Dictionary

All Word

5451 कौसी ना. घरका तलाहरूमा खास गरी बुइँगल तलामा घाम ताप्न वा गर्मी छल्न छाना नहाली बनाइएको खुला ठाउँ, अटाली वा बुजविशेष |
5452 कौसी ना. सरकारी आम्दानीखर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी ।
5453 कौसी तोसाखाना ना. एकतन्त्री जहानियाँ शासनकालसम्म कायम रहेको र विभिन्न प्रकारका व्यावसायिक ब्याङ्कहरू चल्तीमा आउनुभन्दा पहिले नै नेपालको चल धनसम्पत्ति राख्ने जिल्ला जिल्लाको र सदरको ढुकुटी अड्डा ।
5454 कौस्तुभ ना. समुद्रमन्थनमा निस्केको, विष्णुको वक्षस्थलमा लाइने एक प्रसिद्ध मणि वा रत्न ।
5455 क्या निपा. उदेक, खुसी, झर्को, सम्भावना, शङ्का आदि जनाउने वा कुनै कुरामा जोड दिन प्रयुक्त हुने अव्यय, के कस्तो; कत्तिको; खुप ।
5456 क्या निपा. (उदा.- बिनसित्ति पनि क्या झमेला आइलाग्यो बा ! आज फुटबल हेर्दा क्या मजा भयो ! मैले अस्ति नै भनेको कुरो क्या, बिस्य कि कसो ? ) |
5457 क्याँक्नु स. क्रि. अर्द्धचन्द्राकार हत्केलाले पछाडिपट्टि घाँटी समातेर अँचेट्नु, घोक्रो समाउनु, उँधो मुन्टो पारी पिठ्यूँबाट याक्नु ।
5458 क्याँकक्याँक ना. हाँस, मुजुर, सुगा आदि चरा कराउँदा निस्कने शब्द वा बोली ।
5459 क्याँकिनु क.क्रि. क्याँक्ने काम गरिनु ।
5460 क्याँकी ना. १. मानिस वा पशुको गलो; घोक्रो, घाँटी ।
5461 क्याँकी ना. २. एक जातको चरो ।
5462 क्याँकी ना. वि. ३. निम्नस्तरीय, सामान्य सुझबुझ पनि नभएको ।
5463 क्याँट ना. १. कागजी मुद्रा वा नोटको बिटो गड्डागड्डा पारिएको कागजी मुद्रा ।
5464 क्याँट ना. २. मोटो रकम पुँजी, जेथा ।
5465 क्याटवाल वि. धनी, पैसावाल ।
5466 क्याउँक्याउँ ना. १. नचाहिंदो वा नहुने कुरामा पनि झर्कोलाग्दो गरी कराउने काम, कचकच ।
5467 क्याउँक्याउँ ना. २. सामान्य कुरामा पनि हल्ला हुने गरी भएको खलबल, ख्याउँख्याउँ ।
5468 क्याकक्याक क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिएर एकनासले शब्द निस्कने किसिमले |
5469 क्याकक्याकी/क्याकक्याकती क्रि.वि. त्यसरी नै सास रोकिएर छिटो छिटो शब्द निस्कने किसिमसँग ।
5470 क्याक्क क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले किक्क, किक्लिक्क ।
5471 क्याचक्याच क्रि.वि. लगातार थिचिरहने किसिमले ।
5472 क्याचक्याची/क्याचक्याच्ती क्रि.वि. त्यसरी नै अझ छिटो थिच्ने किसिमसित ।
5473 क्याचुक ना. १. ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जात ।
5474 क्याचुक ना. २. शारीरिक अवयव ठिक ठिक नभएको व्यक्ति ।
5475 क्याच्च क्रि.वि. कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले ।
5476 क्याजुयल वि. पहिले थाहा नपाएको तर अपर्झट परिआउने; आकस्मिक; खण्डे।
5477 क्याजुयल कनेक्सन ना. आकस्मिक वा अस्थायी रूपमा जडिने टेलिफोनको जडान |
5478 क्याजुयल बिदा ना. आकस्मिक बिदा भइपरिआउने बिदा ।
5479 क्याजुयल बिदा ना. सङ्क्षे.- क्या.. |
5480 क्यान क्रि.वि. के कारणका लागि किन ( उदा.- क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गया । - भानुभक्तको रामायण) ।
5481 क्यानरी ना. प्राय: पहेँलो रङको, मिठो बोली बोल्ने, भँगेराजत्रो सानो एक जातको चरो ।
5482 क्यान्सर ना. हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूल जस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग ।
5483 क्याप्टेन ना. हे. कप्तान ।
5484 क्याप्प क्रि.वि. हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले ट्याप्प |
5485 क्याबात वि. बो. कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द, स्याबास ।
5486 क्याबात वि. बो. (उदा.- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन्!)।
5487 क्याबिन ना. १. अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो ।
5488 क्याबिन ना. २. व्यक्तिगत कोठो ।
5489 क्याबिन ना. ३. जहाजमा बस्नसुत्न हुने सानो कोठो ।
5490 क्याबिनेट ना. १. प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक, मन्त्रीहरूको सभा ।
5491 क्याबिनेट ना. २. मन्त्रिमण्डल मन्त्रिपरिषद् ।
5492 क्यामकल ना. औंठी, फुली, ढुङ्ग्री आदिमा जडिने टल्कने पत्थरविशेष |
5493 क्यामरा ना. कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र, छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण |
5494 क्यामुनु ना. तीन अङ्गुलजति फरक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेंलो फूल फुल्ने र बोक्रा नसको काममा एक प्रकारको रुख ।
5495 क्याम्प ना. १. कम्पाउन्ड, हाता; गिर्दा क्याम्पा ।
5496 क्याम्प ना. २. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ शिविर |
5497 क्याम्प खाट ना. क्याम्पमा रोगीलाई अस्पताल पु-याउने खाट ।
5498 क्याम्प फायर ना. सिपाहीहरूले विशेष उत्सवमा वा तालिम लिंदा बन्दुक आदि पकाउने काम ।
5499 क्याम्पस ना. प्रमाणपत्र वा आई. ए. तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय |
5500 क्याम्पस प्रमुख ना. क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक कार्यसञ्चालन गर्ने प्रमुख व्यक्ति ।