Dictionary

All Word

5551 क्रान्तिकारी वि. प्रचलित शासनव्यवस्था, परम्परा, सामाजिक स्थिति आदिमा परिवर्तन ल्याउन चाहने; त्यस प्रकार फेरबदल गर्ने; विद्रोही ।
5552 क्रान्तिमण्डल ना. पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्त ।
5553 क्रान्तिवाद ना. भइरहेको स्थितिमा क्रान्ति वा आमूल परिवर्तन गर्ने राजनीतिक सिद्धान्त|
5554 क्रान्तिवादी वि. क्रान्ति वा आमूल परिवर्तनको सिद्धान्तलाई मान्ने वा त्यसको अनुयायी ।
5555 क्रान्तिवृत्त ना. क्रान्तिमण्डल ।
5556 क्रिकेट ना. दाबिलाका छाँटको लट्ठीले सानो बललाई हानेर रन बनाउन प्रतिस्पर्धा गरिने एक खेल ।
5557 क्रिम ना. १. अनुहारको छाला मुलायम पार्ने वा मुख सिंगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान ।
5558 क्रिम ना. २. दुध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु, मखन, नौनी ।
5559 क्रिया ना. १. कुनै पनि काम भइरहनाको अवस्था वा भाव ।
5560 क्रिया ना. २. तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ.) ।
5561 क्रिया ना. ३. कुनै पनि काम गर्ने चेष्टा, ढग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ.); प्रयत्न ।
5562 क्रिया ना. ४. कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम ( व्यावहारिक क्रिया, शल्यक्रिया इ.) ।
5563 क्रिया ना. ५. व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु गरिनुको वाचक शब्द |
5564 क्रिया ना. ६. मृतकको अन्त्येष्टि कर्म, किरिया ।
5565 क्रियाकर्म ना. मृतकको अन्त्येष्टि कर्म, काज किरिया ।
5566 क्रियाकलाप ना. कुनै क्षेत्र वा समयमा हुने कामको गतिविधि |
5567 क्रियाखर्च ना. काजकिरियामा लागेको खर्च, काज किरियाका लागि सरकारी तह वा अन्यत्र कतैबाट दिइने त्यस्तो खर्च |
5568 क्रियाचतुर ना. १. शृङ्गार रसको आलम्बन बनेको, अनेक कौशल वा छलछामबाटै काम पट्याउने नायक ।
5569 क्रियाचतुर ना. वि. २. काममा सिपालु कार्यदक्ष |
5570 क्रियात्मक वि. १. कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक |
5571 क्रियात्मक वि. २. क्रिया वा कार्यका रूपमा आएको वा गरिएको ।
5572 क्रियात्मकता ना. क्रियात्मक हुनाको भाव वा स्थिति ।
5573 क्रियान्वयन ना. कुनै सिद्धान्त वा नियमलाई व्यवहारमा ल्याउने वा प्रयोग गर्ने काम ।
5574 क्रियान्वयी वि. १. क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध ( उता, छिटो गरेर, पढी, खेल्न इ.) ।
5575 क्रियान्वयी वि. ना. २. क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी) मानिएका मध्ये एक ।
5576 क्रियापद ना. क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द, खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया ( जान्छु, जान्छौं, बस्छ, बस्छन्, हेयो, हेरे, लेख्ला, लेखेछ इ.) ।
5577 क्रियापुत्री ना. मृतकका नाउँमा तेह्रौं दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि और्ध्वदेहिक कार्य गर्ने व्यक्ति, किरिया बस्ने छोरो, छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति ।
5578 क्रियाबिदा ना. मृतकको काजकिरिया आफैं गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा ।
5579 क्रियायोगी ना. समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी ) ।
5580 क्रियारत ना. कुनै पनि काममा लागेको कार्यसंलग्न उद्यमी ।
5581 क्रियाविशेषण ना. क्रियाको विशेषता र गुण बुझाउने र त्यसका प्रकार, रूप, स्थान आदिको बोध गराउने अव्यय शब्द (मिरमिर, रनक्क, सलसल, राम्ररी इ.) ।
5582 क्रियाशील वि. चालु अवस्थामा रहेको; सक्रिय, गतिशील, हिँडडुल गर्ने, चल्ने, चलायमान ।
5583 क्रिस्तान वि. इसा वा इसाई धर्मको अनुयायी, इसाई ।
5584 क्रीडन ना. क्रीडा गर्ने वा खेल्ने काम; खेलबाड ।
5585 क्रीडनक ना. १. खेलबाडका सामान, खेलौना ।
5586 क्रीडनक ना. २. खेल-तमासा ।
5587 क्रीडा ना. १. मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक कामकुरा, खेल, खेलबाड, आमोदप्रमोद, मनबहलाउ ।
5588 क्रीडा ना. २. सम्भोग स्त्रीपुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन ।
5589 क्रीडाकानन ना. मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैंचा, प्रमोदवन, आनन्दवन |
5590 क्रीडागृह ना. प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन, रतिक्रीडा गर्ने घर वा कोठो खेलबाड गर्ने घर ।
5591 क्रीडास्थान ना. घरबाहिर वा घरभित्र खेलिने खेलका निम्ति बनाइएको ठाउँ, रङ्गशाला, रङ्गभूमि ।
5592 क्रीत वि. नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको किनिएको; खरिद गरिएको ।
5593 क्रीतक ना. १. किनिएको नोकर, कमारो |
5594 क्रीतक ना. २. किनेको छोरो, क्रीतपुत्र |
5595 क्रुद्ध वि. कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको क्रोध गर्ने, भवाँक्किएको, रिसाएको ।
5596 क्रूर वि. १. अरूलाई सताउने, पिरमर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर, निर्दयी, दुष्ट |
5597 क्रूर वि. २. झोक्किने प्रवृत्ति भएको, रिसाहा ।
5598 क्रूरकर्मा वि. क्रूर स्वभाव भएको; जघन्य काम गर्ने, निष्ठुर ।
5599 क्रूर ग्रह वि. ज्योतिषशास्त्रअनुसार पापग्रह (सूर्य, मङ्गल, शनि, राहु, केतु यी पाँच ग्रह र पापग्रहका साथै एउटै राशिमा बसेको बुध पनि) ।
5600 क्रूरता ना. क्रूर प्रकृति तथा नीच वृत्ति हुनाको भाव वा अवस्था दुष्टता ।