Dictionary

All Word

4151 कुम्भकर्ण ना. २. पूर्वी नेपालमा पर्ने हिमालयको एक शृङ्खला।
4152 कुम्भकर्ण ना. वि. ३. धेरै सुत्ने, सुताहा।
4153 कुम्भकर्ण ना. ४. महाको अल्छी।
4154 कुम्भकार ना. हाँडी, गाग्रा आदि माटाका भाँडाकुँडा बनाउने शिल्पकार; कुमाले।
4155 कुम्भजन्मा ना. १. अगस्त्य मुनि।
4156 कुम्भजन्मा ना. २. वशिष्ठ ऋषि।
4157 कुम्भजन्मा ना. ३. द्रोणाचार्य।
4158 कुम्भमेला ना. कुम्भराशिमा वृहस्पति र सूर्य एकसाथ भएको बेलामा एक महिनासम्म लाग्ने ठुलो मेला।
4159 कुम्भमेला ना. (यो मेला हरेक बाह्र वर्षमा प्रयाग, हरिद्वार, कुरुक्षेत्र आदिमा लाग्ने गर्छ)।
4160 कुम्भिका ना. अनदी धान।
4161 कुम्भी ना. १. ठुलठुला पात, गुलाफजामुनाका ढाँचाको फूल र लाम्चा हरिया फल हुने विशेषतः तराईमा पाइने एक वृक्ष वा त्यसैको फल।
4162 कुम्भी ना. २. हात्ती।
4163 कुम्भी ना. ३. ग्राह।
4164 कुम्भीपाक ना. १. प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक।
4165 कुम्भीपाक ना. २. उसिनेजस्तो साह्रै गर्मी हुने ठाउँ।
4166 कुम्भील ना. हतियारले सुरुङ खनेर घरभित्र पसी चोर्ने चोर; नकबजनी गर्ने चोर |
4167 कुम्लाकुम्ली ना. सानाठुला धेरै कुम्लाको समूह।
4168 कुम्लिनु अ.क्रि. १. कुम्लो हुनु।
4169 कुम्लिनु अ.क्रि. २. गर्भवती हुनु।
4170 कुम्ली ना. सानो कुम्लो |
4171 कुम्ले वि. १. कुम्लो बोक्ने, कुम्लो बोकेको वा कुम्लोजस्तो।
4172 कुम्ले वि. २. परदेशी चालको।
4173 कुम्ले वि. ३. पाएजति सोहोर्न खोज्ने खालको।
4174 कुम्ले वि. ४. मगन्ते।
4175 कुम्ले बिहे ना. १. केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे।
4176 कुम्ले बिहे ना. २. बाजा बजाई थोरै जन्ती लगेर वा जन्तीविना नै गरिने बिहा।
4177 कुम्लो ना. कुममा झुन्ड्याई डँडाल्नामा बोकिने ठुलो पोको कुटुरो।
4178 कुम्लोकसाइ ना. परदेश जान आँट्ने काम।
4179 कुम्लोकुटुरो ना. पोकापोकी पारेर कुममा बोकिने भारी।
4180 कुम्लोकुटुरो ना. कुम्लो बोकी बसैँ, परेवा काटी दसैँ (उखान )।
4181 कुम्ल्याइ ना. कुम्लो पार्ने वा कुम्ल्याउने क्रियाप्रक्रिया |
4182 कुम्ल्याइनु क.क्रि. १. कुम्लो पारिनु, पोको बाँधिनु।
4183 कुम्ल्याइनु क.क्रि. २. बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु।
4184 कुम्ल्याउनु स. क्रि. १. कुम्लो पार्नु, पोको बाँध्नु।
4185 कुम्ल्याउनु स. क्रि. २. बोकेर लानु।
4186 कुम्ल्याउनु स. क्रि. ३. जम्मै हातलागी गर्नु।
4187 कुम्ल्यौटो ना. १. कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा।
4188 कुम्ल्यौटो ना. (उदा.- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु!)।
4189 कुम्ल्यौटो ना. २. चकटी।
4190 कुम्ल्यौटो ना. ३. रुमाल।
4191 कुम्हाल / कुम्हाले ना. हे. कुमाले।
4192 कुयश ना. १. नराम्रो ख्याति, अपयश (उदा.- कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्। )।
4193 कुयश ना. २. बदनामी।
4194 कुयाम ना. तोकिएको भन्दा बाहेकको समय वा मौसम।
4195 कुयेँत्रो ना. १. ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ।
4196 कुयेँत्रो ना. (उदा.- भएको एउटा लुगामा पनि कुयेँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु ? )।
4197 कुयेँत्रो ना. २ किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।
4198 कुयेर ना. १. रास; थुप्रो (उखुको)।
4199 कुयेर ना. २. केही देख्न, पाउन वा हेर्न झुम्मिएका मानिसहरूको समूह।
4200 कुयेर ना. (उदा.- टुँडिखेलमा घोडेजात्रा हेर्न मानिसहरू कुयेर लागेर बसिरहेका छन्)।