Dictionary

All Word

6451 खरी ना. १. ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख।
6452 खरी ना. २. निगालेझाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी।
6453 खरी ना. १. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।
6454 खरी ना. २. मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला।
6455 खरीगाँठे वि. १. सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे।
6456 खरीगाँठे वि. २. भुसतिघ्रे।
6457 खरीघसा वि. खरी घसेर वा खरीले लेखेर एक एक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने।
6458 खरीघसाइ ना. खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो।
6459 खरीघोटाइ ना. खरी घोट्ने काम लेनदेन व्यवहारमा एक एक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ।
6460 खरीजुको ना. रुखमा रहने खरी रङको एक जातको ठुलो को।
6461 खरीमट्टी ना. सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो ; खरी।
6462 खरीसाउँलो वि. गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)।
6463 खरुकी ना. घोडाले मन पराएर खाने निगालेझाँप्रोजस्तो एक प्रकारको घाँस।
6464 खरुको ना. सानो र मसिनो एक जातको खर; खरी।
6465 खरुवा वि. आगामा बेस्करी तताएर खारेको; शुद्ध पारेको (घिउ)।
6466 खरुवा ना. तराईतिर बुनिने एक प्रकारको मोटो र खस्रो कपडा; रातो वा कलेजी रङको खाँडी।
6467 खरेटो ना. १. मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन।
6468 खरेटो ना. २. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कुचो, पुयँटी।
6469 खरो वि. १. खराएको; खुब भुटिएको वा सुकेको।
6470 खरो वि. २. रुखो; बिरसिलो; कडा स्वभावको।
6471 खरो वि. ना. ३. तिर्खा; तृष्णा।
6472 खरो वि. ४. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।
6473 खरोष्ट्री / खरोष्ठी ना. पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि।
6474 खरौंचा ना. १. खनिउँका जातको एक झार।
6475 खरौंचा ना. २. त्यसैका डाँठबाट बनाइएको कुचो।
6476 खर्क ना. गाईबस्तुको गोठ राख्न र तिनीहरूलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा।
6477 खर्कनु अ.क्रि. पशुहरू एकै ठाउँमा जम्मा भएर बस्नु, बथान मिलेर बस्नु।
6478 खर्काइ ना. खर्कने काम वा क्रिया।
6479 खर्काइनु क.क्रि. खर्कन लाइनु।
6480 खर्काउनु स.क्रि. पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु, बथान मिलाएर राख्नु।
6481 खर्किनु अ.क्रि. एकै ठाउँमा जम्मा भएर वा बथान मिलेर बसिनु।
6482 खर्च ना. १. कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय।
6483 खर्च ना. २. कुनै कार्यका निम्ति उपयोग गरिने वा प्रयोगमा ल्याइने नगद रकम वा जिन्सी माल।
6484 खर्चनु स.क्रि. कुनै काम वा वस्तुका निम्ति नगद वा जिन्सी खर्च गर्नु; मास्नु; किनमेल गरेर रुपियाँपैसा सक्नु।
6485 खर्चखाता ना. खर्चको हिसाबकिताब लेखिने वा राखिने ठुलो कापी; बहीखाता।
6486 खर्चबर्च ना. १. कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा।
6487 खर्चबर्च ना. २. भइपरी आउने काममा गरिने सामान्य खर्च।
6488 खर्चरी ना. १. गाईभैंसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क।
6489 खर्चरी ना. २. वनपाखामा गाईभैंसी, भेडाबाखा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो।
6490 खर्चा ना. खर्च गर्ने क्रिया वा प्रक्रिया |
6491 खर्चाइनु क.क्रि. खर्च गर्न लाइनु।
6492 खर्चाउनु प्रे.क्रि. खर्च गराउनु वा खर्चन लाउनु।
6493 खर्चालु वि. आवश्यकताभन्दा बढी रुपियाँ-पैसा आदि खर्च गर्ने, धेरै खर्च गर्ने बानी भएको ; खर्ची।
6494 खर्चिनु क.क्रि. खर्च गरिनु; मासिनु।
6495 खर्चिलो वि. १. चाहिनेभन्दा बेसी खर्च हुने; धेरै खर्च हुने।
6496 खर्चिलो वि. २. धेरै खर्च गर्ने; खर्चालु।
6497 खर्ची वि. धेरै खर्च गर्ने; खर्चालु।
6498 खर्जूर ना. टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेँलो ल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठुलो काण्ड हुने एक बोट; खर्जूर।
6499 खर्दार ना. राजपत्र अनङ्कित तहको द्वितीय श्रेणीका कर्मचारीको एक दर्जा; निजामती कर्मचारीको एक तह |
6500 खर्पन ना. १. नोलका दुवै छेउमा डालाका आकारका भाँडा झुन्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने साधन (विशेषतः काठमाडौँ उपत्यकामा प्रचलित )।