Dictionary

All Word

4301 कुर्ता ना. कठालो भएको वा नभएको र बाहुलामा कफ नभएको, कुना परेको फेर हुने, प्रायः गर्मी याम वा गर्मी ठाउँमा लगाइने कमिजका ढाँचाको पहिरन; एक प्रकारको फत्तु वा अलखा।
4302 कुर्ता सलवार ना. कुर्तासहितको सलवार; कुर्ता र सलवार।
4303 कुर्था ना. हे. कुर्ता।
4304 कुर्नी ना. एक प्रकारको जङ्गली लहरो।
4305 कुर्नेस/कुर्नैस ना. १. नुहेर गरिने सलाम, नम्रतापूर्वक गरिने नमस्कार।
4306 कुर्नेस/कुर्नैस ना. ( यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो)।
4307 कुर्नेस/कुर्नैस ना. २. साइकलका पाङ्ग्राको बिचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री।
4308 कुर्बानी ना. बलि हुने काम; बलिदान।
4309 कुर्मी ना. तराईतिर बस्ने तरकारी बेच्ने एक जाति।
4310 कुर्र क्रि.वि. १. ससाना बालकसँग खेल्दा कानैमा मुख लगेर 'कानाकाना' गर्दै स्नेहपूर्वक भनिने शब्द।
4311 कुर्र क्रि.वि. २. गीतको टुङ्ग्याउनी वा रहनीमा सुर मिलाउन भनिने प्रेमसूचक शब्द |
4312 कुर्लनु अ.क्रि. १. चड्का स्वरले बोल्नु वा जोस र रिसले कराउनु।
4313 कुर्लनु अ.क्रि. २. ढुकुर आदि चराले बोल्नु।
4314 कुर्लाइ ना. कुर्लने काम वा प्रक्रिया |
4315 कुर्लाइनु क.क्रि. कराउन लाइनु, कुर्लन लाइनु।
4316 कुर्लाउनु प्रे. क्रि. कराउन लाउनु, कुर्लन लाउनु।
4317 कुर्लिनु अ.क्रि. ठुलो स्वरले कराउनु वा बोलिनु।
4318 कुर्ले ढुकुर ना. चड्का र गुन्जने खालको बोली हुने ठुलो जातको ढुकुर।
4319 कुर्सिलो ना. चिन्डेका जस्तै पात हुने, पहराहुँदो पलाउने एक प्रकारको घाँस।
4320 कुर्सियो ना. कपडामा बुट्टा काढ्ने आरोका ढाँचाको टुप्पो मास्तिर फर्केको सुइरो |
4321 कुर्सी ना. पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन, गद्दादार मेच, कुर्ची।
4322 कुल १ वि. जम्मा, सबै समस्त सम्पूर्ण तमाम; बेमाख।
4323 कुल २ ना. १ पितापुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना, वंश।
4324 कुल २ ना. २ जातिबन्धुहरूको समूह, बिन्द्रालो; खानदान।
4325 कुल २ ना. ३. समूह, समुदाय।
4326 कुलक वि. १. असल कुलमा जन्मेको।
4327 कुलक वि. २. कारिगर तहको प्रधान।
4328 कुलक वि. ना. ३. उच्च कुलमा जन्मेको शिल्पकार।
4329 कुलक वि. ४. एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह।
4330 कुलकलङ्क ना. १. कुलको मानप्रतिष्ठा स्वाहा पार्ने काम।
4331 कुलकलङ्क ना. वि. २. कुलमा कलङ्क वा दाग लगाउने; कुलाङ्गार।
4332 कुल कविला ना. जहानछोराछोरी।
4333 कुल कुटुम्ब ना. जाति र सरसाइनुका नातादार, इष्टमित्र बन्धुवर्ग।
4334 कुलक्षण ना. खराब लक्षण, कुलच्छिन; अलच्छिन; अमङ्गल; बिच्छुक |
4335 कुलक्षणी वि. खराब लक्षण भएकी, अलच्छिनी (स्त्री)।
4336 कुलगुरु ना. पितापुखदिखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु, वंशका गुरु।
4337 कुलघर ना. १. कुलपरम्परादेखि बसिआएको जेठो घर।
4338 कुलघर ना. २. वंशको मुख्य घर।
4339 कुलघर ना. ३. कुलीनको घर।
4340 कुलघरान ना. १. असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल।
4341 कुलघरान ना. २. वंश र घरको चालचलन।
4342 कुलघरानियाँ वि. उत्तम कुलको कुलघरानको।
4343 कुलच्छिन ना. नराम्रो वा नजाती लच्छिन; अलच्छिन; अमङ्गल।
4344 कुलच्छिनी वि. १. कुलच्छिन भएको।
4345 कुलच्छिनी वि. २. नराम्रो लच्छिन हुने (स्त्री)।
4346 कुलट ना. आफूले जन्माएदेखि बाहेकका छोरा ; धर्मपुत्र; पालित पुत्र |
4347 कुलटा ना. १. धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई, व्यभिचारिणी स्त्री; रण्डी, वेश्या।
4348 कुलटा ना. २. विवाहित पतिलाई छोडी पोइल जाने स्त्री।
4349 कुलत ना. नराम्रो बानीबेहोर; खराब वा नजाती लत, कुव्यसन।
4350 कुलतन्त्र ना. कुनै विशिष्ट कुलको नायकले नै राज्यको शासन गर्ने वा चलाउने शासनपद्धति।