Dictionary

All Word

5351 कोसेबाली ना. मास, मस्याङ, सिमी, बोडी, भटमास, केराउ आदि जस्ता कोसा फल्ने बाली ।
5352 कोसेर उखु ना. पहेँलो र मोटो डाँठ हुने एक जातको उखु कोसियार ।
5353 कोसेली ना. कसैलाई सम्झना र चिनुस्वरूप आफ्ना राजीले दिइने कुनै चिज वा वस्तु सौगात, उपहार, नजराना।
5354 कोसेली पेरुङ्गो ना. पेरुङ्गामा हालेर ल्याइने चलनअनुसारको कोसेली, कोसेली र अरू सामग्री ।
5355 कोसो ना. १. बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल ।
5356 कोसो ना. २. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल |
5357 कोहिनुर ना. १. गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा, कोहेनुर ।
5358 कोहिनुर ना. २. अति तेजिलो प्रकाश, प्रकाशको पहाड ।
5359 कोही सर्व कसैलाई नतोकी वा अपरिचित व्यक्तिका नाममा प्रयोग हुने अनिश्चयबोधक शब्द, कुनै ।
5360 कोहेनुर ना. हे. कोहिनुर ।
5361 कोहोलो ना. कोलाहल, कोकोहोलो ।
5362 कौ ना. फलामको काम गर्ने नेवारजातिको एक वर्ग ।
5363 कौंचा ना. काँचको फूलदान वा गमला ।
5364 कौंटी ना. उड्दै गएको चङ्गालाई लट्टाईको धागो झड्कारेर कोल्टो फर्काई तलतिर झार्ने काम ।
5365 कौच ना. बिचमा लचकदार पाताहरू राखी नरिवलका जटा, रुवा आदि हालेर बाहिर कपडा, चट्टी आदिले मोहोरी बनाइएको गद्दीदार मेच; सोफा ।
5366 कौटकिक ना. चराचुरुङ्गी समात्ने वा मार्ने व्यक्ति चराको सिकारी, शाकुनिक।
5367 कौटिलीय वि. कौटिल्य विद्वान्‌ले तयार गरेको; कौटिल्यसम्बन्धी |
5368 कौटिल्य ना. १. इसापूर्व तृतीय शताब्दीका मानिने अर्थशास्त्रका रचयिता तथा प्रसिद्ध कूटनीतिज्ञ आचार्य चाणक्य ।
5369 कौटिल्य ना. २. कुटिल हुनाको काम, भाव वा अवस्था, कुटिलता, टेढोपन ।
5370 कौटिल्य ना. ३. छलकपट, बेइमानी ।
5371 कौटुम्बिक वि. १. कुटुम्ब वा नातागोता भएको कुटुम्बसम्बन्धी कुटुम्बी ।
5372 कौटुम्बिक वि. ना. २. घरको मूली वा जेठोबाठो ; थकाली, बाबु।
5373 कौडिन्य ना. पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि ।
5374 कौडिन्य गोत्र ना. कौडिन्य ऋषिको कुल वा वंशको परिचयात्मक नाम पराजुली, प्याकुरेल, अचार्ज, सापकोटा, सत्याल, बासकोटा, न्यौपाने, खड्का, बगालेथापा, मरासिनी र पनेरू थर हुनेहरूको गोत्र |
5375 कौडी ना. १. सानो खालको कौडो ।
5376 कौडी ना. २. तल्लो तहको दाम थोरै मूल्यको पैसो।
5377 कौडी ना. (उदा.- साथमा एक कौडी छैन, कसरी महिना चलाउने ? ) |
5378 कौडे वि. १. कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने, कौडवाल ।
5379 कौडे वि. २. आँखामा फुलो परेको, कौडाजस्तो आँखा भएको ।
5380 कौडे वि. ना. ३. दास, कमारो; नोकर।
5381 कौडे कमारो ना. उहिलेको चलनअनुसार कानमा कौडी झुन्ड्याई पालिने कमारो खास कमारो |
5382 कौडो ना. १. घुँगी जस्तै एक थरी पानीकिराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी ।
5383 कौडो ना. २. अघिको किनबेचको साधन वा माध्यम ।
5384 कौडो ना. ३. सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल |
5385 कौडो ना. खुकुरीको काँजोनिर धारमा बनाइएको अर्धचन्द्राकार घेरो ।
5386 कौतुक ना. १. कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा, कुतूहल ।
5387 कौतुक ना. २. आश्चर्यजनक वस्तु तमासा ।
5388 कौतुक ना. ३. विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो, लगनगाँठो ।
5389 कौतुकागार/ कौतुकालय ना. १. ऐतिहासिक वा सांस्कृति महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय, म्युजियम, अजायबघर ।
5390 कौतुकागार/ कौतुकालय ना. २. बिहाका दिनमा दुलहीलाई सिंगारपटार गर्ने र कपडा पहिराउने कोठो ।
5391 कौतुकागार/ कौतुकालय ना. ३. कन्यादान गर्ने ठाउँ ।
5392 कौतुकागार/ कौतुकालय ना. ४. मनोरञ्जन गर्ने ठाउँ वा घर ।
5393 कौतुकी वि. १. कौतुक गर्ने; विनोदप्रिय; लहडी स्वभावको ।
5394 कौतुकी वि. २. वैवाहिक सम्बन्ध मिलाउने, लमीको काम गर्ने ।
5395 कौतुकी वि. ३. खेलतमासा देखाउने; चटके, जादुगर।
5396 कौतूहल ना. १. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने ) ।
5397 कौतूहल ना. २. योगीसन्न्यासीहरूले काँधमा भिर्ने कपडा ।
5398 कौपीनधारी ना. कौपीन धारण गर्ने वा लगाउने (व्यक्ति) ।
5399 कौबेरी ना. १. उत्तर दिशा ।
5400 कौबेरी ना. २. कुबेरको शक्ति ।