Dictionary

All Word

4401 कुलकुली ना. (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्ली लागेकै छ)।
4402 कुल्चनु स. क्रि. १. कुनै वस्तुमाथि गोडाले टेक्न पैच्तु।
4403 कुल्चनु स. क्रि. २. सजिलैसँग जित्नु, किच्नु।
4404 कुल्चाइ ना. कुल्चने काम वा प्रक्रिया।
4405 कुल्चाइनु क.क्रि. गोडाले टेकाइनु, कुल्चन लाइनु।
4406 कुल्चाउनु प्रे. क्रि. कुल्चन लाउनु, पैतालाले थिचाउनु।
4407 कुल्चिनु क.क्रि. १. गोडाले टेकिनु, कुल्चने काम गरिनु।
4408 कुल्चिनु क.क्रि. अ.क्रि. २. कुल्चने काम हुनु।
4409 कुल्चिनु क.क्रि. स. क्रि. ३. कुल्चनु, गोडाले थिच्नु।
4410 कुल्चीमिची क्रि.वि. बेसरी कुल्चने वा खुदने किसिमले।
4411 कुल्च्याइ ना. कुल्चिने काम वा प्रक्रिया |
4412 कुल्फी ना. १. चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो।
4413 कुल्फी ना. २. हुक्काका नलीको टुप्पामा जडिने धातुको बागो नली वा ढुङ्ग्रो।
4414 कुल्फी ना. ३. कुनै चिजमा घुम्न वा त्यसलाई घुमाउन कसिने धातुको टुक्रो।
4415 कुल्फी ना. ४. दुध हालेर बरफ जस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो।
4416 कुल्फी ना. ५. मलाई बरफ |
4417 कुल्या ना. १. कुलो, नहर।
4418 कुल्या ना. २. नाला, सानो नदी।
4419 कुल्यान वि. कुलको कुलमा चलेको; कुल वा परम्परासम्बन्धी।
4420 कुल्याहा वि. १. कुललाई पिर्ने, कुललाई बिगार गर्ने।
4421 कुल्याहा वि. २. विद्रोही, षड्यन्त्रकारी।
4422 कुल्ल क्रि.वि. पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा एकै झमटमा आवाज आउने किसिमले।
4423 कुल्ला ना. मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल थुक्ने काम।
4424 कुल्ली ना. खास गरी कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी, भरिया; मजदुर।
4425 कुवा ना. हातले पानी उभाउन सकिने वा भेटिने, मानिसले बनाएको सानो जलाशय; कुवा।
4426 कुवाको ब्याङ वि. केही नदेख्ने वा थाहा नपाउने, अँध्यारोमा बसेको; बुद्ध|
4427 कुवाच्य ना. १. अरूको मनमा बिभने वचन, दुर्वचन, दुर्वाच्य |
4428 कुवाच्य ना. २. हेलाको बोली, गाली।
4429 कुवापाते ना. लाम्चिला पात तथा बाहिर सेतो र भित्र हरियो हुने, गाईवस्तुलाई खुवाइने एक प्रकारको बुटो |
4430 कुविचार ना. खराब विचार, नराम्रो भावना।
4431 कुविचार ना. (उदा.- कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ। )।
4432 कुवेर ना. हे. कुबेर।
4433 कुव्यवहार ना. कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार।
4434 कुव्यवहार ना. (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)।
4435 कुश ना. १. धार्मिक कार्य तथा यज्ञ आदिमा चाहिने पवित्र मानिएको काँसजस्तो एक प्रकारको भार वा घाँस।
4436 कुश ना. २. दुवैपट्टि धारमा मसिना दाँतजस्ता काँढा भएको धेरै प्राचीन कालको एक हतियार।
4437 कुश ना. ३. रामका जेठा छोराको नाम।
4438 कुश ना. ४. पुराणअनुसार एक द्वीपको नाउँ।
4439 कुशकण्डिका कुशद्वारा यज्ञवेदीको संस्कार गर्ने वेदमन्त्र, अग्निस्थापना गर्ने प्रारम्भिक काम |
4440 कुशग्रन्थि ना. १. कुशको ग्रन्थि।
4441 कुशग्रन्थि ना. २. कुनै कुनै कुशको जरामा पाइने विशेष प्रकारको गाँठो |
4442 कुशबिर्ता ना. राजामहाराजाहरूबाट हातमा तिलकुश लिई सबै तिरोको रकम माफ गरेर ब्राह्मणलाई दानका रूपमा बकस दिएको बिर्ता (जग्गा) |
4443 कुशल वि. १. कुश नामको हतियार चलाउन सिपालु।
4444 कुशल वि. २. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने, निपुण, प्रवीण, दक्ष।
4445 कुशल वि. ३. चलाख, चतुरो |
4446 कुशल वि. ना. ४. सन्चो, आराम।
4447 कुशल वि. ५. शुभ, मङ्गल, भलो।
4448 कुशलक्षेम ना. कुशल, सम्पन्न तथा स्वस्थ स्थिति; सन्चोसुबिस्ता।
4449 कुशलता ना. कुशल हुनुको भाव वा अवस्था।
4450 कुशाग्र वि. कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साह्रै चनाखो।