Dictionary

All Word

4201 कुर्नु अ. क्र. १. कसैलाई पर्खेर बस्ने काम गर्नु, पर्खनु, प्रतीक्षा गर्नु, रुङ्नु।
4202 कुर्नु अ. क्र. २. कुनै वस्तु वा व्यक्तिको रखवारी गर्नु, देखरेख गर्नु।
4203 कुर्नु अ. क्र. ३. खान पाउने आशाले पर्खनु, ढुक्नु।
4204 कुर्नु ना. १. खास गरी जाडो याममा माछाहरू एकै ठाउँमा थुप्रिएर बस्ने काम वा त्यस्तो ठाउँ माछाको गुँड।
4205 कुर्नु ना. २. थुप्रो; रास।
4206 कुर्नु ना. ३. अंश; भाग- जस्तै- एक कुर- सय भागको एक भाग, त्रिकुर - तीन भागको एक भाग।
4207 कुर्नु ना. यस्तै चौकुर, पचकुर आदि।
4208 कुर्नु ना. (पश्चिम भेगका थारू जातिमा जग्गाको कुत बाँड्ने हिसाबमा यो चलन प्रसिद्ध छ)।
4209 कुरकुर क्रि.वि. १. 'कुर' को आवाज वा ध्वनि बराबर निस्कने गरी।
4210 कुरकुर क्रि.वि. ना. २. त्यस्तो ध्वनि वा आवाज।
4211 कुरकुरे, ना. पात नहुने, पहेंलो फूल फुल्ने, डाँठ वा हाँगामा धेरै आँख्ला हुने र केटाकेटीहरूले ती आँख्लाद्वारा आँखामा ताल्चा मारी खेल्ने एक घाँस।
4212 कुरकुरे, वि. कुरकुर शब्द गर्ने, कुरकुरको आवाज निकाल्ने।
4213 कुरकुरे बैंस वि. भर्खर भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैंस, कुखुरे बैंस।
4214 कुरकुरे रोटी ना. घिउचिनीमा खस्रो पिठो मुछेर पकाइने एक प्रकारको मिठाई ( खजुरी )।
4215 कुरकुरे हाड ना. ढाडमा हुने नरम हाड।
4216 कुरङ्ग ना. १. कृष्णसारका आकारप्रकारको र खैरो रङ हुने ठुलो मृगको एक जाति।
4217 कुरङ्ग ना. २. हरिण, मृग।
4218 कुरङ्ग ना. ३. तासको तुरुप खेलमा बोलिएको रङ्ग (तुरूप) बाहेक अरू तीन रङ्ग।
4219 कुरङ्ग ना. ४. बदरङ्ग; बजरङ्ग।
4220 कुरङ्ग ना. ५. पासा, पच्चिसका खेलमा रातो, सेतो वा पहेँलोबाहेकको कालो वा हरियो गोटी।
4221 कुरञ्जन ना. हे. कुरन्जन।
4222 कुरन्जन ना. १. आयुर्वेदमा अग्निवर्द्धक, रुचिकारक, गरम र खोकी हटाउने गुण बताइएको पानका लहराको जरो।
4223 कुरन्जन ना. २. कुलिञ्जन।
4224 कुरमुऱ्याइ ना. कुरमुऱ्याउने क्रिया वा प्रक्रिया |
4225 कुरमुऱ्याइनु क.क्रि. कुरमुऱ्याउने काम गरिनु।
4226 कुरमुऱ्याउनु स. क्रि. जे जति भएको सबै लिएर जानु गुटमुट्याउनु, कुम्ल्याउनु।
4227 कुरा ना. कुरोको बहुवचन हुँदा बन्ने रूप; कुरो।
4228 कुराइ ना. कुर्ने काम वा प्रक्रिया, पर्खाइ, ढुकाइ।
4229 कुराइनु क.क्रि. कुर्न लाइनु, पर्खाइनु, रुडाइनु।
4230 कुराउटे वि. १. कुरा गरिरहने।
4231 कुराउटे वि. २. चाहिँदा नचाहिँदा धेरै कुरा गर्ने वा त्यस्तो स्वभावको; कुरौटे, गफी।
4232 कुराउटे वि. ३. छुल्याइँ गर्ने, छुल्याहा।
4233 कुराउनी ना. १. धेरैबेर दुध तताएर बाक्लो पारी बनाइएको खाने कुरा; खुवा, कुरौनी।
4234 कुराउनी ना. २. तताउँदा दुध डढेर कुँडेमा नै जमेको पाप्रो।
4235 कुराउनु प्रे.क्रि. कुर्न लाउनु, पर्खाउनु, रुडाउनु, ढुकाउनु।
4236 कुराकानी ना. १. कुनै पनि प्रसङ्गमा आपसमा गरिने कुरोकन्थो; बातचि।
4237 कुराकानी ना. २. बोलचाल।
4238 कुरा चपाउनु टु. ड्याङ्डुङ गरेर कुरा राम्ररी नखोल्नु।
4239 कुरा चपाउनु टु. (उदा.- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?)।
4240 कुरान ना. हजरत मुहम्मदका वाणीको सङ्कलन भएको, मुसलमानहरूको प्रसिद्ध धर्मग्रन्।
4241 कुरीकुरी ना. १. कुनै व्यक्तिप्रति समयमा गर्नुपर्ने कुरा नगर्दा पछि हुने थकथकी वा कुनै काम नगर्दा हुने लज्जाको बोध, मनलप सगसगी।
4242 कुरीकुरी ना. २. बालबोलीमा लज्जा, किरी (जुम्रो )।
4243 कुरिज ना. १. चराचुरुङ्गीका पुराना प्वाँखहरू झरेर आउने नयाँ प्वाँखहरूको उम्राइ।
4244 कुरिज ना. २. कुर्चा।
4245 कुरिज ना. ३. उत्तीर्ण नभएर धेरै वर्षसम्म एउटै कक्षामा डल्लिइरहने स्थिति।
4246 कुरिज ना. ४. असफलता।
4247 कुरिन ना. १. हँसिया, खुर्पा आदि हतियारमा धार लगाउन, सान बनाउन हुने खस्रो कालो ढुङ्गो।
4248 कुरिन ना. २. मैदा झैँ धुलो तुल्याई लाहासँग मिसाएर पकाई सान बनाउने काममा प्रयोगमा आउने, ठुला नदीका किनारमा कतै कतै थुप्रिएर रहने किर्कोले ढुङ्गो।
4249 कुरिनु क.क्रि. कुर्ने काम गरिनु।
4250 कुरिया ना. १. अरूको जग्गाजमिनमा घरबास गरी तिरो तिरेर बस्ने रैती; बिर्तावारको जग्गामा घर बनाएर बस्ने मोही (एक प्रकारको बाँधा)।