Dictionary

All Word

6551 खलनायक ना. १. नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक।
6552 खलनायक ना. २. हुन लागेको कुनै काम पनि अघि सरेर भाँड्ने व्यक्ति।
6553 खलनायक ना. स्त्री. खलनायिका।
6554 खलपत्र ना. १. कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने व्यङ्ग्यात्मक शब्द; लछारपाटो।
6555 खलपत्र ना. वि. २. रूपरङ्गविनाको; खुइलिएको वा चाउरिएको।
6556 खलपत्र ना. स्त्री. खलपत्री।
6557 खलबल ना. १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।
6558 खलबल ना. २. कुनै अन्याय, अत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।
6559 खलबलाइ ना. खलबल गर्ने वा खलबलाउने काम।
6560 खलबलाइनु अ.क्रि. मन डगडग होइन, तुलबुलाइनु।
6561 खलबलाउनु अ.क्रि. मन डगडग हुनु, तुलबुलाउनु।
6562 खलबलिनु अ.क्रि. १. मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु।
6563 खलबलिनु अ.क्रि. २. खलबल मच्चिन, अशान्ति मच्चिनु, हल्ला हुनु।
6564 खलबलिनु अ.क्रि. ३. कामको वा वस्तुको सिलसिला नमिल्नु।
6565 खलबली ना. खल्याङमल्याङ, खैलाबैला, होहल्ला; खलबल।
6566 खलबले वि. खलबल गर्ने; ठुलो स्वरले धेरै बोल्ने; हल्ला मच्चाउने।
6567 खलबल्याइ ना. खलबल्याउने क्रिया वा प्रक्रिया।
6568 खलबल्याइनु क.क्रि. खलबल गरिनु, हल्ला मचाइनु।
6569 खलबल्याउनु स.क्रि. १ खलबल गर्नु हल्ला मचाउनु।
6570 खलबल्याउनु स.क्रि. २. तलमाथि पार्नु; स्थिति वा तह बिगार्नु, गोलमाल पार्नु।
6571 खलमल क्रि.वि. जम्मै जिउ राम्ररी नुहाउने चाल; खलखली; खलमल्ल।
6572 खलल ना. चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध।
6573 खलाँती ना. आरनमा आगो फुक्न हावा दिने छालाको थैलो।
6574 खलास वि. १. समाप्त, खतम।
6575 खलास वि. २. मरेको; मृ।
6576 खलास वि. ३. कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।
6577 खलासी ना. १. पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा।
6578 खलासी ना. २. बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर।
6579 खलासी ना. ३. ठुलठुला काठ चिर्ने रामोजस्तो ठुलो फलामे हतियार।
6580 खलिकपुर/खलिखपुर वि . एकैपल्ट भएभरको जम्मै; जो भएका सबै; भएजति; सम्पूर्ण।
6581 खलिता ना. चिठी; खलितापत्र।
6582 खलितापत्र ना. एक राजाबाट अर्का राजामहाराजालाई पठाइएको कुनै बन्दोबस्तसम्बन्धी चिठी।
6583 खलिपा/खलिफा वि. १. खुब जान्ने; सिपालु; पोख्।
6584 खलिपा/खलिफा वि. २. बाठो; चलाख।
6585 खलिपा/खलिफा वि. ३. धूर्त, छट्टु।
6586 खलिपा/खलिफा वि. ४. मध्यकालमा बगदादबाट इस्लामजगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह।
6587 खलियान ना. १. खलाहरूको समूह।
6588 खलियान ना. २. खलो।
6589 खलियो ना. काठ, दाउरा आदि मिलाएर वा चाङ लाएर राखेको थुप्रो; कुनिउँ; चट्टा।
6590 खली ना. पीना।
6591 खली ना. १. अगति परेका प्रेतात्माको उद्धारका निम्ति तन्त्रमन्त्रका बलले आगोमा फाल हालेर धामीले गर्ने उद्धारक क्रिया।
6592 खली ना. २. भोगेर पाएको अनुभव; भुक्तभोग।
6593 खली खानु टु जीवनमा धेरै हन्डर खाएर पाको हुनु, सुखदुःख सबै झेलिसक्नु।
6594 खलीमट्टी ना. खरी पत्थर।
6595 खलु क्रि.वि. १. निश्चय नै; पक्का पनि।
6596 खलु क्रि.वि. ना. २. मनाही; निषेध।
6597 खले वि. खलाको; खलासँग सम्बन्धि।
6598 खले गरो ना. खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खुर्की, ताछी खलो बनाइने ठुलो, बाटुलो मुख्य गरो।
6599 खले जाँतो ना. खलाको काम सकिएपछि खुवाइने रमाइलो भोज वा भतेर।
6600 खले पूजा ना. कृषकहरूद्वारा खलामा गरिने भुमे पूजा।