Dictionary

All Word

5201 कोपिचनु अ.क्रि. १. नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु, कोप्चो पर्नु, कोप्रिनु ।
5202 कोपिचनु अ.क्रि. २ साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ.) ।
5203 कोप्चे वि. कोप्चो परेको, छाँटकाँट नमिलेको ।
5204 कोप्चो वि. आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको, अनुहारको बान्की नमिलेको, सलक्क नपरेको ।
5205 कोप्च्याइ ना. कोप्चो पार्ने वा कोप्च्याउने क्रिया-प्रक्रिया |
5206 कोच्याइनु क.क्रि. कोप्चो पारिनु, कोचो गराइनु ।
5207 कोप्च्याउनु प्रे. क्रि. कोप्चो पार्नु, कोप्चो गराउनु, साङ्ग्रो वा नमिल्ने पार्नु ।
5208 कोप्पा ना. घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ, बुढी खोप्रो, घुच्चुक ।
5209 कोप्रिनु अ.क्रि. उमेर वा अन्य कुनै विशेष कारणले शरीर कोप्रो पर्नु, खुम्चिनु ।
5210 कोप्रो वि. कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको, कुप्रिएको ।
5211 कोप्याइ ना. कोप्रिने क्रिया वा प्रक्रिया |
5212 कोप्याइनु क.क्रि. कोप्याउने काम गरिनु कोप्रो पारिनु ।
5213 कोप्याउनु प्रे. क्रि. कोप्रो पार्नु, कोप्रो तुल्याउनु ।
5214 कोप्ल्याइ ना. कोप्ल्याक्क पार्ने क्रिया वा प्रक्रिया |
5215 कोप्ल्याइनु क.क्रि. कोप्ल्याउने काम गरिनु ।
5216 कोप्ल्याउनु स. क्रि. ठुलठुला गाँस हालेर वा कोप्ल्याक्क कोप्ल्याक्क हुने गरी खानु ।
5217 कोप्ल्याक्क क्रि.वि. नरम खानेकुरो एकै खेपमा खाने गरी ।
5218 कोफ्ता ना. कुटेको मासु वा पिँधेको दाल, तरकारी आदिलाई घिउतेलमा तारेर विशेष प्रकारले बनाइने साना डल्ला परिकार वा त्यसैद्वारा बनाइने रसदार तरकारी ।
5219 कोब्रा ना. अत्यन्त विषालु र रिस उठेपछि फणा उठाएर खेद्ने खतरनाक सर्प, गोमन साँप।
5220 कोमल वि. १. देख्दा, सुन्दा वा हुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने, कमलो, नरम, मुलायम, सुकुमार ।
5221 कोमल वि. २. कलिलो कलकलाउँदो।
5222 कोमल वि. ३. सुन्दर, मनोहर ।
5223 कोमल वि. ४. मधुर, मन्द ( स्वर आदि)।
5224 कोमलता ना. कोमल हुने विशेषता वा भाव ।
5225 कोमल तालु ना. कलनसोभन्दा माथि र कठोर तालुभन्दा तल पर्ने, ध्वनिहरूको उच्चारण हुने एक अवयव ।
5226 कोमला वृत्ति ना. संस्कृत साहित्यशास्त्रका अनुसार छोटा छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण (ग, द आदि) को बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा कोमल सुकुमार भावको अभिव्यक्ति दिइने एक वृत्ति, साहित्यका तीनवटा वर्णगत वृत्ति (उपनागरिकावृत्ति, पुरुषावृत्ति र कलावृत्ति) मध्ये एक ।
5227 कोमलास्थि ना. कमलो वा कलिलो हाड, कुरकुरे हाड ।
5228 कोयो ना. १. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ, फलफूलभित्रको दानु ।
5229 कोयो ना. २. रेसमका किराले आफू बस्न लाएको गुँड ।
5230 कोर्नु स. क्रि. १. कुनै तिखो वा चुच्चो वस्तुले धर्मो पार्नु, कोतर्नु ।
5231 कोर्नु स. क्रि. २. नङ, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफऱ्याउनु, फहराउनु।
5232 कोर्नु स. क्रि. ३. पाछ्नु, खोस्याउनु ।
5233 कोर्नु स. क्रि. ४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु, केश बाट्न तयार पार्नु ।
5234 कोर ना. १. रक्तविकारबाट पैदा भई हातगोडाका औंलाहरू गल्दै र झर्दै जाने रोग, कुष्ठरोग |
5235 कोरकार ना. १. कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम ।
5236 कोरकार ना. २. ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम ।
5237 कोरकार ना. ३. तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम |
5238 कोरम ना. कुनै सङ्घसंस्था आदिको बैठक बस्न र प्रस्ताव वा बुँदाहरू पारित गर्न आवश्यक पर्ने, नियमविधानमा तोकिएअनुसारको सदस्य सङ्ख्या; गणपूरक सङ्ख्या ।
5239 कोरल्नु स. क्रि. माउले फुलबाट बच्चा झिक्नु, बच्चा काढ्नु ।
5240 कोरलाइ ना. कोरल्ने काम वा प्रक्रिया |
5241 कोरलिनु क.क्रि. फुलबाट चल्ला निकालिनु, कोरल्ने काम गरिनु ।
5242 कोरली वि. बहर वा साँढेसँग नमिसिएकी तरुनी (गाई)।
5243 कोरलो वि. भालेसित मिसिने बेला पुगेको, तरुनो अवस्थाको (गाईबस्तु); कोरली |
5244 कोरा ना. १. सादा, सेतो र माड नपछारिएको बाक्लो कपडा |
5245 कोरा ना. वि. २. मालसामान तयार पार्न काम लाग्ने र कच्चा (चिजवस्तु)।
5246 कोरा ना. ३. अनुभव नपाएको वा आवश्यक विषयव्यवहार नबुझेको काँचो सिकारु ।
5247 कोरा ना. ४. परिष्कार नभएको, नमाझिएको ।
5248 कोरा, ना. आमाबाबु, लोग्ने वा आफूले किरिया बस्नुपर्ने मानिस मर्दा किरियापुत्रीले अरूलाई नछुने र सेतो चोखो धोती फेरी एकान्त कोठो बारेर अलग्गै बस्ने काम, किरिया बस्ने काम (कोरा पस्नु, कोरा बस्नु, कोरा बार्नु आदि) ।
5249 कोराइ ना. कोर्ने काम वा प्रक्रिया |
5250 कोराकोर ना. एकभन्दा बढीले परस्परमा एकनाससित कोर्ने वा लुछाचुँडी गर्ने काम, चिथोराचिथोर, कोपरा कोपर |