Dictionary

All Word

5151 कोताखान ना. कम्मरमा बाँध्न हुने एक प्रकारको लिगलिगे तरबार (दिव्य.) ।
5152 कोते ना. सेनाको खरखजाना राख्ने ठाउँको रेखदेख गर्ने सरकारिया जागिरदार ।
5153 कोते धन्दा ना. १. कोतेले गर्ने खालको काम वा धन्दा ।
5154 कोते धन्दा ना. २. घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा |
5155 कोत्रा ना. माछाको एक जात ।
5156 कोत्रिनु अ.क्रि. खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु, छ्याकटे हुनु।
5157 कोत्रे वि. मुख वा अन्य अङ्गप्रत्यङ्ग कोत्रिएको, कोत्र्याहा; छ्याका परेको छ्‌याकटे ।
5158 कोत्रो ना. कीट, आल्मोनियमका भाँडा आदिमा आम्ल वस्तु पर्नाले भएका मसिना छिद्र वा खाल्टाखुल्टी ।
5159 कोत्र्याइ ना. कोत्रिने काम वा प्रक्रिया |
5160 कोत्र्याइनु क.क्रि. कोत्रिन लाइनु; गराइनु ।
5161 कोत्र्याउनु प्रे. क्रि. कोनि लाउनु; कोत्रिने गराउनु।
5162 कोयाहा वि. मुख आदि अङ्ग कोत्रिएको, छ्याका परेको, छ्याकटे, छ्‌याके।
5163 कोत्लेगाँडो वि. कतैपट्टि पनि नमिल्ने, काम नलाग्ने खालको ।
5164 कोथा ना. १. बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो ।
5165 कोथा ना. २. हे. कोथो ।
5166 कोयाउनु अ.क्रि. कोया आउनु, बाला, फूल आदि निस्कनु वा पसाउनु।
5167 कोथी ना. तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा डिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री ।
5168 कोयी मुहुडा ना. खुकुरी आदिको दापमा जडिएको टुप्पाको ढुङ्ग्री र मुखपट्टिको धातुको बेरुवा ।
5169 कोथो ना. १. केरा, उखु आदिको फेदमा पलाउने टुसो, नयाँ बिरुवा ।
5170 कोथो ना. २. धान, गहुँ आदिको बाला निस्कने गर्भ, बाली पसाउने नली ।
5171 कोदण्ड ना. ताँदोबाहेक धनुको सबै भाग; धनुष, धनु ।
5172 कोदाली ना. छोटो बिँड र चाक्लो पाता भएको दुवै हातले समाई खेतबारी खन्ने फलामे हतियार |
5173 कोदाली पाते वि. कोदालीको पातोजस्तो, कोदालीका पाताका ढाँचाको ('त' अक्षर) ।
5174 कोदाले वि. १. कोदालो चलाएर जीविका गर्ने वा कोदालाकै भरमा बाँच्ने |
5175 कोदाले वि. ना. २. एकतन्त्री शासनकालमा लिइने मालपोतका दुई किसिम हले र कोदालेमध्ये एक, गोरु पाल्न नसक्नेलाई लाग्ने सहुलियत दिइएको जग्गाकर।
5176 कोदालो ना. लामो काठको बिंड र लाम्चो पातो हुने, खेतबारी खन्ने काममा प्रयोग गरिने फलामे हतियार |
5177 कोदे वि. १. कोदो खाएर जीविका गर्ने, कोदोबाहेक अरू अन्न खान नपाएको ।
5178 कोदे वि. २. कुनाकाप्चामा बसेर दुखजिलो गरी जीवन बिताउने, कुनै सभ्य संसार नदेखेको ।
5179 कोदो ना. सिरुका जस्तै पात हुने र टुप्पामा झुप्पे बाला लाग्ने बोट वा त्यसै बोटका बालामा फल्ने तोरीका दाना जस्तै आकार र रङ हुने दाना (अन्न); कुअन्न ।
5180 कोनि अव्य. कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको ाउने शब्द कुन्नि।
5181 कोनि अव्य. (उदा. राम हिजो त यहीं थिए, आज कोनि कता गए ।
5182 कोप ना. रुखकटहरको गुदीको कोया ।
5183 कोप ना. कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव, क्रोध, रिस |
5184 कोपभवन ना. कुनै मान्छे रिसाउँदा वा ठुस्किँदा गएर बस्ने घर वा कोठो ।
5185 कोपभागी वि. कसैको रिसको झोकमा गाली वा झापट खानुपर्ने, रिसको भागी ।
5186 कोपर्नु स. क्र. कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु, दार्नु, नङ्ग्याउनु, कोतर्नु ।
5187 कोपरा ना. प्रायः पिसाब फेरिने र केटाकेटी वा बिरामीलाई दिसापिसाब गराइने पित्तल, तामचिन, आलमोनियम आदिको भाँडो ।
5188 कोपराइ ना. कोपर्ने क्रिया वा प्रक्रिया |
5189 कोपराकोपर ना. परस्परमा एकले अर्कालाई कोपर्ने काम; चिथोराचियोर।
5190 कोपरिनु क.क्रि. कोपर्ने काम गरिनु, चिथोरिनु ।
5191 कोपिला / कोपिलो ना. १. फुल्न तयार परेका कलिला फूल ।
5192 कोपिला / कोपिलो ना. २. कनपा र कानका बिचमा पर्ने त्रिकोणाकार अवयव।
5193 कोपिला / कोपिलो कोपिली ना. १. प्रेमीप्रेमिकाका बिच सम्बोधन गर्दा प्रयुक्त हुने शब्द ।
5194 कोपिला / कोपिलो कोपिली ना. २. मसिना केटाकेटी, चिचिलाचिचिली।
5195 कोपी वि. १. कोप गर्ने वा कोप भएको, क्रोधी ।
5196 कोपी वि. ना. २. पानीछेउ वा नदीकिनारमा बस्ने परेवाका जातको पक्षी, जलपरेवा, पानीपरेवा |
5197 कोपी ना. काउली फूलकोपी; कोभी |
5198 कोपी बाँस ना. टुप्पामा कोपिला हाल्ने एक जातको बाँस ।
5199 कोपु ना. घर बनाउँदा झ्यालढोकामाथि हालिने काठ वा डन्डी बाँधी ढलान गरिने आड ।
5200 कोप्चाकोची ना. कुनाकानी परेको वा छेउछाउको ठाउँ, कुनाकाप्चा, अन्तरकुन्तर ।