Dictionary

All Word

5501 क्याम्पा ना. चारैतिर पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय, गिर्दा, हाता, क्याम्प |
5502 क्यार निपा. वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे ।
5503 क्यार निपा. (उदा.- भाइहरू घर आएका छैनन् क्यार ! )।
5504 क्यारम बोर्ड ना. दुई रङका ससाना गोटी स्टाइगरले हुत्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड |
5505 क्यारी ना. १. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो।
5506 क्यारी ना. २. बगैंचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ ।
5507 क्यारे निपा. शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय ।
5508 क्यारे निपा. (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे !)।
5509 क्याल्कुलेटर ना. जोड घटाउ, भाग- गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण, गणक ।
5510 क्यालेन्डर ना. वर्षभरिका महिना, गते, वार, छुट्टीका दिन तथा चाडपर्व आदि अङ्कित गरिएको, भित्तामा झुन्ड्याइने छोटकरी पात्रो, भित्तेपात्रो ।
5511 क्युरिओ / क्युरियो ना. १. कुनै देशको निजत्व झल्काउने मूर्ति, मुद्रा, कपडा वा यस्तै सांस्कृतिक महत्त्वका वस्तु बिक्री गरिने पसल ।
5512 क्युरिओ / क्युरियो ना. २. त्यस्ता सांस्कृतिक महत्त्वका वस्तु राखिने ठाउँ ।
5513 क्रकुच्छन्द ना. भद्र नामक कल्पका पाँच बुद्धमध्ये श्लेष्मान्तक वनमा तपस्या गर्ने भनी प्रसिद्ध एक प्राचीन मानव बुद्ध ।
5514 क्रतु ना. कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य, हवन, यज्ञ ।
5515 क्रन्दन ना. १. दुःखपूर्ण चिच्च्याहट, विलाप, रुवाइ ।
5516 क्रन्दन ना. २. युद्ध निम्ति गरिएको आह्वान, हाँक ।
5517 क्रम ना. १. बिचमा नरोकिई चल्दै आउने प्रक्रिया, सिलसिला, मेलो ।
5518 क्रम ना. २. रुल नियम ।
5519 क्रम ना. ३. पाइलो चलाइ; कदम, फड्को ।
5520 क्रमबद्ध वि. सिलसिला मिलाइएको ।
5521 क्रमबद्धता ना. क्रम मिलेको अवस्था वा पन |
5522 क्रमविहीन वि. क्रम नभएको ।
5523 क्रमश: अव्य. १. पालैपालो गरेर, क्रमैसित; रोलसँग ।
5524 क्रमश: अव्य. २. बिस्तारै बिस्तारै अलि अलि गरेर ।
5525 क्रमसङ्ख्या ना. नाम, विषय आदिको क्रम देखाउन एकपछि अर्को पालैसित राखिएको अङ्क वा सङ्ख्या सिलसिलेवार नम्बर ।
5526 क्रमागत वि. १. क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको ।
5527 क्रमागत वि. २. पितापुर्खाका पालादेखि चलिआएको परम्पराग।
5528 क्रमाङ्क ना. १. क्रमसङ्ख्या सिलसिलेवार नम्बर ।
5529 क्रमाङ्क ना. २. परीक्षार्थीहरूको रजिस्टरमा दर्ता भएको नम्बर; रोल नम्बर ।
5530 क्रमाङ्कन ना. १. कुनै विषयलाई क्रम वा सिलसिलाअनुसार सङ्ख्यामा बाँध्ने काम ।
5531 क्रमाङ्कन ना. २. कार्यालय आदिको रजिस्टरमा अकारादि क्रम मिलाई वा नमिलाई कुनै विषय वा कुरो सङ्ख्या दिएर लेख्ने काम।
5532 क्रमानुसार अव्य. क्रममुताबिक, रोलबमोजिम क्रमशः ।
5533 क्रमिक वि. १. क्रमैसँग वा पालैसित आएको; क्रमागत ।
5534 क्रमिक वि. २. सिलसिला मिलेको, क्रम भएको ।
5535 क्रमिक वि. ३. बिस्तार बिस्तार, अलि अलि ।
5536 क्रय ना. नगद व्यवहार गरी कुनै मालसामान लिएर आफ्नो अधिकारमा पार्ने काम किन्ने काम; खरिद ।
5537 क्रयविक्रय ना. १. खरिदबिक्री ; किनबेच ।
5538 क्रयविक्रय ना. २. हानिनोक्सानी, मर्का ।
5539 क्रयशक्ति ना. १. अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य ।
5540 क्रयशक्ति ना. २. अर्थशास्त्रमा जनताको आर्थिक स्तरको मापन गर्दा प्रयोग हुने शब्द |
5541 क्राइस्ट ना. इसाई धर्मका प्रवर्तक एक प्रसिद्ध महात्मा; इसा ।
5542 क्राउन ना. बिस इन्च लामो र पन्ध्र इन्च चौडा भएको कागतको नापो ।
5543 क्रान्त वि. १. आफ्नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको।
5544 क्रान्त वि. २. आक्रमण गरिएको, थिचिएको ।
5545 क्रान्तदर्शी वि. १. विलक्षण बुद्धि भएको, सर्वज्ञ ।
5546 क्रान्तदर्शी वि. २. युगानुकूल व्यवहार गर्ने, परिवर्तनका गतिमा कुशल ।
5547 क्रान्ति ना. १. कुनै शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको प्रयास वा क्रियाकलाप, विद्रोह ।
5548 क्रान्ति ना. २. त्यसरी भएको ठुलो परिवर्तन वा उल्टापाल्टी, हेरफेर, अदलाबदली ।
5549 क्रान्ति ना. ३. अगाडि लम्कने वा विजय पाउने क्रिया, गति वा चाल |
5550 क्रान्तिकारिता ना. क्रान्तिको भाव वा क्रिया; परिवर्तन ल्याइने कामकुराको गतिमयता |