Dictionary

All Word

4351 कुलतिलक ना. कुलको इज्जत उज्यालो पार्ने व्यक्ति, कुलको प्रकाश, कुलदीपक।
4352 कुलदीपक ना. कुललाई उज्ज्वल पार्ने व्यक्ति, कुलको प्रकाश, कुलतिलक |
4353 कुलदेउता ना. हे. कुलदेव / कुलदेवता।
4354 कुलदेव / कुलदेवता ना. १. परम्परादेखि मानिआएका देवता, पुर्ख्यौली देवता।
4355 कुलदेव / कुलदेवता ना. २. देवालीमा पूजा गरिने देवता।
4356 कुलधर्म ना. पितापुखदिखि चलेर आएको आचरण वा व्यवहार, कुलले मान्ने गरेको धर्म।
4357 कुलधूल ना. हाडनाता वा त्यस्तो नातामा भएको सम्बन्ध |
4358 कुलना ना. डोलीको काठमा अड्याउने साधन।
4359 कुन्जन ना. पानको जरा।
4360 कुलपति ना. १. विश्वविद्यालय, विद्यापीठ वा प्रज्ञा-प्रतिष्ठानका उच्चतम अधिकारी।
4361 कुलपति ना. २. विद्यार्थीहरूलाई भरणपोषण गर्दै शिक्षा दिने अध्यापक।
4362 कुलपति ना. ३. दश हजार विद्यार्थीलाई भोजन र शिक्षादीक्षा दिने ऋषि |
4363 कुलपरम्परा ना. पितापुखदिखि चलिआएको रीतिथिति वा चलन, कुलको परम्परा; वंशपरम्परा।
4364 कुलपर्वत ना. पौराणिक कथाअनुसार महेन्द्र, मलय, सहय, शक्तिमान, ऋक्ष, विन्ध्य र पारियात्र नाउँ गरेका पृथ्वीका सातवटा पर्वतको समूह।
4365 कुलपुरुष ना. १. कुनै कुलका आदिपुरुष।
4366 कुलपुरुष ना. २. वंशका सञ्चालक प्रसिद्ध पुरुष |
4367 कुलपुरोहित ना. कुलमा पहिलेदेखि मानिआएका पुरोहित; वंशका पुरोहि।
4368 कुलफा ना. साग खाइने एक प्रकारको मसिनु झार।
4369 कुलयोग वि. हरहिसाबको जोडमा पुछारमा निकालि जम्माजम्मी; सम्पूर्ण।
4370 कुलवधू ना. १. असल कुलकी वधू घरानियाँ बुहारी।
4371 कुलवधू ना. २. कुलीन स्त्री।
4372 कुलवन्त वि. असल कुलघरानाको; कुलीन, खानदानी।
4373 कुलवान् वि. कुलीन; खानदानी।
4374 कुलसचिव ना. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदिमा संस्थाको कागतपत्रसहित आवश्यक विषयव्यवस्थाका सबै विवरण राख्ने र राम्रो प्रबन्ध पनि गर्ने प्रमुख पदाधिकारी, रजिस्ट्रार, पञ्जिकाधिकारी, सदस्यसचिव।
4375 कुलाङ्गार वि. कुलमा कलङ्क लगाउने, कुलको नाश गर्ने।
4376 कुलाङ्गार वि. (उदा.- कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)।
4377 कुलाचार ना. कुलमा चलिआएको रीतिथिति वा आचार-व्यवहार, कुलधर्म।
4378 कुलायन ना. १. कुलपुर्खाले मानिआएका देवता, कुलदेवता।
4379 कुलायन ना. २. वंशपरम्परा।
4380 कुलायिका ना. १. चराचुरुङ्गीहरू राखिने स्थान; पक्षीशाला; चिडियाखाना।
4381 कुलायिका ना. २. पिँजडा।
4382 कुलारा ना. [√ कुलारो] कुलो खन्न जाने गाउँलेहरूको ताँती वा समूह |
4383 कुलारो ना. १. कुलो खन्ने मानिस।
4384 कुलारो ना. २. नेपालीको एक थरी जात वा थर।
4385 कुलिक ना. हरेउ सर्प।
4386 कुलिञ्जन ना. १. अदुवाका छाँटको कन्द हुने एक प्रकारको वनस्पति।
4387 कुलिन ना. माटाको सानो भाँडो, गोल्फु।
4388 कुलिने ना. कुलिन बोक्ने मानिस, दुध बेच्ने काम गर्ने व्यक्ति।
4389 कुलीन वि. उच्च वा असल कुलको; घरानियाँ; खानदानी।
4390 कुलीनतन्त्र ना. उच्च कुलका व्यक्तिहरूद्वारा चलाइने शासन-पद्धति।
4391 कुलुकुलु क्रि.वि. १. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले।
4392 कुलुकुलु क्रि.वि. २. कुल्ला गर्दा शब्द निस्कने गरी।
4393 कुलुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी।
4394 कुलू ना. मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति।
4395 कुलेलम ना. अरूलाई थाहापत्तै नदिई भाग्ने काम, सुइँकुच्चा।
4396 कुलेलम क्रि.वि. १. अरूलाई थाहापत्तै नदिई |
4397 कुलेलम क्रि.वि. ना. २. बलेनीको पानी जम्न नदिनाका निम्ति घरको वरिपरि खनेर बनाइएको पानीको सानो निकास, तोस।
4398 कुलेलम क्रि.वि. ३. खेतबारीको सानो खाँद।
4399 कुलो ना. खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको सोतो; त्यसरी ल्याइएको पानी हिँड्ने गहिरो बाटो।
4400 कुलकुली ना. मनको तुलबुली।