Dictionary

All Word

4801 केदार ना. १. धानखेतको गरो, आली वा बगैंचाको ड्याङ, क्यारी।
4802 केदार ना. २. गङ्गोत्तरी र बदरीनाथका बिचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग।
4803 केदार ना. ३. रातको दोस्रो प्रहरमा गाइने ओडव षाडव जातिको एक राग।
4804 केदार खण्ड ना. केदारनाथको माहात्म्य वर्णन गरिएको स्कन्द पुराणको एक भाग।
4805 केदारनाथ ना. हिमाली खण्डको केदारपर्वतमा रहेका प्रसिद्ध शिवजी हिन्दूहरूको एक प्रसिद्ध तीर्थस्थल|
4806 केन ना. एघार उपनिषद्द्मध्ये एक।
4807 केन्तुम् शाखा ना. भारोपेली भाषा खलकमा 'सय' शब्दलाई बुझाउने थालनीको इरानेली रूप शतम् र ल्याटिन रूप 'केन्तुम्' का आधारमा मुख्य दुई हाँगामा विभाजित शाखामध्ये एक; त्यसरी 'स' ध्वनिलाई 'क' को प्रयोग वा उच्चारण गर्ने भाषाखलकको वर्ग वा शाखा [केन्तुम् (ल्याटिन), केत् (प्राचीन आयरेली), कन्द (तोखारेली), केन्तो ( इटालेली), खेन्त (फ्रान्सेली), हन्ड (अङ्ग्रेजी), हैक्तोन (ग्रिसेली) आदि ] |
4808 केन्द्र ना. १. कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु माझ बिचको ठाउँ, नामि।
4809 केन्द्र ना. २. विभिन्न कार्यसञ्चालन हुने मुख्य ठाउँ वा सदर मुकाम।
4810 केन्द्र ना. ३ सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान।
4811 केन्द्र ना. ४. सधैँ बस्ने ठाउँ।
4812 केन्द्र ना. ५. तैनाथ गर्ने विभाग।
4813 केन्द्र ना. ६. फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौं र दसौं स्थान |
4814 केन्द्रबिन्दु ना. कुनै घेराको माझमा रहेको स्थिर बिन्दुछु मध्यबिन्दु।
4815 केन्द्रमण्डल ना. पृथ्वीभित्रका केन्द्रवरिपरिको खण्ड।
4816 केन्द्राभिमुख वि. बाहिरबाट केन्द्रतिर जाने वा आफ्ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने।
4817 केन्द्रित वि. केन्द्र बनाइएको, एकै ठाउँमा भेला गरिएको; केन्द्रीभूत|
4818 केन्द्री वि. केन्द्रमा रहेको वा रहने, केन्द्रस्थि।
4819 केन्द्रीकरण ना. १. केन्द्रमा नै समेट्ने वा केन्द्रद्वारा नै सबै कार्य परिचालन गर्ने काम केन्द्रित गर्ने वा पार्ने काम।
4820 केन्द्रीकरण ना. २. एकै ठाउँमा जम्मा गर्ने काम।
4821 केन्द्रीभूत वि. केन्द्र वा प्रमुख स्थानमा रहेको चारैतिरबाट एकै ठाउँमा जम्मा भएको केन्द्रि।
4822 केन्द्रीय वि. १. केन्द्रसम्बन्धी; केन्द्रको।
4823 केन्द्रीय वि. २. केन्द्र वा मध्य भागको प्रधान, मुख्य।
4824 केन्द्रीय वि. ३. कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ.)।
4825 केन्द्रीय बैङ्क / ब्याङ्क ना. १. ब्याङ्कहरूको प्रधान अङ्ग वा ब्याङ्कहरूको पनि ब्याङ्क।
4826 केन्द्रीय बैङ्क / ब्याङ्क ना. २. वित्तीय कारोबारका साथै मातहतका सम्पूर्ण ब्याङ्कहरू सञ्चालन गर्ने ब्याङ्कहरूको प्रधान कार्यालय, राष्ट्र बैङ्क।
4827 केन्द्रीय शासन ना. कुनै राष्ट्रमा केन्द्रीय सरकारमै शासनसत्ताको अधिकार रहने र केन्द्र वा राजधानीबाटै देशको सम्पूर्ण शासन चलाउने व्यवस्था |
4828 केन्द्रीय सङ्गठन ना. गाउँ वा जिल्लास्तरमा भएका सङ्गठनका कार्यहरूलाई नियन्त्रित वा सञ्चालित गर्न केन्द्रको रूपमा स्थापना गरिएको वा केन्द्रमा स्थापना भएको सङ्गठन।
4829 केन्द्रीय सरकार ना. राष्ट्रको केन्द्रमा रहेर वा राष्ट्रिय स्तरमा देशको शासन व्यवस्था मिलाउने र चलाउने मुख्य सरकार, केन्द्रीय मन्त्रिमण्डल वा मन्त्रिपरिषद्।
4830 केन्द्रमुखी वि. केन्द्रपट्टि झुकेको वा केन्द्रलाई नै मुख्य लक्ष्य बनाएको केन्द्रको मात्र भर परेको।
4831 केप वि. टोटामा जडिने, टोपीका आकारको आगो पार्ने धातुको साधन।
4832 केमाच ना. कसुरजस्तो कन्द, सेतो जरा र लामा लामा पात हुने, पानीभित्र उम्रने एक जातको भयाउ वा एक किसिमको घाँस।
4833 केयूर ना. पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना, बाजु।
4834 केर्नु स. क्रि. लेखिएका अक्षर, शब्द आदिलाई धर्सो तानेर रद्दी पार्नु, केरमेट गर्नु, मेट्नु।
4835 केर्नु स. क्रि. दोषी वा बापतीलाई उसले गरेको अपराधका बारेमा सोधपुछ गर्नु, अपराधको पत्ता लगाउन कारकेर गर्नु, खोहोऱ्याउनु।
4836 केरकार ना. दोषी वा बापतीलाई सोधपुछ गर्ने काम, कारकेर।
4837 केरकार ना. २. केर्ने र मेट्ने काम, केरमेट।
4838 केरमेट ना. लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम, केरकार।
4839 केरा ना. निकै ठुला लामा पात हुने, कलेजी रङको कमलका आकारको बुङ्गो लाग्ने, पाकेपछि पहेँला, राता, हरिया रङका बोक्रा हुने लाम्चा गुलिया कोसे फल फल्ने जातजातको बोट वा त्यसैको फल कदली।
4840 केराइ ना. १. केर्ने काम वा किसिम मेटाइ।
4841 केराइ ना. २. कारकेर गर्ने काम, खोहोऱ्याइ।
4842 केराइनु क.क्रि. १. केर्न लाइन, मेटाइनु, केरमेट गराइनु।
4843 केराइनु क.क्रि. २. खोहोऱ्याइनु, कारकेर गरिनु।
4844 केराउ ना. डाँठमा दुईतिर सँगसँगै लाम्चिला जोर पात पलाउने, निला, सेता वा कलेजी रङका फूल फुल्ने, लामालामा नङ्ग्रा हुने र लाम्चिला कोसा फल्ने दाल जातको लहरो वा त्यसैको फल |
4845 केराउ कोसे ना. केराउका जत्रा पोटिला कोसा हुने एक जातको सिमी।
4846 केराउनु प्रे. क्रि. १. केर्न लाउनु मेटाउनु, केरमेट गराउनु।
4847 केराउनु प्रे. क्रि. २. कारकेर गराउनु, खोहोऱ्याउनु।
4848 केरिनु क.क्रि. १. केर्ने मेट्ने काम गरिनु।
4849 केरिनु क.क्रि. २. सोधिनु, खोहोऱ्याइनु।
4850 केरे अव्य. कुराकानीमा आउने एक किसिमको थेगो।