Dictionary

All Word

4851 केरे अव्य. (उदा.- तपाईंले भन्नुभएको कुरो केरे - अलमलमा भुसुक्कै बिर्सेछु)।
4852 केरो ना. [केरो १. केरा ( प्रायः तुच्छार्थमा)।
4853 केरो ना. २. पुरुष जननेन्द्रिय (अश्ली.)।
4854 केलाइ ना. केलाउने काम वा प्रक्रिया |
4855 केलाइकुलाइ ना. सबै केलाउने काम, छान्ने काम, छानबिन।
4856 लाइनु क.क्रि. केलाउने काम गरिनु छानबिन गरिनु।
4857 केलाउनु स.क्रि. मिसिएको वा छासमिसे वस्तुबाट कुनै एक वस्तु छुट्याई झिकी अलग पार्नु वा चाहिने वस्तु लिनु, एक एक गरेर त्यही वस्तु मात्र छान्नु, छानबिन गर्नु।
4858 केलि ना. १. प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा, आमोदप्रमोद।
4859 केलि ना. २. हाँसखेल, हँस्सीठट्टा |
4860 केलि ना. ३. स्त्रीप्रसङ्ग, मैथुन।
4861 केलिकला ना. कामक्रीडा, मैथुनसम्बन्धी कला |
4862 केलिगृह ना. सहवास गर्ने ठाउँ, रतिगृह।
4863 केल्टेली वि. युरोपभित्र बोलिने भारोपेली भाषापरिवारको एक शाखा।
4864 केवरा ना. लाम्चा ठुलठुला हरिया पात हुने, टुप्पामा घोगा लागी त्यसमा पहेँला र सेता फूल फुल्ने र जरामा गदको जस्तो गाना हुने बोट वा त्यसैको फूल।
4865 केवट ना. खोलानालामा माछा मार्ने र डुङ्गा तार्ने कामबाट जीवन निर्वाह गर्ने एक जाति वा त्यस जातिको व्यक्ति, माझी, मल्लाह।
4866 केवल अव्य. १. खालि त्यही एक मात्र।
4867 केवल अव्य. २. सिवाय।
4868 केवल अव्य. ना. ३. भ्रान्तिरहित विशुद्ध ज्ञान।
4869 केवल ज्ञानी ना. विशुद्ध ज्ञान प्राप्त भएको साधु।
4870 केश ना. टाउकाको रौं; कपाल।
4871 केश कर्म ना. कपाल तलास्ने, कोर्ने, काट्ने, खौरने, छाँट्ने आदि काम।
4872 केशकलाप ना. कपालको समूह।
4873 केशपतन ना. रौं झर्ने वा खोइरो लाग्ने रोग |
4874 केशपाश ना. कपालको चुल्ठो।
4875 केश प्रसाधनी ना. काइँयो।
4876 केशमार्जन ना. कपाल नुहाउने, कोर्ने वा तलास्ने काम।
4877 केशर ना. १. फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवा, केसर।
4878 केशर ना. २. प्रायः काश्मीरमा पाइने, सानो भुइँ झारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेँलो केसा केसर।
4879 केशर ना. ३. कुङ्कुम; किञ्जल्क।
4880 केशर ना. ४. सिंह, घोडा आदिका घित्रामाथि हुने लामा लामा रौं याल, जगर।
4881 केशरी ना. १. पूजाआजामा प्रयोग गरिने केशर मिलाएर घोटिएको चन्दन, केसरी।
4882 केशरी ना. २. नागकेशर।
4883 केशरी ना. ३. सिंह।
4884 केशरी ना. वि. ४. केशर हुने वा भएको।
4885 केशव ना. १. कृष्ण।
4886 केशव ना. २. विष्णु।
4887 केशव ना. ३. ब्रह्म, परमेश्वर।
4888 केशव ना. वि. ४. केश भएको।
4889 केशविन्यास ना. कपाल तलास्ने, चुल्ठो बाट्ने वा केश सजाउने काम।
4890 केस ना. १. हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस।
4891 केस ना. २. झगडा मुद्दा।
4892 केस ना. ३. रोग वा रोगीको स्थिति।
4893 केस ना. ४. छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस।
4894 केसर ना. हे. केशर।
4895 केसरनामा ना. प्राचीन कालमा दुई सरकारका उच्च ओहदाका व्यक्तिहरूले सहीछाप गरेको व्यापारसम्बन्धी कामकुरो लेखिएको कागत ।
4896 केसरिया वि. केशरका रङको रातो र पहेँलो मिसिएजस्तो रङ भएको ।
4897 केसरी ना. हे. केशरी ।
4898 केसऱ्याक ना. टाइपकेसहरू सुरक्षित राख्ने विशेष किसिमको खण्डे दराज |
4899 केसौर ना. चाम्रो, पातलो, खैरो रङको बोक्रा र गुलियो, सेतो नरम गुदी हुने सखरखण्डका ढाँचाको डल्लो कन्द ।
4900 केस्राकेस्री ना. सानाठुला धेरै केसा |