Dictionary

All Word

6251 खप्नु अ.क्रि. १. कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु।
6252 खप्नु अ.क्रि. २. फारो हुनु।
6253 खप्नु अ.क्रि. स.क्रि. ३. दुःखकष्ट, आपद्विपद् आदि सहनु; बेहोर्नु।
6254 खपखप क्रि.वि. बिचमा, नरोकिईकन छिटछिटो खाने वा निल्ने गरी; कपकप; खुपुखुपु।
6255 खपखपी/खपखपती क्रि.वि. अझ छिटो खपखप खाने वा निल्ने किसिमले।
6256 खपटिनु अ.क्रि. खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु; दुब्लोपातलो हुनु।
6257 खपटे वि. १. खपटा जस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे।
6258 खपटे वि. २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।
6259 खपटो ना. १. माटाको भाँडो फुटेको टुक्रो; खप्टो।
6260 खपटो ना. २. बाँस आदिको पातजस्तो बोक्रो।
6261 खपटो ना. ३. पक्षीका फुलको बोक्रो।
6262 खपटो ना. ४. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा।
6263 खपट्याइ ना. खपटिने क्रिया वा प्रक्रिया।
6264 खपट्याइनु क.क्रि. खपटाजस्तो बनाइनु, खपटिन लाइनु।
6265 खपट्याउनु प्रे.क्रि. खपटाजस्तो बनाउनु; खपटिने पार्नु।
6266 खपडा ना. १. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
6267 खपडा ना. २. बाँसका आँख्लाको खपटो।
6268 खपत ना. १. बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री।
6269 खपत ना. २. कुनै वस्तु नबची पूर्ण रूपमा हुने खर्च, व्यय; उपभोग।
6270 खपरा ना. १. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
6271 खपरा ना. २. बाँसका आँख्लाको खपटो।
6272 खपरु ना. १. जोगी, सन्न्यासी आदिले घर घरमा गएर भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
6273 खपरु ना. २. नरिवल आदिको खप्पर।
6274 खपऱ्याङ ना. १. बाँसको सुकेपछि आफैं फुक्लिएर झर्ने खबटा।
6275 खपऱ्याङ ना. २. तराईमा बढी प्रयोग हुने, माटाको टायलजस्तो छाउने साधन; एक प्रकारको टायल; झिँगटी |
6276 खपाइ ना. १. खाप्ने किसिम, क्रिया वा भाव।
6277 खपाइ ना. खप्ने भाव, क्रिया वा प्रक्रिया; टिकाइ।
6278 खपाइनु क.क्रि. धेरै समयसम्म पुऱ्याइनु; टिकाइनु।
6279 खपाउ वि. धेरै समयसम्म खप्ने वा टिक्ने, टिकाउ।
6280 खपाउनु प्रे.क्रि. १. धेरै समयसम्म पुऱ्याउनु, टिकाउनु।
6281 खपाउनु प्रे.क्रि. स.क्रि. २. बिक्री गर्नु; समाप्त पार्नु।
6282 खपाखप क्रि.वि. धमाधम खाने किसिमले; कपाकप।
6283 खपिनु अ.क्रि. दिगो होइनु; टिकिनु।
6284 खपिस वि. १. कुनै कामकुरामा सिपालु, कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस।
6285 खपिस वि. २. खग्गड; खग्गु।
6286 खपिसी/खपिस्याइँ ना. खपिस हुनाको चाल; पोख्त हुने ढाँचा; चतुऱ्याइँ।
6287 खपुवा वि. धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने, खप्ने टिकाउ।
6288 खपैँचो ना. माटाका भाँडा फुटेका खबटा।
6289 खप्कनु स.क्रि. कुनै भाँडाले अन्न आदि खाँदेर भर्नु, खम्कनु।
6290 खप्काइ ना. खप्कने काम वा प्रक्रिया |
6291 खप्काइनु क.क्रि. खाँदेर भर्न लाइनु; खम्काइनु।
6292 खप्काउनु प्रे.क्रि. खाँदेर भर्न लाउनु, खम्काउनु।
6293 खप्किनु क.क्रि. अटाएसम्म उभाइनु; खाँदेर भरिनु।
6294 खप्की ना. कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; फँटाइ।
6295 खप्टनु स.क्रि. १. कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु।
6296 खप्टनु स.क्रि. २. थपथाप गर्नु, थप्नु।
6297 खप्टाइ ना. खप्टने काम वा प्रक्रिया।
6298 खप्टाइनु क.क्रि. खप्टने काम गरिनु।
6299 खप्टाउनु प्रे.क्रि. खप्टने काम गराउनु; खप्टने पार्नु।
6300 खप्टिनु क.क्रि. कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु।