Dictionary

All Word

5001 कोकेन ना. कोका नामको वृक्षका पातबाट बनाइने मादक पदार्थ वा एक प्रकारको नसालु वस्तु ।
5002 कोको ना. ताडकै जस्तो रुखमा गुराँसका आकारका खसा र फुस्रा पात हुने, हाँगा वा काण्डमा पाटेदार खुर्सानी आकारका राता फल फल्ने एक वृक्ष वा त्यसैको फल ।
5003 कोकोहोलो ना. कुनै विशेष स्थितिमा वा आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज, ठुलो हल्ला, होहल्ला, हल्लीखल्ली, कोलाहल, कोहोलो ।
5004 कोक्किनु अ.क्रि. १. काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु ।
5005 कोक्किनु अ.क्रि. २. मनमा ठुलो पिर परे तापनि आवाज नफुट्नु, पिरले भित्रभित्रै कम्प छुटेर रुनु ।
5006 कोक्ती ना. मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारी जस्तै खाइने एक प्रकारको क्वाँटी ।
5007 कोक्याइ ना. कोक्किने वा कोक्याउने क्रिया-प्रक्रिया |
5008 कोक्याइनु क.क्रि. कोक्याउने बनिनु ।
5009 कोक्याउनु स. क्रि. पिँडालु, कर्कलो आदि खाँदा जिभ्रामा लागेर सगसगाउनु वा खसखस हुनु ।
5010 कोक्रो ना. १. नानीहरूलाई सुताएर हल्लाउने काममा प्रयोग गरिने चोया, बेत, तार, पाट आदिबाट बुनेको टोक्रो, कुलना, कोर्को ।
5011 कोक्रो ना. २. कैदीहरू हालेर बोकिने वा सजाय दिन झुन्ड्याइने टोकरी, तुरुङ ।
5012 कोक्रो ना. 3. चोयाको टोक्रो, चोयाको पिंजडा ।
5013 कोक्रो ना. ४. माछा समाउन बुनेको सानो ढडिया, माछा थाप्ने टोकरी |
5014 कोक्ल्याँटो वि. परिस्थिति र व्यवहारको वास्ता नगरी आफ्नै सुरले वा एकोहोरो पाराले चल्ने, लट्ठक, नासमझ, अबुझ, कोग्ल्याँटो ।
5015 कोख ना. १. नारीजातिको पाठेघर, गर्भाशय, गर्भस्थली ।
5016 कोख ना. २. शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो ।
5017 कोखा ना. देवताको प्रसादस्वरूप लगाइने रातो वा पहेँलो धागाको माला, रक्षासूत्र ।
5018 कोखा ना. कोखोको बहुवचन रूप; दुवै पाटाको कोखो ।
5019 कोखाको घा ना. कोखाको घाउ |
5020 कोखाको घाउ ना. १. आफैँले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान, छोराछोरी ।
5021 कोखाको घाउ ना. २. सन्तानको शोकसुर्ता ।
5022 कोखी ना. कोखाको सानो भाग कोखो ।
5023 कोखे वि. १ कोखामा भएको; कोखापट्टिको वा खाको ।
5024 कोखे वि. २. एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो- कोखे दाजु, को भाइ, कोखे दिदी, कोखे बहिनी इ. ) |
5025 कोखे घाउ ना. कोखाको घाउ, सन्तानको शोकसुर्ता ।
5026 कोखे चोइली ना. कसौडी आदिको कोखाबाट पन्युँले भात पस्कँदा आउने चपरी, ठुलो चोइली ।
5027 कोखे सारड्गी ना. चारवटा नहर लागेको सानो खालको सारङ्गी बाजा ।
5028 कोखेलो ना. कोखाको भाग, काखी।
5029 कोखेलो ना. (उदा.- यो दुःख मेरो भाउजूले सुनेकोखेलो बजाउलिन् - लोकगीत | )
5030 कोखो ना. १. अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो काखीमतिको मर्म पर्ने ठाउँ ।
5031 कोखो ना. २. कसौडी आदि भाँडाका भित्तापट्टिको ठाउँ ।
5032 कोखो बजाउनु टु. अरूको नाश वा अवनति देखेर खुसी मनाउनु ।
5033 कोग्ल्याँटो वि. आफ्नै तरङ्ग वा सुरमा चल्ने, अधबेसो, कोक्ल्याँटो |
5034 कोगिटा ना. १. खैरो रङको कपास फल्ने एक प्रकारको कपासको बोट ।
5035 कोगिटा ना. २. त्यसै बोटको कपासबाट बुनिएको कपडा ।
5036 कोगिटा ना. ३. पहेँलो र खैरो मिसिएजस्तो रङ ।
5037 कोच्नु स. क्रि. १. मन नपरीकन पगितो हुने गरी खानु ।
5038 कोच्नु स. क्रि. २. अटाईनअटाई हुने गरी खाँद्नु ।
5039 कोचकाच ना. एकै ठाउँमा ठेस्ने वा ठेल्ने काम खाँदबुँद ।
5040 कोचल्नु स.क्रि. कोचेल्नु ।
5041 कोचलाइ ना. कोचेल्ने काम वा प्रक्रिया |
5042 कोचलिनु क.क्रि. कोचल्ने काम गरिनु ।
5043 कोचवान ना. १. बग्गी हाँक्ने चालक वा सवार २. टाँगावाला ।
5044 कोचाइ ना. कोच्ने क्रिया वा प्रक्रिया |
5045 कोचाइनु क.क्रि. कोच्न लगाइनु ।
5046 कोचाउनु प्रे. क्र. जबर्जस्ती खुवाउनु बेसरी खाँद्न लगाउनु ।
5047 कोचाकोच ना. परस्परमा वा जथाभावी र अव्यवस्थित पाराले कोच्ने काम बेसरी हुल्ने काम, खाँदाखाँद ।
5048 कोचा स. क्रि . कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँदन, कोच्नु ।
5049 कोचारिनु क.क्रि. कोचार्ने काम गरिनु, खाँदेर हालिनु ।
5050 कोचारो ना. एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढग, घचारो, घुइँचो, साँघुरो ।