Dictionary

All Word

6351 खमारी ना. हात्ती बाँधिने खम्बा; आलानस्तम्भ।
6352 खमारी ना. पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।
6353 खमिर ना. सडाईगलाई अमिल्याएको पिठो, खुदो आदि वस्तु।
6354 खमिरा वि. खमिर हालेको; खमिर भएको।
6355 खम्कनु स.क्रि. कुनै भरिने वस्तु अटाएसम्म उभाउनु; खाँदेर भर्नु; खप्कनु।
6356 खम्काइ ना. खम्कने क्रिया वा प्रक्रिया |
6357 खम्काइनु क.क्रि. खम्कन लाइनु; खप्काइनु।
6358 खम्काउनु प्रे.क्रि. खम्कने गराउनु, खम्कन लाउनु, खप्काउनु।
6359 खम्किनु क.क्रि. खाँदेर भरिनु, खप्किनु।
6360 खम्बा ना. १. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
6361 खम्बा ना. २. मौलो।
6362 खम्बानी ना. अग्नेली खलकको पहाडवर्गमा पर्ने, पूर्वी नेपालमा बोलिने लिम्बू भाषाका विभिन्न भेदमध्ये एक प्रमुख भेद।
6363 खम्बिर वि. खम्बा जस्तै अडिग; स्थिर, गम्भीर।
6364 खम्बु ना. गुप्त सल्लाह; भित्री मतो।
6365 खम्भा ना. १. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
6366 खम्भा ना. २. मौलो।
6367 खम्सनु स.क्रि. १. भालेपोथी जोल्टिनु, स्त्रीप्रसङ्ग गर्नु, मैथुन गर्नु।
6368 खम्सनु स.क्रि. २. खँगारिनु; झर्नु।
6369 खम्सनु स.क्रि. ३. बेपर्वाहसँग अन्न भर्नु वा भरेर दिनु।
6370 खम्साइ ना. खम्सने क्रिया वा प्रक्रिया।
6371 खम्साखम्सी ना. धमाधम खम्सने काम।
6372 खम्सिनु अ.क्रि. १. खँगारिनु, झर्नु।
6373 खम्सिनु अ.क्रि. २. मिसिनु, जोल्टिनु।
6374 खम्स्याइ ना. खम्स्याउने क्रिया वा प्रक्रिया |
6375 खम्स्याइनु स.क्रि. स्त्रीप्रसङ्ग गरिनु; खम्सिनु।
6376 खम्स्याउनु स.क्रि. खम्सनु; स्त्रीप्रसङ्ग गर्नु।
6377 खयर ना. अमलाका जस्ता ससाना पात हुने, मञ्जरीका छाँटका सेता सानासाना फूल फुल्ने, खैरो लामो कोसा र खैरै काठ हुने काँढादार बोट वा त्यसैको काठ पकाएर झिकेको सारवस्तु।
6378 खर वि. १. कडा स्वभावको; खरो मिजासको।
6379 खर वि. २. रामायणको कथाअनुसार रामद्वारा मारिएको एक राक्षस।
6380 खर वि. ३. गधा।
6381 खर ना. बाबियोका जस्ता लामा लामा सिन्के पात हुने, घर, गोठ आदि छाउने काममा प्रयोग गरिने एक प्रकारको झार; सालिम्मो (प. ने.)।
6382 खरक ना. गाईबस्तुको गोठ राख्न र तिनीहरूलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा।
6383 खरकट्टी ना. खर पालेको जग्गा; खरघारी।
6384 खरकमल ना. खरबारीमा उम्रने कमलजस्तो एक जातको फूल।
6385 खरकस ना. काठमा खोल झिक्न वा काठ ताछ्नका निम्ति सोझो चिनु लाउन प्रयोग गरिने, बिचमा सानो किलो गाडेको सिकर्मीको ज्याबल।
6386 खरखजाना ना. १. लडाइँमा प्रयोग गरिने गोली, बारुद आदि सरसामान; हातहतियार; खजाना।
6387 खरखजाना ना. २. सुन, चाँदी, रुपियाँपैसा आदि धनसम्पत्ति; नगद रकम।
6388 खरखर ना. १. मुसा, खरायो आदिले खोत्रँदा आउने आवाज।
6389 खरखर ना. क्रि.वि. २. त्यसरी खोसँदा आवाज आउने किसिमले।
6390 खरखर क्रि.वि. कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु।
6391 खरखरती क्रि.वि. नरोकीकन, धमाधम खुरुखुरु।
6392 खरखराइ ना. खरखराउने क्रिया वा प्रक्रिया |
6393 खरखराइनु अ.क्रि. खरखर शब्द निस्किनु।
6394 खरखराउनु अ.क्रि. १. मुसा, बिराला आदिले खोसेको वा कोरेको आवाज आउनु, खरखर शब्द निस्कनु।
6395 खरखराउनु अ.क्रि. २. पैसा, अन्न आदि धमाधम झर्नु।
6396 खरखरी क्रि.वि. नरोकीकन, धमाधम खुरुखुरु।
6397 खरखरे ना. टेबुल, दराज आदिमा बाहिर तान्न र भित्र घुसार्न हुने गरी मालसामान राख्न बनाइएको सानो खण्ड; घर्रा।
6398 खरखाँचो ना. आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा, खनखाँचो, गाह्रोसाह्रो; असर्दो।
6399 खरखिचोला ना. खिचोला आदि गर्ने काम; विघ्नबाधा।
6400 खरखुवाई ना. कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना।