Dictionary

All Word

6501 खर्पन ना. २. त्यसैको दायाँबायाँ झुन्डिने डालाजस्ता भाँडा।
6502 खर्प वि. खर्पन बोक्ने।
6503 खऱ्याइँ ना. खरोपन; खरो चाल।
6504 खऱ्याइ ना. खरिने भाव, क्रिया वा प्रक्रिया |
6505 खऱ्याइनु अ.क्रि. खरिने पारिनु।
6506 खऱ्याउनु स.क्रि. / प्रे.क्रि. खरिने पार्नु।
6507 खऱ्याकखुरुक क्रि.वि. १. सानो- ठुलो खऱ्याक्कको आवाज बार बार आउने किसिमले।
6508 खऱ्याकखुरुक क्रि.वि. ना. २. भएभरको जेथा; सिरीखुरी; श्रीसम्पत्ति; खऱ्यापखुरूप।
6509 खऱ्याक्क क्रि.वि. १. कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग।
6510 खऱ्याक्क क्रि.वि. २. ढोका आदि उत्रँदा वा सुकेका वस्तुमा कुनै वस्तुले हुँदा वा चलाउँदा आवाज आउने चालमा।
6511 खऱ्याङखुरुड क्रि.वि. १. पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कंदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा।
6512 खऱ्याङखुरुड क्रि.वि. ना. २. भएभरको सबै वस्तु; खऱ्याकखुरुक।
6513 खऱ्यान ना. खर उम्रेको वा खर हुने जग्गा; खरबारी; खरघारी।
6514 खऱ्यौटो ना. भँगेरोभन्दा केही ठुलो खैरो रङको चरो।
6515 खर्रा ना. १. बस्न बिछ्‌याइने लामो गुन्द्री |
6516 खर्रा ना. वि. २. स्पष्ट; खरो; खस्रो (कुरा)।
6517 खर्रा ना. (उदा.- रोटी चिल्ला मिठा कुरा खर्रा (खस्रा मिठा।- उखान)।
6518 खर्रो वि. चर्को स्वभावको; खरो; रुखो।
6519 खर्लपखर्लप क्रि.वि. बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले।
6520 खर्लप्प क्रि.वि. १. कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग।
6521 खर्लप्प क्रि.वि. २. एकैचोटि पुरै खाने किसिमले।
6522 खर्लप्प क्रि.वि. ३. अर्काको वस्तु वा सम्पत्ति सबै हडप्ने चालमा।
6523 खर्ल्याखुट्टी ना. १. एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याखुट्टी।
6524 खर्ल्याखुट्टी ना. २. लङ्गडाहरूले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।
6525 खर्ल्याप्प क्रि.वि. १. कत्ति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले।
6526 खर्ल्याप्प क्रि.वि. २. अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क।
6527 खर्व ना. १ सय अरबको सङ्ख्या; सय अरब।
6528 खर्व ना. वि. २. बाउन्ने; बामपुड्के; पुड्के; छोटो।
6529 खर्सु ना. प्रायः लेकतिर रसिलो ठाउँमा हुने एक प्रकारको घाँस वा त्यसैको बोट।
6530 खल वि. १. बुद्धि नभएको; मूर्ख; हुस्सु।
6531 खल वि. २. बदमास, दुष्ट।
6532 खल वि. ना. ३. मरमसला, औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो।
6533 खल वि. ४. खलो; ठाउँ।
6534 खल ना. १. कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस; छलफल।
6535 खल ना. २. पारस्परिक विचारविमर्शद्वारा कुनै विषयमा टुङ्गो लाउने प्रयास।
6536 खलक ना. कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश।
6537 खलकी ना. १. नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग।
6538 खलकी ना. २. नोकरचाकरका निम्ति बनेको खाना।
6539 खलकी ना. वि. ३. खलकमा मिलेको वा बसेको; खलकको।
6540 खलक्क क्रि.वि. नरम पदार्थ नचपाईकन एकैपल्ट पेटमा पुऱ्याउने किसिमले।
6541 खलखल क्रि.वि. १. नरोकिईकन पानी बग्ने किसिमले ; कलकल।
6542 खलखल क्रि.वि. २. प्रशस्त पसिना आउने किसिमसँग।
6543 खलखल क्रि.वि. ३. पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर।
6544 खलखल क्रि.वि. ४. बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले।
6545 खलखलती/खलखली क्रि.वि. अझ शीघ्रताका साथ खलखल हुने किसिमसँग।
6546 खलङ्गा ना. १. धेरै मानिस बस्ने डेरा; टहरो।
6547 खलङ्गा ना. २. नोकरचाकर बस्ने घर वा टहराको लङ।
6548 खलङ्गा ना. ३. पश्चिमी नेपालको कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदर मुकाम।
6549 खलङ्गा ना. ४. गल्ली, गल्छेडो (प. ने.)।
6550 खलडी ना. लिङ्गको अघिल्लो भाग छोप्ने छाला; लिङ्गका टुप्पाको छाला।