे. क्रि. कुद्न लाउनु, दौडाउनु।
3966 कुदाकुद ना. कुद्ने र दौडने काम; दौडादौडी; दगुरादगुर।
3967 कुदान ना. १. अशुभ कार्य वा अशुभ अवसरमा दिइने दान |
3968 कुदान ना. २. कुपात्रमा परेको दान।
3969 कुदान ना. ३. तौलिहवाको एक प्रख्यात देवस्थल।
3970 कुदिनु अ.क्रि. दौडिनु, दगुरिनु।
3971 कुदिकुदाइ ना. कुद्नेवर्ने काम, कुदाकुद |
3972 कुदिनु ना. १. स्थितिविपरीत भएको दिन, अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन।
3973 कुदिनु ना. २. झरी, बादल धेरै लागेको दिन; दुर्दिन।
3974 कुदृष्टि ना. अधिकारविना वा नराम्रो उद्देश्यले कसैमाथि आँखा लगाउने काम; खराब चालको हेराइ, अनुचित दृष्टि |
3975 कुद्रत ना. १. शक्ति, सामर्थ्य।
3976 कुद्रत ना. २. सिप, कारिगरी।
3977 कुद्रत ना. ३. प्रकृति; माया।
3978 कुद्रती वि. १. उद्योगी; उद्यमी; क्रियाशील।
3979 कुद्रती वि. २. आँटी।
3980 कुन सर्व धेरैमध्ये कुनै एकलाई किट्नुपर्दा प्रयोग गरिने प्रश्नवाचक सर्वनाम; को; के।
3981 कुन२ ना. जौका बोटको तिखो टुप्पो, टुँडो।
3982 कुनखी वि. नराम्रो वा कोप्रो परेको नङ भएको।
3983 कुननाल ना. पश्चिम नेपालको भेरी अञ्चलअन्तर्गत जाजरकोट जिल्लामा पर्ने एक ताल।
3984 कुना ना. १. हे. कुनु।
3985 कुना ना. २. सुत्केरी कोठा।
3986 कुनाकानी ना. कुनाकाप्चा; अन्तरकुन्तर।
3987 कुनाकाप्चा/काप्ची ना. कुनाकानी।
3988 कुना पस्नु टु. १. सुत्केरी हुनु।
3989 कुना पस्नु टु. २. पहिलोपल्ट रजस्वला हुँदा घरभित्र छिपेर बस्नु।
3990 कुनाम ना. अपजस; बदनामी।
3991 कुनिउँ ना. पराल, मकै आदि थुपारेर बनाइएको चाङ, टौवा (परालको); सुली ( मकैको); खलियो।
3992 कुनीति ना. खराब नीति वा अभिप्राय, नीच उद्देश्य |
3993 कुनु ना. १. कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ, कुना, विप. छेउ।
3994 कुनु ना. २. सुत्केरी बस्ने कोठो।
3995 कुनेटो ना. १. डाँडाका फेदीको खोल्सो वा गहिरो ठाउँदेखि अग्लिँदै डाँडामाथिसम्म पुगेको ठाउँ, डाँडाको एकातिरको पाटो नाघेर अर्कापट्टि लाग्ने ठाउँ, कुहुनेटो।
3996 कुनेटो ना. २. पानी आदि बग्दै जाँदा घुमेका ठाउँमा ठोक्किएर नदीले बाटो फेर्ने ठाउँ।
3997 कुएँत्रो ना. लुगाका कुनामा कुनै धारिलो वा घोच्ने वस्तुले तान्दा पर्ने सानोतिनो प्वाल अथवा चिरा।
3998 कुनै सर्व अनिश्चय जनाउने शब्द, कोही।
3999 कुनौरो ना. मास, बोडी, भटमास आदिका गेडा चुटेर छुट्ट्याएको कोसा, पात आदिको समूह, कुनाउरो।
4000 कुन्जा ना. १. धोबीले कपडा सम्म्याउन र पालिस चम्काउन कपडामा ठोक्ने गोलाकार काठको ठुलो मुङ्ग्रो।