Dictionary

All Word

4901 केसिनु अ.क्रि. केसाहरू छुट्टिनु, केसाकेला पर्नु ।
4902 केसो ना. सुन्तला, चाक्सी, ज्यामिर, भोगटे आदि रसदार फलको बोक्राभित्र रहने खाद्य वस्तुको खण्ड वा तह ।
4903 केही वि. १. अलिकति थोरै ।
4904 केही वि. २. कुनै एक न एक ।
4905 कैंची ना. १. तलमाथिका पातका धारले च्यापेर कपडा, कागत आदि काट्ने फलामे साधन, कतर्नु, कर्तरी ।
4906 कैंची ना. २. दुई काठ, फग्लेंटा, ईंट आदिलाई तलमाथि फट्टाएर जोड्न वा मिलाउन बनाइने चेपुवा साधन ।
4907 कैंची ना. ३. साइकल आदिको एक साधन ।
4908 कैंजल ना. हर्राका जस्ता पात हुने अमिलो स्वादको बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट।
4909 कैंडा ना. १. धेरै हिँड्दा शरीरको थकाइ र नसाको तन्काइले पिँडौला वा तिघ्रामा पर्ने सुम्लो ।
4910 कैंडा ना. २. कैंडो ।
4911 कैंडे वि. १. कैंडाका आकारको वा कैंडाजस्तो ।
4912 कैंडे वि. २. अण्डकोष ठुलो हुने, आँडे ।
4913 कैंडो ना. फर्सी, कुभिन्डो आदिको सानो फल वा गट्टो ।
4914 कैकेयी ना. १. केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी दशरथकी कान्छी रानी र भरतकी आमा ।
4915 कैकेयी ना. वि. २. डाहिल्ले, दुष्टा ।
4916 कैकेयी ना. (उदा.- अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे ) ।
4917 कैटभ ना. पुराणअनुसार विष्णुद्वारा मारिएको र मधु नाम गरेको दैत्यका भाइ, एक दैत्य ।
4918 कैटे ना. काछमा हुने वा आउने वातसम्बन्धी खटिरो ।
4919 कैतव ना. १. छल, धोका ।
4920 कैतव ना. २. जुवा ।
4921 कैतवापहनुति ना. वास्तविक कुरालाई छलछामसाथ निषेध गरिने अपह्नुति अलङ्कारको एक भेद ।
4922 कैथ ना. बाहिर खैरो अत्तरछाला हुने र गुदीचाहिँ अमिलो हुने बेलजस्तो एक फल ।
4923 कैद ना. भ्यालखानामा राखिने सजाय, बन्धन, कारावास, थुना ।
4924 कैदकट्टी ना. थुनुवाले बस्नुपर्ने कैद पूरा हुने वा घट्ने काम।
4925 कैदखाना ना. बन्दीगृह, झ्यालखाना; जेल, कारागार, कारागृह ।
4926 कैदी वि. कैद वा थुनामा परेको, झ्यालखानियाँ, बन्दी थुनुवा ।
4927 कैद पुर्जी ना. थुनुवा पुर्जी |
4928 कैपुंचा ना. गोलो थालका आकारको केही उठेको बिट भएको ठोकेर बजाइने मात्रिक तालबाजा |
4929 कैफत ना. १. खानेकुरा आदिबाट हुने बिगार वा खराबी, कुपथ्य ।
4930 कैफत ना. २. कपट, छलछाम ।
4931 कैफत ना. ३. ढाँट व्यवहार, ठग्ने प्रवृत्ति।
4932 कैफत ना. १. कुनै कामकुरामा जानी जानी हुन गएको बिगार वा खराबी, विघ्न ।
4933 कैफत ना. २. कपट, दोष ।
4934 कैफत ना. ३. कैफियत ।
4935 कैफती वि. कैफत गर्ने, गालपारा, बिगार गर्ने; कपटी |
4936 कैफियत ना. कुनै कारण वा कुरा प्रस्ट्याउनका निम्ति कागतपत्रको आखिरी महलमा लेखिने बेहोरा, विशेष विवरण |
4937 कैफियत तलब ना. नबुझिएको र स्पष्ट खुलाई जवाफ दिनुपर्ने कुरा सम्बन्धित अड्डाखाना वा अधिकारप्राप्त तहबाट लेखापढी गरी बुझ्ने र स्पष्टीकरण माग्ने काम ।
4938 कैयन् वि. हे. कैयौं ।
4939 कैयाँ ना. १. प्रायः व्यापारको काम गर्ने एक वर्ग वा जाति ।
4940 कैयाँ ना. २. धूर्त वा चुइयाँ खालको व्यापारी ।
4941 कैयौं वि. धेरै, अनेक, अनगन्ती, प्रशस्त; कैयन् ।
4942 कैरन ना. [V कहिरन] नालीबेली वा वृत्तान्त |
4943 कैरव ना. चन्द्रमा उदाउँदा फुल्ने सेतो कमल, कुमुद ।
4944 कैरात ना. पहेंलो पहेंलो देखिने एक जातको श्रीखण्ड |
4945 कैरुवा ना. चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रङका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग, पर्पट ।
4946 कैलाली ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको दक्षिण भागमा रहेको एक जिल्ला ।
4947 कैलाश ना. हिमालयमा मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल शिवजीको वासस्थान ।
4948 कैलाशकूट भवन ना. अंशुवर्माको पालामा बनेको नेपालको प्रसिद्ध ऐतिहासिक राजदरबार ।
4949 कैलाशपति ना. शिव, महादेव ।
4950 कैलाशवास ना. मृत्यु मरण ।