Dictionary

All Word

5251 कोरामाल ना. प्रशोधित गर्न बाँकी रहेको वा उपभोगका वस्तु तयार गर्नुभन्दा पहिलेका अवस्थाको कच्चा वस्तु वा सामान (बोरा बुन्नुभन्दा पहिलेको सनपाट, जुत्ता सिउनुभन्दा पहिलेको छाला, औषधी बनाउनुभन्दा पहिलेको झारपात इ.) ।
5252 कोरिनु क.क्रि. १. कुनै तिखो वा चुच्चो वस्तुले धर्मो पारिनु, दरखरिनु ।
5253 कोरिनु क.क्रि. २. थाँक्रो वा काइँयोले कपाल तलासिनु ।
5254 कोरी ना. १. बिसको सङ्ख्यालाई एक एकाइ मानेर गन्ने प्रणालीअनुसार बिसवटा वस्तुको समूह, एक बिस ।
5255 कोरी ना. २. बिस ढेप कागतको ठेली वा समूह ।
5256 कोरी ना. (उदा.- हाम्रो कार्यालयलाई कोरी नेपाली कागत चाहिएको छ ) ।
5257 कोरी ना. ठुलो पात भएको र भेट्नामा लामो बिंड लगाइएको माटाको काममा प्रयोग हुने हतियार, बेल्चा |
5258 कोरी ना. कुष्ठरोगी, महारोगी, कोही, कोढी, कोर्दी ।
5259 कोरीखाना ना. कोरीहरूलाई राख्ने र औषधी, उपचारसमेत गर्ने व्यवस्था भएको ठाउँ ।
5260 कोरीबाटी ना. कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम ।
5261 कोरेंसो ना. कोसो |
5262 कोरो ना. किरियापुत्रीहरूले कोरा धागाले बारी बस्न बनाइएको ठाउँ, हे. कोरा ।
5263 कोकली वि. जङ्गली स्वभावको, सभ्य र शिष्ट नभएको पाखे ।
5264 कोर्को ना. १. केटाकेटी सुताउन पिंधतिर दहा काम्रा राखी बाँस, बेत आदिका चोयाले बुनेको खटियाका आकारको बिट भएको भाँडो, झोलुङ्गो, कोक्रो ।
5265 कोर्को ना. २. बालीनाली भएको ठाउँबाट बस्तुभाउ हिँडाउँदा र बालीको छेउछाउमा गोरु जोत्दा बाली खान नदिन मुखमा लगाइदिने फुर्लुङ, महला ।
5266 कोर्को ना. ३. कुनु परेको वा सानो ठाउँ ।
5267 कोर्ट ना. अदालत, न्यायालय ।
5268 कोर्ट फी ना. देवानी मुद्दा दर्ता गर्दा अदालतमा नियमसवालअनुसार टिकट वा बिगोको केही प्रतिशत धरौटी राख्नुपर्ने दस्तुर, अधिकरणशुल्क |
5269 कोर्ट मार्सल ना. सैनिक अधिकारीहरूद्वारा मुद्दामामिला हेरिने अदालत सैनिक अदालत |
5270 कोर्ने ना. जमिन सम्म भएनभएको जाँच्ने एक यन्त्र ।
5271 कोसो ना. कुभिन्डो, मुला, काँक्रो, पिँडालु आदि कोरेर अचार, तरकारी बनाउन हुने गरी भुजुरी पार्ने धारिलो र ससाना प्वाल भएको धातुको दाँते साधन, कोरेंसो ।
5272 कोककोक क्रि.वि. काँक्रो, मुला, गाँजर आदि काँचैमा चपाउँदा पटकपटक आवाज निस्कने किसिमले ।
5273 कोक्क क्रि.वि. काँक्रो, गाँजर, मुला आदि काँचैमा चपाउँदा अलि ठुलो आवाज आउने किसिमले मन्यक्क ।
5274 कोहा वि. १. कुष्ठ रोगले सताएको; कोर भएको ।
5275 कोहा वि. ना. २. कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द ।
5276 कोहा वि. स्त्री. कोही ।
5277 कोर्रा ना. काठ वा बेतको समाउने मुठ भएको र छालाका लोतीहरूको चुल्ठी वा डोरी बाटिएको, घोडालाई तह लाउन वा अपराधीलाई कायल पार्न पिट्ने साधन ।
5278 कोल ना. तरकारी खाइने एक प्रकारको हिउँदे सिमी ।
5279 कोलम्बो ना. श्रीलङ्काको राजधानी ।
5280 कोलम्बो योजना ना. राष्ट्रमण्डलका तर्फबाट दक्षिण र दक्षिणपूर्वी एसियाका मित्र राष्ट्रहरूलाई दिइने सहायता ।
5281 कोला ना. कोटालको माथिल्लापट्टि राखिने तेर्सो काठ, डँडाली |
5282 कोलाकोला ना. १. केटाकेटीलाई नुहाउँदा चिसोले नआत्तिन् र सातो नजाओस् भनी बालकको ध्यान आफूतिर तान्नका निम्ति भनिने शब्द ।
5283 कोलाकोला ना. २. कुनै काम, व्यवहारबाट आत्तिनुपर्ने स्थिति के गरूँ, कसो गरुँ हुने सङ्कटपूर्ण अवस्था ।
5284 कोलाहल ना. कुनै अत्यासिलो अवस्थामा धेरै मानिसले बोलेको टाढासम्म सुनिने अस्पष्ट आवाज, अत्तालिँदो होहल्ला, कोहोलो, कोकोहोलो ।
5285 कोली ना. १. प्रेमीप्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द ठिटाठिटीको मायालु काख ।
5286 कोली ना. २. नेपालीको एउटा थर ।
5287 कोली भाट ना. नेपालीकै एउटा थर ।
5288 कोलोनी ना. १. साम्राज्यवादी देशहरूले आफ्नो व्यापार, शिक्षा, प्रशासन आदि विभिन्न प्रभाव फैलाएको क्षेत्र, उपनिवेश |
5289 कोलोनी ना. २. कुनै कुनै वर्गीय वा पेसागत व्यक्तिका समुदायले बसोबास गरेको क्षेत्र ।
5290 कोलोनी ना. ३. सहरी क्षेत्रमा व्यवस्थित किसिमले बनाइएको वा बसाइएको बस्ती |
5291 कोल्टे वि . सिधा वा आँखासो भी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको, आँखा छलिएको ।
5292 कोल्टो ना. १. सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु ।
5293 कोल्टो ना. २. दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा |
5294 कोल्टो ना. वि. ३. आँखासोभी नभएको, पायक नपरेको, अपाही ।
5295 कोल्या ना. अल्लाको पाटबाट तयार पारिने बोरा वा नाम्लाजस्तो घरेलु वस्तु ।
5296 कोविद ना. १. विद्या र बुद्धि भएको, विद्वान्, पण्डित ।
5297 कोविद ना. २. अनुभवी तथा कुशल, निपुण, पोख्त ।
5298 कोविदार ना. कोइरालोको वृक्ष वा फूल; कोइरालो ।
5299 कोश ना. १. अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार, ढुकुटी, खजाना, कोष ।
5300 कोश ना. २. कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ शब्दकोश ।