Dictionary

All Word

6601 खले भाग ना. दमाईं, कामी, हली आदिलाई खलाबाट नै भरिने बर्खे बाली।
6602 खलो ना. काटेर, टिपेर वा उखेलेर ल्याइएका डाँठसहितका अन्न थुपार्न, माड्न, चुट्न वा दाइँ गर्न खेतबारीको कुनै भागलाई ताछतुछ पारेर, लिपेर सफा बनाइएको ठाउँ।
6603 खलोखुलो ना. खलोफुलो।
6604 खलोपुलो ना. खेती गरिएको जग्गाको जो भएको अन्न उठाइसकेपछि कसैले सिला खोजेर जम्मा गरेको अन्न (धान, गहुँ आदि)।
6605 खलोफुलो ना. देवकार्य वा पितृकार्यमा अर्पण गरिएका नगदी, जिन्सी मालसामान; देवपितृकार्यमा पुरोहितले पाउने सरसामान।
6606 खलोमैरो ना. खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढारकुँढारबाट आएको अन्न।
6607 खल्काइ ना. खल्काउने क्रिया वा प्रक्रिया।
6608 खल्काइनु क.क्रि. खल्काउने काम गरिनु; निलिनु।
6609 खल्काउनु स.क्रि. नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुऱ्याउनु, निल्नु।
6610 खल्को ना. जुठो लाग्ने आफ्ना बन्धुबान्धवको मृत्यु सुनेपछि गरिने स्नान; आशौच स्नान।
6611 खल्ट्यान ना. १. खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा।
6612 खल्ट्यान ना. २. रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा।
6613 खल्ती ना. कोट, कमिज, पाइन्ट आदिमा कपडाको टुक्रा जोडेर केही राख्न बनाइएको ठाउँ; गोजी; जेब; बगली।
6614 खल्पी ना. रायो, बेसार, नुन, तेल आदिमा मुछेर केही दिन घाम वा आगाको रापमा राखेर अमिल्याइएको काँक्राको अचार।
6615 खल्मा ना. ताल्चा मार्नका निम्ति ढोकामा जडिएको फलामको मुन्द्रो।
6616 खल्मा ना. पाखा बाली राख्ने ठाउँ; खोल्मा।
6617 खल्याकखुलुक्क क्रि.वि. घाउखटिरामा जमेको रगत, पिप आदि एकै पटक बाहिर निस्कने गरी; भएभरको मल साफ हुने किसिमले; खल्यातखुलुत्त; खातखुत्।
6618 खल्याङखुट्टी ना. एउटा खुट्टा उचालेर अर्को खुट्टाले मात्र टेकेर दौडने एक प्रकारको खेल ; खर्ल्याङखुट्टी।
6619 खल्याङखुलुङ क्रि.वि. १. जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल।
6620 खल्याङखुलुङ क्रि.वि. २. खल्याङमल्याङ; खलबल |
6621 खल्याङबल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल ; होहल्ला; खल्याङमल्याङ।
6622 खल्याङबल्याङ ना. क्रि.वि. २. जमातले नै होहल्ला गर्ने गरी।
6623 खल्याङमल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङ ल्याङ।
6624 खल्याङमल्याङ ना. क्रि.वि. २. धेरै पानीले जम्मै जिउ भिज्ने गरी (नुहाउने किसिम )।
6625 खल्याङमल्याङ ना. वि. ३. खलबलिएको; अस्तव्यस्।
6626 खल्यातखुलुत्त क्रि.वि. पेटको कसरमसर एकैचोटि साफ हुने गरी (दिसा लाग्ने किसिम); खल्याकखुलुक्क।
6627 खल्ल क्रि.वि. एकैचोटि बग्ने गरी पानी खन्याउने किसिमले।
6628 खल्लड वि. हाडछालामात्र बाँकी रहेको, ज्यादै दुब्लो, ज्यादै बुढो।
6629 खल्लन वि. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको खल्लो ( तिहुन, तरकारी आदि)।
6630 खल्लने वि. खल्लन।
6631 खल्लबल्ल ना. १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।
6632 खल्लबल्ल ना. २. कुनै अन्याय, अत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।
6633 खल्लमल्ल क्रि.वि. जिउ भिज्ने गरी पानी खत्त्याएर (नुहाउने किसिम)।
6634 खल्लर वि. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको खल्लो ( तिहुन, तरकारी आदि)।
6635 खल्लर वि. १. हाडछाला मात्र रहेको; ज्यादै दुब्लो।
6636 खल्लर वि. २. बुढो।
6637 खल्लर वि. ३. खल्लड।
6638 खल्लु ना. काला गेडा र राता राता बियाँ हुने एक वृक्ष वा चुसेर खाइने त्यसैको फल।
6639 खल्लो वि. नुन वा चिनी आदि कम्ती भएर स्वाद बिग्रेको; वेस्वादको; बढी पानी भएर सार उत्रेको (तरकारी, चिया इ.)।
6640 खल्लोमल्लो खल्लो, बेस्वादको।
6641 खल्ल्याइ ना. खल्लोपना; अस्वादुता; बेस्वाद।
6642 खल्वाट वि. टाउकाका रौं खुइलिएको; खल्वाटे; खुइले; खोइरे।
6643 खल्वाटे वि. खल्वाट।
6644 खवाइ ना. खाने भाव, क्रिया वा प्रक्रिया |
6645 खवास ना. शरीरको सेवा गर्ने नोकर; परिचर।
6646 खवासे ना. मालिकको शारीरिक टहलसुसार गर्ने नोकर; खवास।
6647 खवैया वि. १. खन्चुवा; धेरै खाने; थुप्रै खाने।
6648 खवैया वि. २. मिठो स्वादिलो खाना खाने।
6649 खश ना. १. रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश।
6650 खश ना. २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईं आदिको सामूहिक नाम।