Dictionary

All Word

4001 कुन्जा ना. २. एक किसिमको मुङ्ग्रो, सानो घन।
4002 कुन्जा ना. ३. काँधमा अड्याइने बन्दुकको फराकिलो काठको भाग; कुन्दा।
4003 कुन्जा ना. माटाको गोलो डल्लो पालामा जमाइएको मिस्रीको डल्लो, मिस्रीको चक्का |
4004 कुन्जी ना. १. ताल्चा खोल्ने र बन्द गर्ने वस्तु साँचो।
4005 कुन्जी ना. २. गाँठी कुरो।
4006 कुन्जी ना. ३. कुनै पाठ्यपुस्तकको टीका लेखिएको सहायक पुस्तक।
4007 कुन्त ना. १. प्वाँख लगाइएको बाण, भाला; बर्छा।
4008 कुन्त ना. २. साना जन्तु किरा।
4009 कुन्तल ना. १. केशपाश, चुल्ठो; वेणी।
4010 कुन्तल ना. २. पानी खाने लोहोटा, आम्खोरा आदि भाँडो।
4011 कुन्तल ना. ३. चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिण-पश्चिम भाग)।
4012 कुन्तवाही ना. देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीका अवसरमा अघिपछि भाला लिएर हिँड्ने अनुचर; रिसल्ला।
4013 कुन्ती ना. महाभारतका प्रसिद्ध राजा पाण्डुकी रानी तथा शूर नामक यादवकी पुत्री; युधिष्ठिर, भीम र अर्जुनकी आमा, कृष्णकी फुपू पृथा।
4014 कुन्द ना. चमेलीका छाँटको सेतो फूल फुल्ने बोट |
4015 कुन्दपुष्प ना. सेतो, नरम र सुगन्धित हुने कुन्दको फूल।
4016 कुन्दा ना. १. बन्दुकको फेदमा रहने काठको फराकिलो अवयव।
4017 कुन्दा ना. २. धोबीले कपडा सम्म्याउन र पालिस चढाउनलाई कपडामा ठोक्ने काठको ठुलो मुङ्ग्रो।
4018 कुन्दी ना. कपडामा मुङ्ग्राले ठोकी सम्म्याउने काम।
4019 कुन्नि अव्य. कुनै विषयमा कसैले सोद्धा 'थाहा छैन' भन्ने भाव बुझाउने शब्द नकारात्मक प्रतिक्रिया जनाउने शब्द, कोनि।
4020 कुन्नि अव्य. (उदा.- तपाईंले के भन्नुभयो कुन्नि, मलाई थाहै छैन)।
4021 कुन्यू ना. हे. कुनिउँ।
4022 कुपक्षी / कुपङ्खी ना. कुखुरो।
4023 कुपथ, ना. स्वास्थ्यमा प्रतिकूल असर पार्ने खानेकुरो ; कुफत; अपथ्य |
4024 कुपथо ना. १. नजाती बाटो, कुमार्ग।
4025 कुपथо ना. २. खराब आचरण; नराम्रो बानीबेहोरा।
4026 कुपथ्य ना. हे. कुप।
4027 कुपन ना. दैनिक उपभोगका सरसामान कसैलाई निर्धारित परिमाणमा दिनू भनी लेखिएको प्रामाणिक पत्र वा पुर्जा।
4028 कुपन प्रणाली ना. त्यस्ता सरसामान लिन कुपनको अनिवार्यता हुने प्रणाली।
4029 कुपाठ ना. खराब आचरण; नराम्रो बानीबेहोरा ; कुल।
4030 कुपात्र ना. १. अयोग्य वा खराब व्यक्ति।
4031 कुपात्र ना. २. शास्त्रमा दान दिन निषेध गरिएको व्यक्ति।
4032 कुपात्र ना. ३. चुहिने भाँडो; बेठिकको भाँडो।
4033 कुपात्र ना. वि. ४. अयोग्य; नालायक।
4034 कुपित वि. १. रिसाएको; जङ्गिएको, क्रुद्ध।
4035 कुपित वि. २. खुसी नभएको; अप्रसन्न।
4036 कुपिल ना. भाँडाकुँडा आदिमा पर्ने वा देखिने साना प्वाल।
4037 कुपी ना. सलेदो हाली मट्टीतेलमा बालिने साधारण बत्ती, टुकी, ढिब्री।
4038 कुपुकुपु क्रि.वि. नरोकिने गरी; धमाधम (खाने चाल)।
4039 कुपुक्क क्रि.वि. एकैपल्ट खाने गरी (डल्लो पदार्थ 'मुखमा हाल्ने किसिम)।
4040 कुपुत्र ना. खराब वा दुष्ट छोरो; कपू।
4041 कुपोषण ना. शरीरका लागि अनुपयुक्त तथा हानिकारक खाद्यपदार्थ; पौष्टिक तत्त्व कम भएको खाद्य वस्तु।
4042 कुप्प क्रि.वि. सानोतिनो डल्लो खानेकुरो एकै खेप खाने वा निल्ने गरी।
4043 कुप्रनु स. क्रि. ढाड वा कमर अगाडि निहुरनु, कुप्रो हुनु; कुप्रिनु।
4044 कुप्रथा ना. सामाजिक व्यवहारलाई अहित गर्ने नराम्रो चलनचाँजो; खराब प्रथा; नराम्रो परम्परा; कुरीति।
4045 कुप्रबन्ध ना. राम्रोसँग नगरिएको इन्तजाम; नराम्रो बन्दोबस्त; खराब प्रबन्ध |
4046 कुप्रभाव ना. नराम्रो र अहित गर्ने असर वा प्रभाव, प्रतिकूल प्रभाव।
4047 कुप्रयास ना. नजाती अभिप्रायले गरिएको प्रयास; दुष्प्रयास; धृष्टता।
4048 कुप्रयोग ना. अनुचित प्रयोग; दुरुपयोग।
4049 कुप्राकुप्री ना. कुप्रो र कुप्रीको समूह, बुढाबुढी।
4050 कुप्रिनु स. क्रि. कुप्रो हुनु, कुनु।