Dictionary

All Word

4051 कुप्रे वि. कुप्रिएको; कुप्रो।
4052 कुप्रो वि. रोग, बुढ्याइँ वा शारीरिक विकारले कमर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे।
4053 कुप्याइँ ना. कुप्रो हुनाको भाव, क्रिया वा प्रक्रिया |
4054 कुप्याइनु क.क्रि. कुप्याउने काम गरिनु।
4055 कुप्याउनु प्रे.क्रि. कुप्रो पार्नु।
4056 कुप्लुक्क क्रि.वि. हे. कुपुक्क।
4057 कुफत ना. स्वास्थ्यलाई हानि गर्ने चिजबिजको खानपान; कुपथ, कुपथ्य |
4058 कुफल ना. कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा।
4059 कुफ्री ना. आलुको एक जात जनाउने शब्द।
4060 कुफ्री चन्द्रमुखी ना. एक जातको आलुको नाम।
4061 कुफ्री ज्योति ना. आलुको एक जा।
4062 कुफ्री सिन्दुरी ना. खास गरी तराई खण्डमा हुने एक जातको आलु।
4063 कुबाटो ना. १. खराब बाटो; कुपथ; कुमार्ग।
4064 कुबाटो ना. २. नराम्रो बानी; कुल।
4065 कुबानी ना. नराम्रो वा खराब चालचलन; कुलत; नराम्रो आद।
4066 कुबुद्धि ना. १. खराब वा हानिकारक बुद्धि, मूर्खता; दुर्बुद्धि।
4067 कुबुद्धि ना. वि. २. खराब बुद्धि भएको; मूर्ख।
4068 कुबेर ना. १. धनसम्पत्तिका अधिष्ठाता देवता; उत्तर दिशाका स्वामी; यक्ष र किन्नरहरूका राजा तथा रुद्रका मित्र |
4069 कुबेर ना. वि. २. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवाल।
4070 कुबेरको ढुकुटी ना. जति झिके वा खर्च गरे पनि नसिद्धिने धनको भँडार, जे माल खोजे पनि पाइने ठाउँ वा घर।
4071 कुबेला ना. १. खराब बेला वा समय; घटिया मौका |
4072 कुबेला ना. २. भड़किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर।
4073 कुब्ज वि. १. कुँजो, कुप्रो।
4074 कुब्ज वि. ना. २. कुप्रिएको तरबार।
4075 कुब्जा वि. १. कुँजी वा कुप्री (आइमाई )।
4076 कुब्जा वि. ना. २. शरीरमा तीन ठाउँ विकृति भएकी कंसकी एक सेविका।
4077 कुब्जा ना. १. आठ वर्षकी अविवाहिता कन्या।
4078 कुब्जा ना. २. योगिनी।
4079 कुभलो ना. अहित, अनिष्ट, हानि; खराबी।
4080 कुभाव ना. नराम्रो वा खराब भाव; दुर्भाव।
4081 कुभिन्डो ना. काँक्रो, फर्सी आदिका जस्तै लहरा लागी सेता वा पहेँला फूल फुल्ने, फल पाकेपछि सेता सेता भुवा हुने र अचार, तरकारी, मुरब्बा आदि बनाएर खाइने एक फल, कुष्माण्ड, काशीफल |
4082 कुम ना. काखीमाथिको हातको पातो र काँधको जोर्नीको भाग; काँधको छेउ र आङको शिर जोरिएको भाग।
4083 कुमकाटे वि. आधा बाहुला काटिएको (चोलो, भोटो इ.)।
4084 कुमको बलो ना. घरकटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो |
4085 कुमगारो ना. धुरीभन्दा केही होचो हुने, पाखी छानो भएका घरकटेराको दुवैतिरको गारो।
4086 कुमठेलो ना. १. दुईपाखे घरको छानामुनि बलो अड्याइने काठ वा टेको।
4087 कुमठेलो ना. २. कुलो खनाउने नाइकेको वारिस |
4088 कुम ठोक्नु टु. प्रतिस्पर्धा गर्नु, सेखासेख गर्नु।
4089 कुम ठोक्नु टु. (उदा.- तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस् ?)।
4090 कुमति ना. १. खराब बुद्धि, दुर्बुद्धि।
4091 कुमति ना. वि. २. बुद्धि बिग्रेको; दुर्मति।
4092 कुमन्त्र ना. १. खराब उपदेश वा अनुचित सल्लाह।
4093 कुमन्त्र ना. २. अरूलाई अहित हुने मन्त्र वा मन्त्रणा।
4094 कुमाईं ना. कुमाउँ प्रदेशका बासिन्दा पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति, पुर्बिया र कुमाइँमध्ये एक।
4095 कुमाउनी ना. भारतको कुमाउँ प्रदेशमा बोलिने एक पहाडी भाषा वा त्यस प्रदेशमा रहने मानिस।
4096 कुमान्छे ना. १. घरज्वाइँ।
4097 कुमान्छे ना. वि. २. खराब (मान्छे)।
4098 कुमार ना. १. पाँच वर्षसम्मको सानो बालक।
4099 कुमार ना. २. विवाह नभएको केटो अविवाहित व्यक्ति।
4100 कुमार ना. ३. छोरो।