Dictionary

All Word

6651 खश ना. ३. प्राचीन क्षत्रियको एक जाति।
6652 खस्नु अ.क्रि. १. माथिबाट तलतिर झर्नु गर्नु।
6653 खस्नु अ.क्रि. २. देहान्त हुनु; मर्नु।
6654 खस ना. उशीरका जरा।
6655 खस ना. १. रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश।
6656 खस ना. २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईं आदिको सामूहिक नाम।
6657 खस ना. ३. प्राचीन क्षत्रियको एक जाति।
6658 खस कुरो ना. खसजातिले बोल्ने भाषा, नेपाली भाषाको पुरानो नाम।
6659 खसक्क क्रि.वि. १. अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क।
6660 खसक्क क्रि.वि. २. थाहै नदिई, लुसुक्क।
6661 खसखस ना. १. एउटै डाँठमा बग्रेल्ती लामा लामा पात हुने, कुशका जस्ता पहेँला फूल फुल्ने, बास्ना आउने र जरा हुने एक जातको घाँस; उशीर।
6662 खसखस ना. २. त्यसैका जरा।
6663 खसखस क्रि.वि. १. कफ जम्नाले असजिलो हुने गरी घाँटी सगसगाउने किसिमले फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी।
6664 खसखस क्रि.वि. ना. २. मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली।
6665 खसखसाइ ना. खसखसाउने काम वा प्रक्रिया |
6666 खसखसाइनु अ.क्रि. खसखस लागिनु।
6667 खसखसाउनु अ.क्रि. घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु, घाँटी चिलाउनु, सगसगाउनु, खसखस लाग्नु।
6668 खसखसिनु अ.क्रि. घाँटीमा खसखस लाग्नु; खसखसाउनु।
6669 खसखसी ना. मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी।
6670 खसखसे वि. नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चो गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने।
6671 खसदेश ना. खसहरूको निवासभूमि; खस जाति रहने देश; खसप्रदेश; खसान।
6672 खसप्राकृत ना. खसजातिका विशाल राज्यमा बोलिने तिनताकको भाषा।
6673 खसबाहुन ना. खसहरूको समूह; छेत्रीबाहुन।
6674 खसबाहुन ना. स्त्री. खसिनीबाहुनी।
6675 खसबोली ना. खसहरूद्वारा बोलिने बोली; खसप्रदेशमा बोलिने बोली; खसकुरो; खसभाषा।
6676 खसभाषा ना. प्राचीन नेपाली भाषाले गोर्खाली भाषाको रूप पाउनुभन्दा पूर्वको रूप; खस प्रदेशमा बोलिने भाषा; प्राचीन नेपाली भाषा; सिँजाली भाषा; खसकुरो।
6677 खसम ना. १. लोग्ने; पति; पोइ।
6678 खसम ना. २. मालिक; स्वामी।
6679 खसमस क्रि.वि. घाँटी खसखसाउने गरी; खसखस।
6680 खसमसाइनु अ.क्रि. खसखस लागिनु, खसखसाइनु।
6681 खसमसाउनु अ.क्रि. खसखसाउनु।
6682 खसमसिनु अ.क्रि. खसमसाउनु।
6683 खसरमसर ना. क्रम वा स्थितिको बेमेल; गडबड।
6684 खसरात ना. खसजाति बसेको नेपालको पश्चिमी प्रदेश; खस-प्रदेश।
6685 खसाइ ना. खस्ने क्रिया वा प्रक्रिया।
6686 खसाइनु क.क्रि. खसालिनु।
6687 खसाउनु प्रे.क्रि. खस्न लाउनु।
6688 खसाखस क्रि.वि. १. एकजात नढाँटीकन; खसोखास।
6689 खसाखस क्रि.वि. २. सरासर; खुरुखुरु।
6690 खसान ना. प्राचीन पश्चिमी नेपालका खसराज्यको एक प्रमुख भाग; सिन्जासाम्राज्यका दुई प्रमुख प्रान्त खसान र जडानमध्ये एक; खसप्रदेश।
6691 खसानी ना. १. खसानप्रदेशसित सम्बन्धित; खसानको।
6692 खसानी ना. २. मध्यकालीन नेपाली भाषाको एक प्रमुख भेद।
6693 खसाल्नु स.क्रि. १. तलतिर झार्नु गिराउनु।
6694 खसाल्नु स.क्रि. प्रे.क्रि. २. अर्कालाई होच्याउनु, हेला गरेर बोल्नु।
6695 खसालाइ ना. खसाल्ने काम वा प्रक्रिया।
6696 खसालिनु क.क्रि. झारिनु, गिराइनु।
6697 खसिनु अ.क्रि. झरिनु, गिरिनु।
6698 खसिपा ना. झ्याल, ढोका आदि बनाउने काममा प्रयोग गरिने काठका तछुवा, चारपाटे टुक्रा।
6699 खसिया ना. विशेषतः आसामको भूभागमा रहेको मातृसत्ता प्रधान हुने एक जाति।
6700 खसी ना. अण्डकोषको नसा चुँडाली नपुंसक बनाइएको बोको।