Dictionary

All Word

6401 खरदार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह |
6402 खरदारी ना. खरदारको काम, पद वा अवस्था।
6403 खरब ना. सय अरबको सङ्ख्या १,००,००,००,००,०००।
6404 खरबुजो ना. फर्सीको जस्तो डल्लो आकारमा हरिया र सेता धर्का हुने काँक्राका जस्ता बियाँ लाग्ने र पाकेपछि गुलियो गुदी हुने, प्रायः बालुवाप्रधान भूमिमा फल्ने एक फल।
6405 खरमासो ना. दैलाको बाहिरपट्टि साँचो लाउनका निम्ति गाडिएको पाङ्ग्रो।
6406 खररा ना. १. खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन।
6407 खररा ना. २. गाई, घोडा आदिको जिउ मल्ने र बुरुसमा लागेका रौँ र धुलोसमेत झार्ने बुरुस जस्तै फलामे साधन।
6408 खराइ ना. खराउने क्रिया वा प्रक्रिया।
6409 खराइनु क.क्रि. खरो पारिनु, सुकाइनु।
6410 खराउ ना. खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता, पादुका, कठपाउ; खडाउ।
6411 खराउनु स.क्रि. १. कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु।
6412 खराउनु स.क्रि. २. खुब तताउनु ज्यादै सुकाउनु।
6413 खराउ खुट्टे वि. १. पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको।
6414 खराउ खुट्टे वि. ना. २. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।
6415 खराखर क्रि.वि. धमाधम; खरखरी; खुरुखुरु।
6416 खराखरी क्रि.वि. सरासरी; नरोकीकन।
6417 खराज/खराद ना. १. काठ, धातु आदिका वस्तु सम्म्याउने वा सफा गर्ने औजारविशेष।
6418 खराज/खराद ना. २. काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम।
6419 खराज कल ना. अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिइसकेपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो टल्कने बनाउने कल।
6420 खरानी ना. दाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा क्षार पदार्थ; भस्म; खाक।
6421 खरानी दानी ना. खरानी हाल्ने वा खरानी फ्याँक्ने, झार्ने भाँडो; ठुटोरो (एस्ट्रे)।
6422 खराने वि. १. खरानी रङको खरानीसम्बन्धी।
6423 खराने वि. २. बेकम्मा; रद्दी |
6424 खराने वि. ना. ३. एक प्रकारको बनैयाँ झार।
6425 खराब वि. १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक।
6426 खराब वि. २. चालचलन बिग्रेको; दुर्जन; दुष्ट |
6427 खराब वि. ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर।
6428 खराब वि. ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ.)।
6429 खराबी ना. १. खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण, कमी।
6430 खराबी ना. २. हानि नोक्सानी |
6431 खरायो ना. मुसाका जातको, बिरालोजत्रो, लामा कान हुने र उफ्रिँदै दगुर्ने, शाकाहारी एक जङ्गली प्राणी; चौघडा।
6432 खरिनु अ.क्रि. १. कुनै वस्तु आगो वा घामले खरो हुनु, डढ्लाजस्तो भएर भुटिनु।
6433 खरिनु अ.क्रि. २. आकाङ्क्षा बढ्नु, उत्कण्ठित हुनु।
6434 खरिनु अ.क्रि. ३. रुखिनु, भोक, प्यासले पीडित हुनु।
6435 खरिनु अ.क्रि. ४. धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु।
6436 खरिद्नु स.क्रि. अर्काका अधिकारमा रहेको कुनै वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो बनाउनु, खरिद गर्नु, किन्नु बेसाउनु।
6437 खरिद ना. अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम किन्ने काम; बेसाउने काम; किनमेल।
6438 खरिद आदेश ना. सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालय प्रमुखद्वारा दिइने आदेश।
6439 खरिददार वि. मालसामान खरिद गर्ने; किन्ने; ग्राहक; गाहक |
6440 खरिददारी ना. खरिद गर्ने वा किन्नेको काम; खरिददारको काम।
6441 खरिदबिक्री ना. किन्ने र बेच्ने काम; किनबेच; क्रयविक्रय।
6442 खरिदाइ ना. खरिद्ने क्रिया वा प्रक्रिया।
6443 खरिदाइनु क.क्रि. खरिद गर्न लाइनु, किनाइनु।
6444 खरिदाउनु प्रे. क्रि. किन्न लाउनु; खरिद गराउनु।
6445 खरिदार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह |
6446 खरिदारी ना. खरदारी; खर्दारी।
6447 खरिदिनु क.क्रि. खरिद गरिनु, किनिनु।
6448 खरिदी वि. खरिद गरिएको; लाग्ने मोल तिरेर लिइएको वा आफ्नो पारिएको।
6449 खरिद बिर्ता ना. बिर्तावालबाट किनिएको बिर्ता जग्गा।
6450 खरियो ना. भाँडाकुँडा बनाउँदा मिलाउने एक प्रकारको हतियार।