Dictionary

All Word

6301 खप्ट्याइ ना. खप्टिने काम वा प्रक्रिया।
6302 खप्ट्याइनु क.क्रि. खप्टिने काम गरिनु।
6303 खप्ट्याउनु प्रे.क्रि. १. खप्टिने पार्नु।
6304 खप्ट्याउनु प्रे.क्रि. स.क्रि. २. एक वस्तुमाथि अर्को वस्तु राख्नु; खप्टनु।
6305 खप्टुवा वि. खप्टेको; एउटामाथि अर्को थपेको।
6306 खप्टो ना. हे खपटो।
6307 खप्तड ना. पश्चिमी नेपालमा सेती अञ्चलअन्तर्गत डोटी जिल्लामा पर्ने एक ऐतिहासिक स्थान वा त्यसैको लेक।
6308 खप्तड निगालो ना. खैरो भुइँ भएको र त्यसमाथि कालो छिर्कामिर्का परेको, मोटो खालको तर टुप्पा मसिङ्ग्रिदै गएको, प्रायः खप्तडका लेकतिर पाइने प्रसिद्ध निगालो।
6309 खप्तडी ना. १. खप्तडका बासिन्दा; खप्तरी।
6310 खप्तडी ना. २. नली वा कलम बनाइने एक जातको निगालो; खप्तड निगालो।
6311 खप्तडी ना. ३. नेपालका छेत्रीहरूको एक थर।
6312 खप्तडेली ना. १. नेपाली भाषाको डोटी र डँडेलधुरा क्षेत्रमा बोलिने मध्य पच्छिमा भाषिकालाई सङ्क्षेपमा जनाउने नाउँ।
6313 खप्तडेली ना. वि. २. खप्तडसित सम्बन्धित; खप्तडको।
6314 खप्तर ना. पश्चिमी नेपालमा सेती अञ्चलअन्तर्गत डोटी जिल्लामा पर्ने एक ऐतिहासिक स्थान वा त्यसैको लेक।
6315 खप्पु क्रि.वि. नचपाईकन एकैपल्ट एकदम निल्ने वा खाने किसिमले।
6316 खप्पुखप्प क्रि.वि. लगातार खप्प पार्ने किसिमसँग।
6317 खप्पू ना. नचपाईकन एकैपल्ट एकदम निल्ने वा खाने किसिमले।
6318 खप्पर ना. १. टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी।
6319 खप्पर ना. २. जोगीहरूले भिक्षा माग्ने भाँडो, भिक्षापात्र।
6320 खप्पर ना. ३. भाग्य; किस्म।
6321 खप्पर ना. ४. नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो।
6322 खप्परु ना. जोगीको भिक्षापात्र; खप्पर।
6323 खप्परे वि. १. ठुलो वा अग्लो खप्पर भएको।
6324 खप्परे वि. २. हातमा खप्पर लिएको।
6325 खप्पिस वि. १. कुनै कामकुरामा सिपालु, कार्यकुशल; अनुभवी; दक्ष; पोख्त; खपिस।
6326 खप्पिस वि. २. खग्गड; खग्गु।
6327 खप्पू ना. केही थप भइरहेकामा फेरि थप; थपमाथिको थप; खापमाथिको खाप; खप्ट्याइ।
6328 खप्प्याइ ना. खप्प्याउने क्रिया वा प्रक्रिया।
6329 खप्प्याइनु क.क्रि. खप्याउने काम गरिनु।
6330 खप्प्याउनु स.क्रि. कुनै गिलो पदार्थ फटाफट खानु; गफल्क्याउनु।
6331 खप्लक्क क्रि.वि. कुनै कुरा एउटै गाँसमा खाने किसिम वा ढङ्गमा; कप्लक्क।
6332 खप्ल्याइ ना. खप्ल्याउने क्रिया वा प्रक्रिया।
6333 खप्ल्याइनु क.क्रि. धमाधम खाइनु; गफल्क्याइनु।
6334 खप्ल्याउनु स.क्रि. कुनै खाद्य पदार्थ धमाधम खानु; गफल्क्याउनु।
6335 खप्ल्याक्क क्रि.वि. एकै गाँसमा खाने किसिमले; खप्लक्क।
6336 खबटाखबटी ना. सानाठुला खबटाको समूह; सानाठुला धेरै खबटा।
6337 खबटिनु अ.क्रि. खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु; दुब्लोपातलो हुनु।
6338 खबटे वि. १. खपटा जस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे।
6339 खबटे वि. २. खपटाको वा खपटाले बनेको; खपटासम्बन्धी।
6340 खबटे टीको ना. विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठुलो टीको।
6341 खबटे ना. १. माटाको भाँडाको फुटेको टुक्रो खपटो।
6342 खबटे ना. २. अन्डाको फुटेको कडा खोल वा बोक्रो।
6343 खबर ना. समाचार; हाल; वृत्तान्त; सूचना; जानकारी।
6344 खबर कागत/कागज ना. सञ्चारको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको र सर्वसाधारणलाई देशविदेशका महत्त्वपूर्ण समाचार; तात्कालिक घटना आदिको जानकारी दिनका लागि प्रकाशित हुने पत्र; समाचारपत्र।
6345 खबरदार ना. कुनै सम्भावित खतराप्रति सजग गराउँदा र नराम्रो बाटामा हिँड्न लागेको वा नराम्रो काम गर्न लागेको व्यक्तिलाई चेतावनी दिँदा भनिने शब्द; सावधान; होसियार।
6346 खबरदारी ना. खबरदार गराउने काम; सचेत गराउने काम; सावधानी।
6347 खबरपाटी ना. सम्बन्धित सबैको जानकारीका लागि सूचना, समाचार आदि टाँसिने पाटी; सूचनापाटी।
6348 खमण्डल ना. आकाशको गोल परिधिभित्र हुने सूर्य, चन्द्र, तारा आदि ग्रहनक्षत्रहरूको समूह; आकाशमण्डल; व्योममण्डल।
6349 खमरन्डा/खमरन्दा ना. काठ ताछेर चिल्लो पार्ने काममा प्रयोग गरिने एक प्रकारको सानो रन्डा।
6350 खमाइ ना. खाम्ने क्रिया वा प्रक्रिया।