Dictionary

All Word

5301 कोश ना. ३. तरबार, खुकुरी आदि हतियारको दाप ।
5302 कोश ना. ४. कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय ) ।
5303 कोश ना. ५. रुखबिरुवा वा सागपातको फूल।
5304 कोश ना. ६. कोपिला, कोसो, कोयो ।
5305 कोश ना. ७. अण्ड अण्डकोश |
5306 कोशकार ना. १. शब्दकोशको सम्पादन गर्ने व्यक्ति वा कोशको निर्माता ।
5307 कोशकार ना. २. धन राख्ने भाँडो वा तरबार, खुकुरी राख्ने दाप बनाउने व्यक्ति ।
5308 कोशकार ना. ३. आफ्नो आवरण वा कोश स्वयम् बनाइने अर्थमा रेसमको किरो ।
5309 कोशकार ना. ४. स्वयम् जालो बुन्ने अर्थमा माकुरो ।
5310 कोशपाल ना. ढुकुटीको सुरक्षा गर्ने व्यक्ति, भँडारे, खजान्ची ।
5311 कोशविज्ञान ना. कोशरचनासम्बन्धी विज्ञान, शब्दकोशका निर्माणकलाको सिद्धान्त विवेचना भएको विद्या |
5312 कोशवृद्धि ना. १. भण्डारको अभिवृद्धि हुने वा धनसम्पत्ति बढ्ने काम।
5313 कोशवृद्धि ना. २. अण्डकोश ठुलो हुने रोग ।
5314 कोशागार ना. अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर, ढुकुटी, धनसार, भण्डार ।
5315 कोशाध्यक्ष ना. हे. कोषाध्यक्ष |
5316 कोशालय ना. कुनै प्रकोप वा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार वा सहायताका निम्ति जम्मा गरिएको रकम र मालसामानको वितरण तथा सञ्चालन गर्ने कार्यालय, धर्मढुकुटीका रूपको अड्डा ।
5317 कोष ना. १. हे कोश ।
5318 कोष ना. २. पातलो झिल्लीले बेरिएको र जीवनरसको केन्द्रसमेत भएको शरीरमा रहने मांसपिण्ड वा कण ।
5319 कोषकाव्य ना. पूर्वापर सम्बन्ध नभएको तर उही विषयलाई लिएर लेखिएको पद्यसङ्ग्रह।
5320 कोषकेन्द्र ना. जीवकोषको जीवनरस रहने बाक्लो भित्री भाग ।
5321 कोषरस ना. जीवकोषमा रहने जीवनरसबाहेकको अन्य तरल पदार्थ |
5322 कोषाध्यक्ष ना. १. संस्था वा कुनै आर्थिक कारोबार गर्नुपर्ने कार्यालयको सम्पत्ति रेखदेख गर्ने काम जिम्मा लिएको व्यक्ति; खजान्ची ।
5323 कोषाध्यक्ष ना. २. कुनै सङ्गठनको कार्यकारिणी समितिको एकाइमा आर्थिक कारोबार हेर्ने व्यक्तिको पद त्यसै पदमा रहने व्यक्ति ।
5324 कोषावरण ना. जीवरस रहने कोषहरूलाई एक अर्काबाट छुट्ट्याउने र रक्षा गर्ने पातलो झिल्ली जीवनरस रहने कोषको आवरण ।
5325 कोष्ठ ना. १. कोठो ।
5326 कोष्ठ ना. २. पेटको भित्री तह वा भाग ।
5327 कोष्ठ ना. ३. ढुकुटी भण्डार।
5328 कोष्ठक ना. कोठा; खण्ड; खाना ।
5329 कोष्ठक चिह्न ना. व्याख्या, सङ्केत, सूचना, स्पष्टीकरण आदि छर्लङ्ग पार्न अगाडि र पछाडि छेक्ने चिह्न, गणित, विज्ञान आदिमा कुनै एक वर्ग वा समूह छुट्ट्याउने चिह्न (जस्तै- (), [] इ.) ।
5330 कोष्ठबद्ध वि. १. कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको ।
5331 कोष्ठबद्ध वि. ना. २. ठिक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत, गोटा पर्ने रोग ।
5332 कोष्ठबद्धता ना. १. कोष्ठक चिह्नले छेक्ने काम वा ढाँचा ।
5333 कोष्ठबद्धता ना. २. दिसा नहुने वा रोकिने स्थिति कब्जियत ।
5334 कोस ना. १. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण, आठ हजार हात वा चार हजार गज लम्बाइको नापो, आठ सय धनु वा पैतिस सय बिस गजको दुरी ।
5335 कोस ना. २. आँखाका दुवैतिरको कुनु वा चोसो ।
5336 कोस ना. ३. गाजल लगाउने सिन्को।
5337 कोसल ना. कर्नाली ( सरयू) नदीका दुवै किनारमा रहेको प्राचीन एक देश |
5338 कोसलेय ना. १. कोसल देशका अधिपति रामचन्द्र |
5339 कोसलेय ना. वि. २. कोसल देशसँग सम्बन्धित |
5340 कोसाकोसी ना. सानाठुला धेरै कोसाको समूह ।
5341 कोसियार ना. उखुका गेवरा, चिनियाँ, ढोडे, बेरे जस्तै एक भेद, एक जातको उखु, कोसेर उखु ।
5342 कोसिस ना. कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न, चेष्टा, जमर्को प्रयास ।
5343 कोसी ना. दही, मही, अचार आदि राख्ने काममा प्रयोग हुने धातु, काठ वा माटाको भाँडो, सानो आरी।
5344 कोसी ना. पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेका प्रसिद्ध सात नदी सप्तकोसी ।
5345 कोसी अञ्चल ना. नेपालका चौध अञ्चलमध्ये तथा पूर्वाञ्चल विकासक्षेत्रका तीन अञ्चलमध्ये मेची र सगरमाथाका बिचमा रहेको उत्तरतिर चीन र दक्षिणतिर भारतसँग सिमाना जोडिएको एक अञ्चल |
5346 कोसे वि. कोसा भएको वा कोसा निस्कने, कोसाजस्तो (हे. कोसेबाली) ।
5347 कोसे वि. कोस भएको, कोसका परिमाणको ।
5348 कोसे वि. (चारकोसे झाडी, चारकोसे बाटो इ . ) ।
5349 कोसे ढुङ्गो ना. १. कोस कोसका फरकमा राखिने ढुङ्गो ।
5350 कोसे ढुङ्गो ना. २. सीमानिर्धारण गर्न योग्य घटना, उल्लेखनीय कुरा |