Dictionary

All Word

5051 कोचेलो ना. बिचमा अरूको बिगार हुने गरी निहुँ झिक्ने वा बिथोल्न खोज्ने काम, कचिङ्गल, हुँडलो; भैझगडा |
5052 कोचेल्नु स. क्रि. मुछिने खानेकुरो वा कुनै तरल वस्तु घिन लाग्ने किसिमले चलाउनु, हात हालेर हल्लाउनु, कोचल्नु, हँडल्नु, गिजोल्नु ।
5053 कोचेलाइ ना. कोचेल्ने काम वा प्रक्रिया |
5054 कोचे लिनु क.क्रि. कोल्ने काम गरिनु, हुँडलिनु, गिजोलिनु ।
5055 कच्छे ना. दौराकै जस्तो फेर हुने र तुना बाँध्नुपर्ने एक पोसाक, बेदाका छाँटको आङको लुगा ।
5056 कोजागर ना. आश्विन शुक्ल पूर्णिमाको दिन गरिने लक्ष्मीको व्रत, उत्सव |
5057 कोजाग्रत ना. आश्विन शुक्ल पूर्णिमाको दिन, त्यसै रात गरिने पूजाव्रत ।
5058 कोजानि अव्य. को जान्दछ वा थाहा छैन भन्ने आशयले अनिश्चय जनाउने शब्द) कुन्नि।
5059 कोजानि अव्य. (उदा.- उनको घरमा कोजानि कसले भएनभएको कुरो लाइदिएछ, लोग्नेस्वास्नीमै झगडा परेर छुट्टी छ ।
5060 कोट० ना. दौरा वा कमिजभन्दा बाहिर लगाइने, अघिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक, उत्तरीय पहिरन ।
5061 कोट् ना. १. प्राचीन कालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ, किल्ला, दुर्ग, गढी ।
5062 कोट् ना. २. चुली परेको र गढी तुल्याउन योग्य स्थान ।
5063 कोट् ना. ३. मौलो पुज्ने ठाउँ ।
5064 कोटकाली ना. १. कोटकी वा कोटमा स्थापना गरिएकी देवी |
5065 कोटकाली ना. २. नेपालको गोरखा जिल्लामा पर्ने आरुघाट भन्ने ठाउँमा अवस्थित देवी वा तिनै देवीको मन्दिर |
5066 कोटतुरुप ना. तासको तुरुप खेलमा विपक्षी खेलाडीले एक हात पनि खान नपाई आफ्नो तुरुपले सबै हात खाने काम त्यस्तो जित |
5067 कोटपाल ना. किल्लाको सुरक्षा गर्ने व्यक्ति, कोटको अधिपति, दुर्गरक्षक ।
5068 कोटफ्रक ना. दुईतीन रङका कपडा प्रयोग गर्न सकिने अगाडि पाँच र पछाडि दुई टुक्रा गाँसी बनाइने विशेष प्रकारको फ्रक कोटका छाँटको घाँगर ।
5069 कोटर ना. रुखको टोड्को वा धोद्रो ।
5070 कोटा ना. कसैसित लिन वा कसैलाई दिन निश्चित गरिएको कुनै वस्तुको हिस्सा वा भाग; बिक्रीवितरण हुने वस्तु र योजना पूरा गरिने खर्चमा अनुपातले पाइने सम्पूर्ण भागको एक पटकमा दिइने वा लिइने अंश |
5071 कोटाल ना. १. झ्यालढोकाको पल्ला अड्याइने चौकोसका दायाँबायाँ ठाडा काठमा झन्डै आधा खोली गहिरो बनाएर त्यसमा छिराई झ्यालढोका बन्द गरिने फल्याक ।
5072 कोटाल ना. २. झ्यालको तल्लो आधा भागमा जडिने डन्डी, रेलिङ आदि ।
5073 कोटाली ना. १. झ्यालको तल्लो भागमा डन्डी हाली बनाइएको सानो खण्ड |
5074 कोटाली ना. वि. २. कोटमा बस्ने, कोटको बासिन्दा ।
5075 कोटि ना. हे. कोटी |
5076 कोटिला ना. दैलेख जिल्लाको छामगाउँ खोलाको पूर्वी किनारमा स्थित महादेवको मन्दिर।
5077 कोटिलिङ्ग ना. शिवजीका करोड लिङ्गमूर्ति ।
5078 कोटिलिङ्ग अदालत ना. मध्यकालीन नेपालको कोटिलिङ्गको स्थापना गरिएको ठाउँमा रहेको सबैभन्दा माथिल्लो देवानी अदाल।
5079 कोटिशः- क्रि.वि. १. धेरै किसिमले अनेकौँ प्रकारले ।
5080 कोटिशः- क्रि.वि. वि. २. करोडौं, धेरै, असङ्ख्य ।
5081 कोटी ना. १ सय लाखको सङख्या करोड, कोटि ।
5082 कोटी ना. २. हतियारको चुच्चो वा धार ।
5083 कोटी ना. ३. धनुको टुप्पो ।
5084 कोटी ना. ४. श्रेणी, स्तर, दर्जा ।
5085 कोटी ना. ५. कुनै विवादको पूर्वपक्ष ।
5086 कोटी ना. वि. ६ सय लाख करोड ।
5087 कोटे वि. कोटमा बस्ने वा कोटको बासिन्दा ( मुसीकोटे, माझकोटे, नुवाकोटे इ.) ।
5088 कोटेरो ना. भँगेरा जस्तै रङको, फिस्टोभन्दा केही सानो डल्लो आकारको, झाडीमा बटुकाका ढाँचाको लाम्चो गुँड लाउने एक चरो; बगेडी |
5089 कोटेसन ना. कुनै पनि कार्यालयको मागअनुसार आवश्यक मालसामान वा खर्चको दरभाउ खुलाई सम्बन्धित विक्रेता वा व्यक्तिले दिने विवरणपत्र |
5090 कोट ना. दुर्ग किल्ला कोट ।
5091 कोट्टिनु अ.क्रि. १. कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु, कामकुरो प्रारम्भ हुनु, उक्किनु ।
5092 कोट्टिनु अ.क्रि. २. चिम्टँदा, कोतर्दा, खोसँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु, उप्कनु ।
5093 कोट्ट्याइ ना. १. कोट्टिने क्रिया वा प्रक्रिया ।
5094 कोट्ट्याइ ना. २. कोट्ट्याउने काम वा प्रक्रिया |
5095 कोट्ट्याइनु क.क्रि. कोट्याउने काम गरिनु, उक्काइनु, कोतरिनु, उफाइनु ।
5096 कोट्ट्ट्याउनु स. क्रि. १ कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु, कामकुरो थाल्नु।
5097 कोट्ट्ट्याउनु स. क्रि. २. थोरै थोरै गरेर खन्नु वा उप्काउनु, खोतल्नु ।
5098 कोट्ट्ट्याउनु स. क्रि. 3. इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु, खुसुक्क चिमोट्नु ।
5099 कोठरी ना. सानो वा साँघुरो कोठो, कम्ती उज्यालो भएको र चल्नफिर्न असजिलो पर्ने कोठो ।
5100 कोठाकोठी ना. १. घरका सानाठुला कोठाहरूको समूह ।