Dictionary

All Word

4251 कुरिया ना. वि. २. कुनै मालमत्ता, जग्गाजमिन आदि कुर्ने (व्यक्ति); कुरुवा।
4252 कुरिलो ना. हरिया - पहेल्छ्या मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोल फल फल्ने एक जातको काँडादार बोट (यो ठुलो र सानो दुई किसिमको हुन्छ।
4253 कुरिलो ना. यसका टुसा तरकारीका निम्ति खास गरी बिरामीलाई खुवाउनमा प्रसिद्ध छ।
4254 कुरी ना. १. बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो।
4255 कुरी ना. २. खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो।
4256 कुरी ना. ३. किरा (बालबोलीमा); गुजी ; जुम्रो।
4257 कुरी ना. ४. बालकको जननेन्द्रिय; तुरी; तुतुरो।
4258 कुरीति ना. सामाजिक हित र वास्तविकताका विपरीत चल्ने नजाती रीति; कुप्रथा; नराम्रो र अनुचित चलन।
4259 कुरुक्क क्रि.वि. हल्का चालले भाँचिँदा वा साह्रो पदार्थ चपाउँदा शब्द निस्कने किसिम।
4260 कुरुक्षेत्र ना. १. भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ, प्राचीन कालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको भूमि।
4261 कुरुक्षेत्र ना. २. घमासानको लडाइँ।
4262 कुरुक्षेत्र ना. वि. ३. छेलोखेलो, प्रशस्त; धेरै।
4263 कुरुक्षेत्रको मेला ना. १. रक्तपातपूर्ण ठुलो युद्ध।
4264 कुरुक्षेत्रको मेला ना. २. कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश गरेको ठाउँको कुण्डमा प्रायः सूर्यग्रहण लागेका अवसरमा हुने मेला।
4265 कुरुर्र क्रि.वि. हे. कुर्र (लगातारको अर्थमा)।
4266 कुरुवा॰ वि. १. कुर्ने वा पखने; रुङ्ने।
4267 कुरुवा॰ वि. २. हेरविचार वा रखवारी गर्ने।
4268 कुरुवा॰ वि. ३. ढुक्ने।
4269 कुरुवा, ना. १. दुई माना वा बिस मुठीको नापो।
4270 कुरुवा, ना. २. दुई माना भरिने प्रायः पित्तले धातुको भाँडो।
4271 कुरुवा, ना. वि. ३. दुईमाने; बिस मुठी बराबरको।
4272 कुरूप वि. १. हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग।
4273 कुरूप वि. २. छाँट नमिलेको; बेढङ्गको।
4274 कुरूपता ना. कुरूप हुनाको अवस्था, कारण वा भाव।
4275 कुरूपा वि. रूप नभएकी, नराम्री, अपाङ्ग भएकी।
4276 कुरे वि. धेरै कुरा गर्ने; हे. कुरौटे।
4277 कुरेत वि. १. बुढी औँलो र चोर औँलो तन्काउँदाका नापोभरिको।
4278 कुरेत वि. ना. २. हातको बुढी औँलो र चोर औँलो तन्काएर गरिने नापो।
4279 कुरो ना. लुगामा बिझ्ने वा टाँसिने एक जातको घाँसको झुस।
4280 कुरो ना. १. कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता, बोली, वचन।
4281 कुरो ना. २. भन्नाको तात्पर्य; भनाइ।
4282 कुरो ना. ३. विषय; प्रसङ्ग।
4283 कुरो ना. ४ चिज वस्तु।
4284 कुरोकन्यो ना. कुरो र कथन कुराकानी।
4285 कुरौटे वि. हे. कुराउटे।
4286 कुरौनी ना. हे. कुराउनी।
4287 कुर्की ना. १. सरकारी आज्ञाअनुसार कसैको सम्पत्ति लिलाम गर्ने काम।
4288 कुर्की ना. २. दिएको ऋण सधाउन वैध उपायले ऋणीको सम्पत्ति आफ्नो अधीन तुल्याउने वा लिलाम गर्ने काम।
4289 कुर्की, ना. [?] डन्डी आदिमा पेच काट्ने फलामे ज्याबल एकुवा।
4290 कुर्कुच्चे वि. कुर्कुच्चो भएको, कुर्कुच्चाको।
4291 कुर्कुच्चे जुत्ता ना. अग्लो कुर्कुच्चा भएको एक प्रकारको जुत्ता।
4292 कुर्कुच्चो ना. पैतालाको पछाडिपट्टिको वा गोलीगाँठादेखि मन्तिरको डल्लो साह्रो भाग।
4293 कुर्कुरे ना. साना कोसा हुने एक जातको केरा।
4294 कुर्चा ना. असजिलो पाराको एकै ठाउँको बसाइ, डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता।
4295 कुर्चा खानु टु. लठिएर बस्नु डल्लिनु।
4296 कुर्चिनु अ. क्र. कुर्चा खानु, असजिलोसँग बस्नु।
4297 कुर्ची ना. हे. कुर्सी।
4298 कुर्च्याई ना. कुर्चिने काम वा प्रक्रिया |
4299 कुर्च्याइनु क.क्रि. कुर्चिन लाइन, कुर्चा खुवाइनु।
4300 कुर्च्याउनु प्रे. क्रि. कुर्चा खुवाउनु, कुर्चिन लाउनु, असजिलोसँग बसाउनु।