Dictionary

All Word

4451 कुशलबुद्धि वि. अत्यन्त तीक्ष्ण बुद्धि भएको; बुद्धिमान्।
4452 कुशासन ना. १. पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन।
4453 कुशासन ना. २. खराब किसिमले चलाइएको वा देशमा अव्यवस्था फैलिने शासन, दुःशासन।
4454 कुशिक ना. १. विश्वामित्र ऋषिका बाजेको नाम।
4455 कुशिक ना. २. त्यसै नाममा चलेको एक प्राचीन आर्यवंश वा उक्त वंशको व्यक्ति।
4456 कुशे वि. हे. कुसे।
4457 कुशे औंसी ना. हे. कुसे औंसी।
4458 कुशेश्वर ना. नेपालको जनकपुर अञ्चलमा पर्ने दुम्जामा स्थित प्रसिद्ध एक शिवलिङ्ग।
4459 कुष्ठ ना. शरीरमा रक्तविकारबाट उत्पन्न हुने तथा छाला, नसा आदि गल्दै र सड्दै जाने एक कडा रोग; महारोग; कोर।
4460 कुष्ठी वि. कुष्ठरोग लागेको; महारोगी; कोरी।
4461 कुष्माण्ड ना. १. छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल, कुभिन्डो।
4462 कुष्माण्ड ना. २. शिवको एक गण।
4463 कुष्माण्ड नवमी ना. कात्तिक शुक्ल नवमी; त्रेतायुगादि नवमी, कुभिन्डो दान गर्ने महत्त्व बताइएको उक्त तिथिको दिन।
4464 कुसङ्ग ना. खराब वा नजाती मानिसहरूसँगको बसउठ नराम्रो सङ्ग।
4465 कुसङ्गत ना. कुसङ्ग।
4466 कुसङ्गति ना. नराम्रो सङ्गति; नजाती मानिससितको बसाउठी।
4467 कुसन ना. बस्नका निम्ति ओछ्याइने मोटो गद्दा |
4468 कुसनदार वि. त्यस्तो गद्दा भएको, कुसनका ढाँचाको।
4469 कुसमय ना. १. उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय, कुबेला।
4470 कुसमय ना. २. अनुकूल नभएको समय, बेमौका।
4471 कुसमय ना. ३. कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइ।
4472 कुसमय ना. ४. दुःखकष्टको बेला।
4473 कुसरक्पा ना. १. च्याब्रुङ नाचमा गाइने मङ्गलाचरण र त्यस्तो गीतसहितको नाच।
4474 कुसरक्पा ना. २. वीर रसयुक्त गी।
4475 कुसाइत ना. लच्छिन नभएको वा नराम्रो साइत, कुसमय।
4476 कुसाउरो ना. मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्याई बचेका खोस्टे कोसा, पात, फिक्रा आदि वस्तु, कुसौरो।
4477 कुसाकठी ना. चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन।
4478 कुसाख वि. १. असल साख नभएको।
4479 कुसाख वि. २. बिरानो, नातासाइनु राम्रो नपर्ने।
4480 कुसाख वि. (उदा.- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख हा दैव क्या मन् दियौ ! - भानुभक्त) |
4481 कुसुन्डो ना. १. काठमाडौँको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति।
4482 कुसुन्डो ना. वि. २. असभ्य।
4483 कुसुन्डो ना. ३. धुस्रोफुस्रो र नाङ्गो - भुतुङ्गो।
4484 कुसुन्डो ना. स्त्री. कुसुन्डी।
4485 कुसुम ना. १. फूल, पुष्प।
4486 कुसुम ना. २. रजस्वला हुँदा निस्कने स्त्रीको रज।
4487 कुसुम ना. ३. ससानो वाक्यमा लेखिएको गद्य।
4488 कुसुम ना. ४. पहेंलो फूल फुल्ने र बीजबाट तेल निस्कने एक बोट।
4489 कुसुमकलिका ना. फूलको कोपिला।
4490 कुसुमफल ना. लाम्चा पात हुने, सेता मसिना फूल फुल्ने, पहेंला गोल फल फल्ने एक बोट वा त्यसैको फल, साराम्ल।
4491 कुसुमबाण ना. १. सम्भोगको तीव्र इच्छाले हुने उत्पीडन।
4492 कुसुमबाण ना. २. कामदेव, कुसुमशर।
4493 कुसुमवाटी ना. एक प्रकारको वनस्पतिविशेष |
4494 कुसुमशर ना. कामदेव, कुसुमबाण।
4495 कुसुमस्तवक ना. फूलको गुच्छा।
4496 कुसुमाकर ना. १. वसन्त ऋतु (उदा.- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण)।
4497 कुसुमाकर ना. २. फूलबारी; बगैंचा।
4498 कुसुमाञ्जलि ना. १. देवतालाई चढाउन अँजुलीमा लिइएको फूल, पुष्पाञ्जलि।
4499 कुसुमाञ्जलि ना. २. उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्।
4500 कुसुमायुध ना. कामदेव।