Dictionary

All Word

5401 कौमार ना. १. कुमार हुनाको भाव, गुण वा अवस्था, कुमारमा रहने कुरा, कौमार्य ।
5402 कौमार ना. २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर ।
5403 कौमार व्रत ना. आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत, जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा ।
5404 कौमार्य ना. १. बालकपन वा युवावस्था, कौमार ।
5405 कौमार्य ना. २. पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व, कुमारीत्व |
5406 कौमुदी ना. १. चन्द्रमाको किरण, ज्योत्स्ना ।
5407 कौमुदी ना. २. कार्तिक शुक्लपक्षको पूर्णिमा ।
5408 कौमुदी ना. ३. पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ ।
5409 कौमोदकी ना. विष्णुका चार हातमा रहने शङ्ख, चक्र, गदा, पद्ममध्ये गदा, विष्णुको गदा ।
5410 कौरव ना. १. कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति ।
5411 कौरव ना. २. कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि) ।
5412 कौरा ना. एक लहर लोग्नेमान्छे र एक लहर स्वास्नीमान्छे उभिई डम्फु र खैँजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य, कडुवा, करुवा ।
5413 कौरो ना. किरियापुत्रीहरू बस्ने ठाउँ, हे. कोरो ।
5414 कौरो ढिकुरो ना. १. मरेको दश दिनसम्म मृतकलाई पिण्डपानी दिन जलाशयनजिकै बनाइएको वेदी, ढिकुरो ।
5415 कौरो ढिकुरो ना. २. कौरो र ढिकुरो गर्ने काम।
5416 कौल ना. हे. कउल ।
5417 कौल ना. घोडाका काठीको अघिल्लो भागमा दायाँबायाँ दुवैतिर पर्ने गरी अड्याइने ब्यागजस्तो वस्तु।
5418 कौल ना. वाममार्गी समुदायको शाक्त मतमा विश्वास गर्ने व्यक्ति वा त्यस्तो सम्प्रदाय ।
5419 कौल करार ना. कुनै विषयमा कबुल गरिने वा पुयाइने करार, सर्तनामा ।
5420 कौलटेय ना. व्यावसायिक रूपमा वेश्यावृत्ति गर्ने नारीको छोरो, वेश्यापुत्र, कुलटाको सन्तान।
5421 कौलतड ना. घोडाको काठीमा कौल कस्ने छालाको पेटी ।
5422 कौलास्नु स. क्रि. १. कसैलाई टाढाबाट चिच्च्याएर बोलाउनु, हकार्नु, गुहार्नु ।
5423 कौलास्नु स. क्रि. अ.क्रि. २. आत्तिएर कराउनु, चिच्च्याउनु ।
5424 कौलासा ना. कौलास्ने काम वा प्रक्रिया |
5425 कौलासिनु क.क्रि. कौलास्ने काम गरिनु ।
5426 कौलासो ना. [?] आपद्को समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम ठुलो स्वरको हकाराइ, बोलाइ वा चिच्याहट |
5427 कौली ना. उज्यालो राम्रो नहुँदैको समय, सबेर, बिहान सखारै ।
5428 कौलो ना. खेतको सानो गरो; गोरु नलाग्ने फगटो |
5429 कौवा ना. १. समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग ।
5430 कौवा ठोरी ना. कागका चुच्चाजस्तो सेता र निला रङका फूल फुल्ने एक जातको बनैयाँ लहरो ।
5431 कौवा फल ना. भुइँकारमा हुने र काफलका जस्ता दाना लाग्ने फल, भुइँकाफल |
5432 कौवाली ना. [अ. कवाल = एक किसिमको बाँसुरी] १. मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत ।
5433 कौवाली ना. २. त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत ।
5434 कौवाली ना. ३. उपर्युक्त प्रकारका गीत गाउनेको पेसा ।
5435 कौवे ना. खोलामा पाइने एक जातको माछो ।
5436 कौशल ना. कुनै पनि विषय वा काममा हुने योग्यता वा युक्तिपूर्वकको शिल्पदक्षता, कुशल वा सिपालु हुनाको भाव वा स्थिति, सिप, चातुर्य, प्रवीणता, कुशलता ।
5437 कौशिक ना. १. कुशिक ऋषिको वंशपरम्परा वा गोत्र ।
5438 कौशिक ना. २. विश्वामित्र ।
5439 कौशिक ना.
5440 कौशिक ना. ३. इन्द्र देवराज ।
5441 कौशिक ना. ४. लाटोकोसेरो ।
5442 कौशिक गोत्र ना. कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुड्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र |
5443 कौशिकी ना. कोशी नदी, सप्तकोसी ।
5444 कौशेय वि. १. रेसमको धागोबाट बनेको; रेसमी ।
5445 कौशेय वि. ना. २. रेसम नामको किराबाट बनेको एक प्रकारको तन्तु, रेसम ।
5446 कौस वि. रेसमको धागोबाट बनेको रेसमी ।
5447 कौस वि. कुशबाट निर्मित; कुशसम्बन्धी; कुशको ।
5448 कौसल ना. १. नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुयाई निर्णयमा पुग्न खड़ा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुयाउने त्यस्तो अड्डा ।
5449 कौसल ना. २. कानुनविद्हरूको सभा, कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा ।
5450 कौसल्या ना. दक्षिण कोसलकी राजकुमारी तथा उत्तर कोसलका राजा दशरथकी जेठी रानी, रामचन्द्रकी आमा ।