Dictionary

All Word

4951 कैली वि. कैला रौं वा कैलो वर्ण भएकी (गाई, स्त्री आदि) ।
4952 कैले क्रि. यो. हे. कहिले ।
4953 कैलो वि. १. खैरो वा सुनौला रङको ।
4954 कैलो वि. ना. २. त्यस्तै रङ।
4955 कैलो भटमास ना. कैला गेडा हुने भटमासको एक जाति ।
4956 कैलो सिमी ना. कैला गेडा हुने सिमीको एक जात ।
4957 कैलो सिसौ ना. कैलो चुरो हुने एक जातको सिसौ ।
4958 कैवर्त ना. माझी मल्लाह ।
4959 कैवल्य ना. १. एकत्व, एकान्तता ।
4960 कैवल्य ना. २. मुक्ति, मोक्ष ।
4961 कैवल्य ना. ३. मिश्रित नहुने काम शुद्धता ।
4962 कैशिक वि. १. रौं भएको वा केशयुक्त ।
4963 कैशिक वि. २. रौंजस्तो मसिनु वा झिनो ।
4964 कैशिकी वृत्ति ना. सुकोमल तथा सुकुमार अर्थ र सन्दर्भ भएको एवं चित्तलाई द्रवित पार्ने मधुरतायुक्त रचनाशैली, काव्यवृत्तिका तीन वृत्तिमध्ये एक ।
4965 कैशोर ना. एघारदेखि पन्ध्र वर्षसम्मको अवस्था किशोर अवस्था वा उमेर ।
4966 को सर्व. १. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द, कुन कुनचाहिँ ।
4967 को सर्व. प्रत्य. २. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ.) ।
4968 को विभ. नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय |
4969 कोंचाखीं ना. १. बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग एकमुखे बाजा ।
4970 कोंचाखीं ना. (नाट्येश्वरलाई मन पर्ने भनिएको यो बाजा धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाउने गरिन्छ ) ।
4971 कोंचाखीं ना. २. पञ्चताल वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल ।
4972 कोइरालो, ना. एकै भेट्नामा दुई टुप्पा भएका पात हुने, रातो वा सेतो फूल फुल्ने र लामा लामा कोसा फल्ने एक बोट वा तरकारी, अचार आदि बनाएर खाइने त्यसैको फूल ।
4973 कोइरालो, ना. १. रातो रातो खैरो रङ्गको, बिरालाका जातको सानो जङ्गली जन्तु ।
4974 कोइरालो, ना. २. बिरालालाई खाने एक जातको ठुलो चरो ।
4975 कोइरी ना. तराईतिर तरकारीको खेती गर्ने र बेच्ने काम गर्ने एक जाति ।
4976 कोइला ना. १. खैरो वा कालो रङको बल्ने खनिजपदार्थ; पत्थरकोइला ।
4977 कोइला ना. २. अँगार, गोल ।
4978 कोइला पानी ना. इन्जिन चलाउनका निम्ति रेल, जहाज आदिमा दिइने कोइला र पानी |
4979 कोइली ना. १. काग जस्तै तर चिल्लो कालो रङको, पुच्छर अलि लामो हुने, वसन्त ऋतुमा झ्याम्म परेको रुखको हाँगामा बसेर सुरिलो स्वरले 'कुहू कुहू' वा 'को हो ? को हो ?' भन्दै कराउने प्रसिद्ध चरो ।
4980 कोइली ना. २. कोइलीको जस्तै स्वर भएकी प्रेमिकालाई प्रेमीले बोलाउँदा भन्ने शब्द मायालु ।
4981 कोइली ना. ३. विरहिणी (प. ने.) ।
4982 कोइलो ना. मही पार्ने मधानीमा बेर्ने डोरीका टुप्पामा लगाइने काठको हत्ता, नेतीको टुप्पामा लगाइने मसिनु काठको टुक्रो ।
4983 कोइल्याँटो ना. १. देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो, धुपौरो ।
4984 कोइल्याँटो ना. २. कोइला सल्काउने भाँडो ।
4985 कोक ना. १. पानीमा रहने हाँसजस्तो कालो पक्षी, चक्रवाक, चखेवा ।
4986 कोक ना. २. कोइली ।
4987 कोक ना. ३. कामशास्त्रका रचयिता एक आचार्य ।
4988 कोक: ना. बोतलबन्द पेय, कोकाकोलाको छोटकरी रूप ।
4989 कोक: ना. हे. कोकाकोला |
4990 कोकरी ना. बालबोलीमा कोक्रो, सानो कोक्रो ।
4991 कोकले ना. सुगा र सुगा जस्तै रङको टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रुखमा टोड्को पारेर बस्ने र कुकुल- कुकुल' गरी कराउने चरो ।
4992 कोकशास्त्र ना. कोक नामक आचार्यद्वारा प्रणीत रतिविज्ञान वा कामकलासम्बन्धी ग्रन्थ; कामशास्त्र; रतिशास्त्र |
4993 कोका ना. दक्षिणबाट उत्तरतिर बगेर बराहक्षेत्रमा कोसीसँग मिल्ने सानो खोलो।
4994 कोका ना. तानमा धागाको टुंकी घुसारी दायाँबायाँ दुवैतिर वारपार छिराएर कपडा बुन्ने काठ; तानको बनौटो |
4995 कोका ना. पातहरू टिपी सुकाएर चिया जस्तै सेवन गरिने, दक्षिण अमेरिकामा पाइने एक जातको रुख वा त्यसै रुखको संस्कार गरिएको पात ।
4996 कोका कोला ना. फलफूलको रस र सोडासमेत मिसाई रासायनिक प्रक्रियाद्वारा प्रशोधित गरेर बोतलमा भरिएको पेय पदार्थ ।
4997 कोकिंचा मुहाली ना. साह्रै तिखो स्वर हुने, मुहाली -परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा ।
4998 कोकिल ना. कोइली ।
4999 कोकिला ना. कोइलीको पोथी पोथी कोइली ।
5000 कोकिस ना. लाम्चा र बागा आकारका पारेर बनाइने केक रोटीको एक प्रकार |