Dictionary

All Word

5101 कोठाकोठी ना. २. बाकस, भाँडा आदिका ससाना धेरै खण्ड |
5102 कोठामचे/ कोठामोचे ना. [नेवा. कोठामचा ] कोठाको कामधन्दा गर्ने मान्छे, कोठे नोकर |
5103 कोठार ना. १. अन्नपात राख्ने ठुलो ढुकुटी, धनसार ।
5104 कोठार ना. २. सिएका लुगाको आङपट्टि पर्ने भाग।
5105 कोठार ना. ३. पेटभित्रको भाग, गर्भाशय, पाठेघर।
5106 कोठार ना. ४. पेट, भुँडी ।
5107 कोठारिन ना. कोठारको खटनपटन गर्ने वा काम गर्ने आइमाई, कोठाको काम वा भित्रिया काम गर्ने स्वास्नीमान्छे ।
5108 कोठारी ना. जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी, कोठारको रक्षक वा धरालो ।
5109 कोठी, ना. जिउमा निस्कने कालो वा रातो नमेटिने मसिनु दाग वा थोप्लो तिल ।
5110 कोठी ना. १. ठुलठुलो लेनदेन वा व्यापारको कारोबार हुने घर, ठुलो पसल ।
5111 कोठी ना. २. रन्डीहरू बस्ने घर वा कोठा, वेश्यालय |
5112 कोठी ना. ३. चियाबगान, अलैंचीबगान आदिका व्यवस्थापकहरू रहने घर ।
5113 कोठी ना. ४. धनसार ।
5114 कोठीवाल वि. १. कोठी भएको, ठुलो व्यापार चलाउने ।
5115 कोठीवाल वि. ना. २. महाजन, सेठ ।
5116 कोठीवाल्नी ना. १. कोठीवालको स्त्रीलिङ्गी रूप; महाजन स्त्री ।
5117 कोठीवाल्नी ना. २. रन्डीहरूको व्यवस्था मिलाएर जीवनवृत्ति गर्ने आइमाई, रन्डीकी नाइकेन ।
5118 कोठे वि. १. कोठाजस्तो देखिने वा कोठैकोठा भएको (लुगाफाटाका बुट्टा आदि) ।
5119 कोठे वि. २. कोठैमा बस्ने, हुने, गरिने वा टुङ्गिने (काम, कुरा, गफ इ.) ।
5120 कोठे वि. ३. कोठाको।
5121 कोठे गफ ना. कोठामै मात्र गरिने र खास महत्त्व नभएको गफ वा कुरा ।
5122 कोठे तुक्का ना. कुरौटे मान्छेले सहज रूपमा गर्ने कुरा, कोठामा बसेर कुरा गर्दा झिकिने साधारण हँस्यौली वा रमाइलो भएका टुक्का ।
5123 कोठे दङ्गा ना. घरभित्रै हुने खलबली वा बझौटी, कोठाभन्दा बाहिर ननिस्कने सामान्य होहल्ला ।
5124 कोठे पण्डित ना. भित्र मित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति, मुखको मात्र परिपाठ गर्ने मानिस।
5125 कोठेपद ना. ठाडो तेर्सो कोठैकोठा भएको हारमा नपुग अक्षरहरू दुवैतिरबाट थपी मिलाई कोठा तयार पार्नेले सोचेअनुसारको अर्थ निक्लने गरी भर्ने अभ्यास वा उत्तर ।
5126 कोठेबाबु ना. घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस, घरसाँढा, पिंढीसाँढे ।
5127 कोठेबारी ना. घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी, करेसाबारी।
5128 कोठे मालिक ना. १. घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति कोठे बाबु ।
5129 कोठे मालिक ना. २. चुइयाँ, लोभी ।
5130 कोठे राजनीति ना. बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास - पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल।
5131 कोठे रानी ना. सिंगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई, कामकाजमा भन्दा सिंगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी स्त्री वा भित्रिनी स्वास्नी।
5132 कोठो ना. १. बिच बिचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठुलो खण्ड ।
5133 कोठो ना. २. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना, खण्ड |
5134 कोठो ना. ३. कागत, लुगा, भुइँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना ।
5135 कोठो ना. ४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो भकारी ।
5136 कोढ ना. हे. कोर ।
5137 कोण ना. १. दुई दिशाका बिचको दिशा, उपदिशा ।
5138 कोण ना. २. दुई दिशाबाट आएका सरल रेखाहरू जोडिने ठाउँ वा कुनु ।
5139 कोणधारी वि. सबैतिर फिँजिएको वा कोण परेको ।
5140 कोणधारी वन ना. त्यस्तै बाक्लो वन ।
5141 कोत ना. सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर मौलो पूजा गरिने ठाउँ, कोट ।
5142 कोत पर्व ना. नेपालको इतिहासप्रसिद्ध, वि. सं. १९०३ मा हनुमान् ढोका दरबारको कोतमा भएको जङ्गबहादुरद्वारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठुलो राजनीतिक घटना वा काण्ड |
5143 कोतर्नु स. क्रि. १. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्ट्याउनु, कोत्रनु ।
5144 कोतर्नु स. क्रि. २. चुच्चाले ठुग्नु, टुकटुक पार्नु ।
5145 कोतर्नु स. क्रि. ३. नङ्ग्रा आदिले चिथोर्नु, कोपर्नु ।
5146 कोरिनु क.क्रि. कोतर्ने काम गरिनु कोट्टिनु ।
5147 कोतऱ्याइ ना. कोतर्ने काम वा प्रक्रिया |
5148 कोतऱ्याउनु प्रे. क्रि. कोतर्न लाउनु ।
5149 कोतवाल ना. कुनै प्रमुख केन्द्र; किल्ला वा सीमामा स्थानीय शान्तिसुरक्षाका लागि राखिएको प्रहरी अधिकृत ।
5150 कोतवाली ना. प्रहरीसम्बन्धी काम कारबाई र सानातिना फौजदारी मुद्दाको कारबाई गर्ने कोतवालको अड्डा वा ठाना।