Dictionary

All Word

4101 कुमार ना. ४. राजकुमार।
4102 कुमार ना. ५. कार्तिकेयको नाम।
4103 कुमार ना. वि. ६. विवाह नभएको; अविवाहि।
4104 कुमार केटो ना. विवाह गर्ने उमेरको केटो, अविवाहित व्यक्ति।
4105 कुमारग्रह ना. विवाहमा पुजिने ग्रह; बालग्रह |
4106 कुमारतन्त्र ना. आयुर्वेदअनुसार बालचिकित्सा गर्ने विधि लेखिएको शास्त्र |
4107 कुमारपाठी ना. बोकासँग नमिसिएकी पाठी।
4108 कुमारभृत्या ना. १. गर्भिणी अथवा नवजात शिशुका रोगको चिकित्सा; प्रसूतिविद्या।
4109 कुमारभृत्या ना. २. गर्भिणी आइमाईहरूको प्रसूतिसम्बन्धी हेरविचार |
4110 कुमारसम्भव ना. १. कुमारको जन्म।
4111 कुमारसम्भव ना. २. महाकवि कालिदासकृत एक प्रसिद्ध महाकाव्य |
4112 कुमारामात्य ना. प्राचीन कालको शासनपद्धतिमा उपमन्त्री वा सहायक मन्त्री बराबरको एक पद।
4113 कुमारिका ना. १. कुमारी।
4114 कुमारिका ना. २. पुत्री।
4115 कुमारिल भट्ट ना. बौद्ध प्रभावबाट ह्रास हुँदै गएको वैदिक धर्मको पुनरुद्धार गर्ने, शङ्कराचार्यका समकालीन एक महान् आचार्य, शाबर भाष्यका रचयिता तथा अन्य श्रौतसूत्रका प्रख्यात टीकाकार |
4116 कुमारी ना. १. बाह्र वर्षसम्मकी अविवाहिता कन्या।
4117 कुमारी ना. २. छोरी, पुत्री।
4118 कुमारी ना. ३. पार्वती।
4119 कुमारी ना. ४. दुर्गा।
4120 कुमारी ना. ५. भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौँकी एक देवी।
4121 कुमारीचोक ना. इन्द्रजात्रामा रथयात्रा गरिने कुमारी बस्ने घरको चोक।
4122 कुमारीचोक अड्डा ना. अघि काठमाडौं हनुमान् ढोकाको नजिक कुमारीचोकमा रहेको बही बुझ्ने अड्डा, सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ मन्त्रालयअन्तर्गतको एक अड्डा (अहिलेको महालेखा कार्यालय) |
4123 कुमारी देवी ना. भाद्र शुक्ल चतुर्दशी वा इन्द्रजात्राका दिन रथयात्रा गरिने काठमाडौँ उपत्यकाकी एक जीवित देवी।
4124 कुमार्ग ना. १. अनुचित वा खराब बाटो; कुप।
4125 कुमार्ग ना. २. अधर्म, पाप।
4126 कुमार्गी वि. कुमार्गमा लाग्ने; अधर्मी; पापी।
4127 कुमालकोटी ना. भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको निलो लाम्चो एक किरो।
4128 कुमालकोटी ना. (यसले कुनै किरो खोजेर ल्याई आफ्नो गोलाभित्र थुन्छ र आफ्नो भुँभुँ शब्द सुनाउँदै त्यस किरालाई पनि आफैँजस्तो कुमालकोटी नै बनाउँछ भन्ने धारणा छ )।
4129 कुमालकोटीको न्याय ना. अरूलाई आफ्ना सिद्धान्त वा मतमा ल्याउने खुबी।
4130 कुमाली ना. हे. कुमालकोटी।
4131 कुमाले ना. १. माटाका भाँडाकुँडा बनाउने एक जाति, कुम्भकार, कुम्हाल |
4132 कुमाले ना. २. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो।
4133 कुमालकोटीको चक्र ना. कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति, जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ।
4134 कुमुद ना. राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल।
4135 कुमुदिनी ना. सेता तर साना फूल फुल्ने कमलको बोट वा त्यसैको फूल।
4136 कुमेद ना. गाढा तेल रङ्गको एक थरी घोडा।
4137 कुमेदान ना. राजा र जनपदका बिचमा रही काम गर्ने सैनिक भारदार।
4138 कुमेरु ना. १. पृथ्वीको दक्षिणी छेउ।
4139 कुमेरु ना. २. दक्षिणी ध्रुव।
4140 कुमेरु वृत्त ना. ६६, दक्षिण अक्षांशको रेखा।
4141 कुम्कुर ना. मन दिएर खेतीपातीको काम गर्ने मानिस।
4142 कुम्खा ना. छानाको छेउमा जडिने चराका आकारको झिँगटी |
4143 कुम्ठी ना. कुलाराको नाइके, कुलो खनाउने मूली, खेतमा पानी पुगेनपुगेको हेर्ने मानिस।
4144 कुम्भ ना. १. कुनै मङ्गलकार्यका निम्ति पानी भरेर नियत स्थानमा राखिने माटाको भाँडो, जलपात्र।
4145 कुम्भ ना. २. घडा; घट; गाग्रो।
4146 कुम्भ ना. ३. हात्तीका टाउकाको दुवैतिर उठेको माथिल्लो भाग ( जुरो )।
4147 कुम्भ ना. ४. ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये एघारौं राशि।
4148 कुम्भ ना. ५. बाह्र वर्षको अन्तर वा अवधि।
4149 कुम्भक ना. प्राणायाम गर्दा माथि तानिएको सासलाई नाक र मुख बन्द गरी रोकेर पेटलाई कुम्भजस्तो बनाउने काम।
4150 कुम्भकर्ण ना. १. केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो, छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिलो भाइ।